पोखरा- नुन किन्न कुनै चाडपर्व आउनै पर्दैन। हरेक भान्छामा साँझबिहानै नुन चाहिन्छ। चिनी पनि दैनिकै नेपालीको भान्छामा हुने वस्तु हो। दसैंमा नेपालीले किन्ने वस्तु अरु नै हुन्। सर्वसाधारणलाई पर्दा अत्यावश्यक वस्तुको अभाव नहोस् र सुपथ मूल्यमा उपलब्ध होस् भनेर सरकारले नै खोलेको व्यापारिक संस्थान साल्ट टे्रडिङ कर्पोरेसनले भने दसैंलाई लक्ष्य गरी सुरु गरेको पसलमा नुन र चिनीबाहेक केही छैन।
किनमेल गर्ने सामानको सूचीमा सबैभन्दा पुछारतिरै पर्छन् नुन र चिनी। कर्पोरेसनले यी दुई वस्तु भने बजारमा भन्दा सस्तोमा उपलब्ध गराइरहेको छ। बजारमा ७२ रुपैयाँ किलो पर्ने चिनी यसले ६३ मा दिइरहेको छ। यसपालि ६३ रुपैयाँ किलोको चिनी पोहोर ६६ थियो। नुन अन्त किन्दा किलोको १५ रुपैयाँ पर्छ। साल्ट ट्रेडिङले १३ मै दिएको छ। यी दुवै वस्तु लिन उसको पृथ्वीचोकस्थित क्षेत्रीय कार्यालयमा दिनहुँ सयौंको भीड लागिरहेको छ। असोज १ गते सुरु भएको पसलमा प्रत्येक दिन उपभोक्ता बढिरहेको संस्थाका लेखापाल सागर शेरचनले जानकारी दिए।
यसले एक उपभोक्तालाई ६ किलो नुन र तीन किलो चिनी दिन्छ। यस हिसाबले नै सहुलियत मूल्यमा बिक्री गर्दा पोहोर ७८ हजार किलो चिनी बिक्री भएको थियो। यसपालिका लागि पनि चाहिने जति चिनी र नुन स्टक रहेको शेरचनले जानकारी दिए। ‘अहिले १७ हजार बोरा चिनी छ,' उनले भने।
साल्ट टे्रडिङले अरुबेला नुन र चिनीबाहेक मैदा पनि बेच्छ। दसैंको सस्तो पसलमा त्यो छैन। गोरखकाली टायर उसले बिक्री गर्ने अर्काे वस्तु हो। ‘वार्षिक २४/२५ करोडको कारोबार गर्छौं,' उनले भने। उनका अनुसार कर्पाेरेसनको पोखरा कार्यालयमा अरु सामान नभएकैले पसलमा राख्न नसकिएको हो। कर्पाेरेसनले बजारका अरु व्यापारीसँग प्रतिस्पर्धा गर्न नसकैले दैनिक उपभोग्य अन्य सामग्री ल्याउन नसकेको हो। चिनी भने उसले विदेशबाट सिधैं आयात गर्छ। शेरचनका अनुसार चिनीको भाउ पोहोरभन्दा घटेको छ।
कर्पाेरेसनले काठमाडौंलगायत देसका अरु मुख्य सहरमा पनि सुपथ मूल्य पसल खोलेको छ। सरकारी स्वामित्वको खाद्य संस्थानले काठमाडौंमा दसैंका लागि खसीबोका पनि सुपथ मूल्यमा बेच्छ। आपूर्ति व्यवस्था समितिको हालै कास्कीमा बसेको बैठकले दसैंका बेला खाद्यान्नलगायत वस्तुको अभाव र कालोबजारी हुन नदिने जनाएको छ।