काठमाडौं- राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमले विषादी प्रयोगबिनै पर्याप्त मात्रामा उत्पादन दिने आलु बीउ विकास गरेको छ। पिआरपी २५८६१.१ नामको बीउ नौवर्षे अनुसन्धानको परिणाम हो।
रासायनिक मल र विषादी प्रयोग नगरीकनै फलाउन सकिने बीउ विकास गरिएको कार्यक्रमसम्बद्ध अधिकारीले बताएका छन्। कार्यक्रम संयोजक बुद्धिप्रसाद शर्माले विषादी प्रयोग गर्न नपर्ने खालको बीउ उन्मोचन तयारीमा रहेको बताए। 'तरकारीमा अधिक विषादी प्रयोग हुने गरेको पाइएको छ,' उनले भने, 'अब आलु खेती गर्दा त्यसो गर्नु पर्दैन।'
उनका अनुसार उक्त बीउको बाह्य अनुसन्धान केन्द्र तथा किसानको बारीमा परीक्षण भइसकेको छ। 'उन्मोचनको तयारी भइरहेको छ,' उनले भने, 'यसै वर्षभित्र उक्त नयाँ जात किसानको बारीमा पुग्छ।' लामो समयसम्म रोग नलाग्ने भएपछि विषादी प्रयोग गर्नु नपर्ने उनको भनाइ छ।
बोट–बिरुवामा रोग लागेपछि त्यसलाई बचाउन किसानले हानिकारक विषादी हाल्ने गरेका हुन्। 'नार्कले विकास गरेको आलुले ९० देखि सय दिनभित्र उत्पादन दिन थाल्छ,' शर्माले भने, 'सो अवधिमा आलुको बोटमा कुनै समस्या आउँदैन। रोग नलागेपछि किन विष हाल्नु पर्यो् र!'
शर्माले डेरिज र कार्डिनलमा एलबिआर ४० जातको आलु मिसाएर नयाँ पिआरपी २५८६१.१ जात विकास गरिएको जानकारी दिए। डेरिज रातो आलु ७० देखि ८० दिनमा फल्छ। डेरीज र कार्डिनल रातो आलुमा रोग छिटो सर्ने भएकाले दुवैको समिश्रणबाट नयाँ जात तयार गरेको शर्माले बताए। नयाँ जातमा रोग लाग्ने सम्भावना नभएको उनको दाबी छ।
कार्यक्रमले यसै वर्ष १० नयाँ जातका आलु बीउ विकास गरेको छ। त्यसमा दुईदेखि तीन वर्षसम्म रोग नलाग्ने बीउ पनि विकास गरेको शर्माले बताए। उनका अनुसार जनकदेव, खुमल सेतो एक, खुमल लक्ष्मी, खुमल रातो, खुमल उपहार, खुमल उज्ज्वललगायत आलु विकास गरिएको छ।
पिआरपी आलुबाट 'चिप्स' पनि बनाउन मिल्ने शर्माको भनाइ छ। त्यसैगरी उक्त बीउमा डढुवा रोगसमेत नलाग्ने कार्यक्रम संयोजक शर्माले दाबी गरे। नेपाल कृषि अनुसन्धान परिषदअन्तर्गत राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमले विषादी प्रयोगबिनै उत्पादन गर्न सकिने आलु जुम्ला, सल्यान, धनकुटा, काठमाडौं, लुम्ले, पोखरा, सुनसरी, बारा, नेपालगञ्जसमेत परीक्षण गरेको छ।
यसअघि नार्क र अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरी) ले १० वर्ष लगाएर सुक्खा र डुबान सहन सक्ने धानको बीउ विकास गरेको थियो। नार्कले गत वर्ष सुक्खा धान ४–५–६ लाई परीक्षणको रुपमा तराईका विभिन्न जिल्ला पुर्याकएको थियो। परीक्षणपछि त्यसको व्यावसायिक खेती सुरु भइसकेको नार्कका प्रवक्ता मनोज ठाकुरले बताए।
नेपालमा ६ लाख हेक्टर सुक्खा र एक लाख ५० हेक्टर डुबान क्षेत्र छ। ती सबै क्षेत्रमा धान रोप्न सके एक सिजनमा ३७ लाख ५० हजार टन थप धान उत्पादन हुने सरकारी अनुमान छ। कृषि विकास मन्त्रालयका अनुसार बढी धान उत्पादन हुने तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कपिलवस्तु, बा“के, बर्दिया र दाङमा वर्षेनी डुबान र सुक्खाका कारण धानबाली प्रभावित हु“दै आएको छ।
नेपालमा धान उत्पादन हुने १५ लाख हेक्टरमध्ये करिब ६ लाख हेक्टर सुक्खाबाट हरेक वर्ष प्रभावित भइरहेको छ। यसैगरी, करिब डेढ लाख हेक्टर जग्गा बाढीको डुवानमा पर्ने गरेको छ।