सिन्धुपाल्चोक- दसैं बिदा सुरु हुनुअघि खासाबाट बढीमा ६० प्रतिशतमात्र चिनियाँ सामान नेपाल भित्रने भएको छ। अब तीन दिनमात्र तातोपानी भन्सार खुल्ने भएकाले झण्डै ४० प्रतिशत सामान आयात गर्न नभ्याइने व्यापारीले बताए।
'सबै ल्याउन नभ्याइने भयो,' आयातकर्ता बुद्धराज बस्नेतले नागरिकसँग भने, 'पहिरोले अवरुद्ध अरनिको राजमार्ग चाँडो सञ्चालनमा ल्याउन नसक्दा यो स्थिति आएको हो।' उनका अनुसार सार्वजनिक बिदाअघि धेरैभन्दा धेरै सामान भिœयाउन व्यापारी लागिपरेका छन्। सोचेजस्तो भए र बाटोले साथ दिए ६० प्रतिशतभन्दा बढी सामान ल्याउन नसकिने बस्नेतले बताए। बुधबारदेखि दसैं बिदा सुरु हुन्छ।
दसैंमा ल्याउन नसकेको सामान तिहारमा खपत गराउने रणनीतिमा व्यापारी छन्। चाडबाडलक्षित सामान भएकाले तिहारमा खपत गराउन सकिने उनीहरुको विश्वास छ। ती सामान खपत गराइसकेपछि मात्र जाडो मौसमको सामान अर्डर गर्ने सोचमा उनीहरु छन्। सामान्यतया अघिल्ला वर्ष चाडबाडलक्षित सामान आयात भइरहँदा जाडोका सामान अर्डर दिन थालिन्थ्यो। तिहार सकिएलगत्तै जाडोका सामान आयात थालिन्थ्यो।
पहिरोले अरनिको राजमार्ग अवरुद्ध गरे पनि व्यापारीले यो दसैंका लागि लत्ताकपडा, जुत्ता चप्पललगायत १२ सय कन्टेनर सामान अर्डर गरी खासा ल्याएका थिए। शुक्रबारसम्म बढीमा ५० प्रतिशतमात्र नेपाल भित्रिएको व्यापारीको अनुमान छ। निजी क्षेत्रले खोलेको ट्र्याकले टुटेको राजमार्ग दुई साताअघि जोडेपछि सामान भिœयाउन सकिएको हो।
साउन १७ गतेको पहिरोले राजमार्ग क्षतविक्षत बनाएपछि डेढ महिनासम्म आयात ठप्प प्रायः रह्यो। दसैंका सामान आयातलाई ध्यान दिँदै व्यापारीले महिना लगाएर तीन किलोमिटर ट्र्याक खनेर राजमार्ग सञ्चालनमा ल्याएका थिए। यसअघि व्यापारीले बाह्रबिसेसम्म आइपुग्ने सामान भरियालाई बोकाएर राजधानी लगेको थिए। बोकाएर झण्डै डेढ सय कन्टेनर सामान राजधानी पुर्यामएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष बेदबहादुर श्रेष्ठले बताए। उनका अनुसार राजमार्ग सञ्चालनमा आएपछि झण्डै ४ सय कन्टेनर सामान भित्रिएका छन्।
राजमार्ग प्रभावकारी रुपमा सञ्चालनमा नआउँदा पनि सबै सामान भिœयाउन नसकिने अवस्था आएको व्यापारी बताउँछन्। निरन्तरको झरी, दलदले हिलो, साँघुरो बाटो र घुम्तीका कारण मालबाहक कन्टेनर सहज रुपमा अझै सञ्चालनमा आउन सकेका छैनन्। बढी क्षमता बोक्ने कन्टेनर ट्र्याकमै फसिरहेका छन्। मालबाहक कन्टेनर डोजरले तानेर र पछाडिबाट घँचेट्दै व्यापारीले सामान आयात गरिरहेका छन्। बिहीबार यसैगरी ६० र शुक्रबार ३० कन्टेनर सामान भित्रिएको व्यापारी बस्नेत बताउँछन्।
'बाटोको अवस्था हेर्दा सोचेभन्दा धेरै सामान भिœयाउन सक्यौं,' उनले भने, 'यति गर्न सकिन्छ भनेर सोचेकै थिएनौं।' पहिरोपछि व्यापारी वैकल्पिक बाटोको खोजीमा केरुङ नाका हुँदै रसुवागढीसम्म पुगेका थिए। त्यहाँको बाटो घुमाउरोका साथै अप्ठेरो र ढुवानी भाडासमेत महँगो पर्न जाने देखेपछि व्यापारी ट्र्याक खनेर राजमार्ग जोड्न कस्सिएका थिए।
भन्सारका अनुसार यो सिजनमा नाकाबाट दैनिक १३ करोड रुपैयाँ मूल्यका सामान आयात हुन्थ्यो। साढे दुई करोड रुपैयाँसम्म राजस्व संकलन हुन्थ्यो। ६० देखि सय कन्टेनर सामान जाँचपास भएर छुट्थे। बाटोको दुरावस्थाका कारण भन्सारबाट दैनिक ४० भन्दा बढी कन्टेनर जाँचपास भई छुट्न सकेका छैनन्। एकोहोरोबाट अप्ठेरो भएपछि पालैपालै एक–एक गरी चलाइँदा भन्सारबाट जाँचजास भई छुटेका सबै मालबाहक कन्टेनर राजधानी पुग्न सकिरहेका छैनन्।
सबै सामान ल्याउन नसके पनि दसैंमा चिनियाँ सामग्रीको अभाव भने टरेको छ। महँगीको मार भने स्वाभाविक रुपमा उपभोक्ताको थाप्लोमा पर्ने व्यापारी बताउँछन्।