'विद्युतमा भारतले एकाधिकार जमाउँदैन'
११ असोज २०७१
•
१९ मिनेट पाठ
'विद्युतमा भारतले एकाधिकार जमाउँदैन'
अर्थमन्त्री रामशरण महत उदार एवं खुलाबजार अर्थतन्त्रका पक्षपाती मानिन्छन्। ठूला जलविद्युत वा पूर्वाधार विकास आयोजनामा विदेशी लगानी भित्रिनु स्वागतयोग्य हो। यो पक्षमा महतको अझ बढी जोड छ। पछिल्लो समय भारतसँग गरिएको विद्युत व्यापार सम्झौता (पिटिए) बिजुली खुला बजारमा प्रवेश गर्ने आधार भएको छ। लगानी बोर्ड र माथिल्लो कर्णालीको प्रवर्द्धक भारतीय जिएमआर कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पिडिए) समेत वैदेशिक लगानी भिœयाउने अर्को आधार भएको छ। पिटिए र पिडिए गर्न यो सरकारले भरभग्दुर प्रयास गर्यो र सफल पनि भयो। मन्त्री महतको दबाबकारी भूमिका कारण पनि यी काम सफल भएको टिप्पणीसमेत गरिन्छ। विरोधी पक्षको कटु आलोचनाबाट भने उनी मुक्त रहेनन्। अब पिटिए, पिडिएले पार्ने असर, विरोधका कारण र कार्यान्वयन सन्दर्भमा नागरिक दैनिकका लक्ष्मण वियोगीले गरेको कुराकानी : 





लामो समयदेखि रोकिएको पिटिएतपाईं अर्थमन्त्री हुनासाथ टुंगो लाग्यो। यो कसरी सम्भव भयो?
सरकार बनेपछि संविधान निर्माण र आर्थिक विकासका दुई एजेन्डा प्राथमिकतामा राखिएको थियो। राजनीति आफ्नो गतिले चल्छ तर यसले आर्थिक एजेन्डा पछाडि पार्न हुँदैन भन्नेमा सरकार सचेत थियो। विकास गर्न लगानी प्रमुख कारण हो। यसैले लगानी प्रवर्द्धन गर्न अहिलेको सरकार जोडतोडले लागेको छ। विकासको प्रमुख आधार जलविद्युत हो। यो क्षेत्रको विकासको कुरा दशकौंदेखि गर्दै आएका छौं। तर, कागज र भाषणमा मात्रै सीमित छ। अब काम गर्ने बेला आएको छ। काम गर्ने सन्दर्भमा पिटिएलाई द्रुत गतिमा अघि बढाइएको हो। पिटिए र आयोजना विकास सम्झौता पिडिए मात्रै होइन पूर्वाधार विकाससमेत विस्तारै अगाडि बढिरहेको छ।


अर्थमन्त्रीको जोडले पिटिए भएको टिप्पणी भएको छ। राजनीतिक दलमा देखिएको विरोध अन्ततः कसरी सहमतिमा पुग्यो?
पिटिएको श्रेय अर्थमन्त्रालय वा अर्थमन्त्रीलाई मात्रै होइन सरकारमा रहने सबै मन्त्रीलाई जान्छ। प्रधानमन्त्रीको संकल्प र प्रतिवद्धताका कारणले तोकिएको समयमा काम टुंगिएको हो। उहाँको विकास वा लगानी प्रवर्द्धनमा देखाएको प्रतिवद्धताले काम पूर्ण भयो। उहाँको प्रतिवद्धतामा ऊर्जा मन्त्री, सचिवलगायत सरकारमा रहेका हामी सबैले साथ दिएका मात्र हौं। म पनि पिटिए टुंगिनुपर्छ भनेर लागेकै हो।


भारतले पठाएको मस्यौदामा व्यापक विरोध थियो। के कारणले भारत नेपालको मस्यौदामा सम्झौता गर्न सहमत भयो?
भारतले पठाएको मस्यौदा त्यति आपत्तिजनक थिएन, जुन प्रकारले बाहिर हल्ला गरियो। भारतले समग्रमा यहाँको जलविद्युत विकासमा एकाधिकार जमाउन खोजेको छ भन्ने अभिव्यक्ति गलत व्याख्या हो। पिटिएमा असमझदारी र झै–झगडाको विषय नै थिएन। हामीले एक ढंगले सोच्यौं, उसले अर्को ढंगले। केही काम गर्न थाल्यो भने यहाँ धेरै राजनीति हुन्छ, तथ्यभन्दा बढी हल्ला हुन्छ। बिजुली उत्पादनको कुरो गर्नै हुँदैन। भारतले सम्पूर्ण क्षेत्रमा एकाधिकार जमाउँछ भन्ने तर्क हुन्छ। त्यसैगरी, पिटिएमा पनि अनावश्यक हल्ला गरियो। हामीले भारतसँग भन्यौं, अहिले उत्पादनको कुरो नगरौं। यसबारे अन्य सम्झौता हुन्छन्। 
यो सम्झौता व्यापारमा मात्र सीमित राखौं भन्दा भारतले यसलाई स्वीकार गर्योल। तर, उसले उत्पादन नभएपछि कसरी व्यापार हुन्छ भन्ने तर्क राख्यो। उत्पादनको हकमा माथिल्लो कर्णालीको पिडिए यही सम्झौता हो। अन्य आयोजनासँग भोलि पनि हुन सक्लान, यसका लागि छुट्टा छुट्टै गरौं भन्दा उनीहरु सकारात्मक भए। भोलि क्षमता भएका नेपाली लगानीकर्ताले उता गएर लगानी गर्न सक्छन र उनीहरु पनि यहाँ आएर आयोजनामा लगानी गर्न सक्छन्।


केही राजनीतिक दलले विरोध गरिरहेका छन्। पिटिएको कार्यान्वयन कसरी हुन्छ त?
नेपाल र भारत सरकारबाट अनुमोदन भइसकेको छ। यो सम्झौता एउटा ढाँचा हो। विनारोकतोक र विनाभेदभाव भारतबाट जति पनि बिजुली नेपाल आउन सक्छ र नेपालबाट भारत जान सक्छ। सम्झौता मात्र भएर भएन, व्यापार गर्ने बिजुली पनि हुनुपर्योा। यसकारण पिडिए महŒवपूर्ण कुरो हो। बिजुली भएपछि व्यापार हुन्छ, त्यो नै कार्यान्वयन हो।


भारतले चासो नदेखाए तपाईंले भनेझैँ सजिलै कार्यान्वयन हुने सम्भावना देखिँदैन। यो चुनौती होइन?
चुनौती भनेको आपूर्ति हो। यसमा बाधा पर्छ कि भन्ने मलाई लाग्दैन। व्यापार सन्धी भारतसँग भएको हो, यो त सजिलै लागु भइरहेकै छ। भारतसँग गरेका सम्झौता लागु हुँदैन भन्ने भ्रम हो। यसमा आशंका लिनु पर्दैन। यसअघि भारतबाट हामीले बिजुली किनिरहेका छौं। त्यो पनि सम्झौता हो, कार्यान्वयन भएकै छ। यसैले लागु नहुनुपर्ने कुनै पनि कारण देख्दिन। लागु नहुनका लागि दुईटा कारण हुन सक्छन्। नेपालसँग बेच्ने बिजुली छैन, भारतमा बेच्ने भनेको अहिलेका लागि काल्पनिक कुरा मात्र हो। 
भारतसँग पनि बिजुली भएन भने आउन सक्दैन तर सीमित मात्रामा अहिले पनि व्यापार भइरहेको छ। जुनरुपमा हामी विद्युत व्यापारको परिकल्पना गरिरहेका छौं। त्यसका लागि पूर्वाधार संरचना बन्नुपर्योा, अहिले हामीसँग प्रसारण लाइन छैन। अहिले बनिरहेको ढल्केबर–मुजफ्फरपुर ४ सय केभी प्रसाराण लाइन बनिरहेको छ। यो मात्रै पर्याप्त छैन। अर्को पनि उच्च भोल्टेजको प्रसारण लाइन बन्नुपर्छ। पूर्वाधार बनिसकेपछि विद्युत व्यापारको समस्या रहँदैन।


पिडिएमा हस्ताक्षर त भयो तर विरोध रोकिएको छैन। यो कसरी अगाडि बढ्ला?
लगानी बोर्डले लामो समयदेखि मेहनत गर्योक। अन्तर्राष्ट्रियस्तरका विज्ञहरु यसमा संलग्न छन्। जसले दिनरात गरेर पिडिएका बुँदा बुँदामा छलफल गरेर सहमति गराउन सफल भए। त्यसपछि राजनीतिक तहमा आयो। राजनीतिक तहमा पनि जो जो साथीहरुले प्रश्न उठाउनुभयो छलफलबाट धेरै कुरा प्रस्ट हुँदै गयो। सुरुमा यसबारेमा आशंका थियो आशंका निवारण गर्न धेरै छलफल भयो। जुन प्रकारको विरोध अहिले भइरहेको छ, त्यो जानकारीको अभावमा हो। विरोध गर्नुपर्ने कारण छैन, विरोधका बुँदा छन् भने त्यसमा थप प्रस्ट पार्न सरकार जहिले पनि तयार छ।


सरकारले भारतमा बिजुली बेच्ने कम्पनीको हकमा प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिनु हुदैनथ्यो। यो गलत भयो भन्ने विरोध छ नि?
सरकारले बजेटमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने प्रवर्द्धकलाई सुविधा दिने भनेको हो। माथिल्लो कर्णालीको बिजुली पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिएरै भारत जान्छ। यसैले बजेटले घोषणा गरेको कुरो नदिने कुरो भएन। विदेशमा नेपालबाट कुनै पनि जान्छ भने त्यसमा लाग्ने करबाट पनि मुक्त गरिन्छ। यदि नेपाली लगानी विदेश जाने अवस्था हुन्थ्यो भने भ्याट र अन्तःशुल्कबाट मुक्त गरिन्छ। यसैले विदेशमा जाने बिजुलीका हकमा थप बोझ लगाउनुपर्छ भन्ने हास्यास्पद तर्क हो। विदेशमा जाने बिजुलीका लागि किन भ्याट छुट दिने भन्ने विरोधको अर्थ छैन। विनाभेदभाव विद्युत व्यापार गर्ने भनेर सम्झौता गरिसकेको छ। यसैले तर्कका लागि जे तर्क गरे पनि हुन्छ। कसैले नकारात्मक सोच राख्छ भने नकारात्मक नै भइरहन्छ, यसमा कुनै तुक छैन।
जलस्रोतको विकास गरेर झिलिमिली पार्छु भनेको चालीस/पचास वर्ष भइसक्यो। अहिले १२/१४ घन्टा देश अन्धकारमा छ। हिन्दुस्तानबाट बिजुली ल्याउनुपर्छ। अब त्यहाँबाट बिजुली किन्ने होइन यहीँ उत्पादन गरेर हिन्दुस्तानमा बेच्नुपर्छ भन्दा बेच्ने बिजुलीलाई थप पैसा लगानुपर्छ भन्ने? यो भन्दा हास्यास्पद तर्क के हो? बेचेर कमाउनुपर्योब। देशलाई समृद्ध बनाउनुपर्योन। तर, अहिले बेच्न सक्ने स्थिति नै छैन। कर्णाली नै आयो भने पनि त्यतिबेला कति बिजुली हामीलाई नै आवश्यक पर्ला। त्यतिबेलासम्म हामी बिक्री गर्न सक्छौं कि भन्ने हो।


जिएमआरसँग आयोजना समझदारी हुँदा 'क्षमता वृद्धि' शुल्क जलविद्युत नीति अनुसार लिने भन्ने छ। तर, पिडिए गर्दा त्यो प्रावधान राखिएन, यो त कानुन विपरित काम भएन?
जलविद्युत नीतिमा बिजुली उत्पादन सुरु भएपछि क्षमता दस्तुर प्रतिकिलोवाट चार सय रुपैयाँ तिर्ने र १५ वर्षसम्म त्यसको ५ प्रतिशतले वृद्धि हुने भन्ने छ। त्यो भन्दा अहिलेकै व्यवस्था ठीक हो। १४ वर्षसम्म आयोजनाको नगद प्रवाह कम हुन्छ किनकि बैंकको ऋण तिर्नपर्छ। त्यसपछि प्रतिकिलोवाट १ हजार ८ सय रुपैयाँ हुन्छ। यो रकम प्रतिवर्ष पाँच प्रतिशतको वृद्धिभन्दा बढी हुन आउँछ। नेपाललाई फाइदै हुन्छ।


दैलेखमा यसअघि नेकपा–माओवादीले जिएमआरको कार्यालय तोडफोड गरेको थियो। त्यस्तै विरोध दोहोरिने हो भने पिडिए कार्यान्वयन हुने सम्भावना देखिँदैन। कसरी काम हुन्छ?
आयोजना बन्ने हुँदा स्थानीय बासिन्दा पहिलेको तुलनामा अहिले निकै खुसी छन्। यति ठूलो आयोजना बनाउने काममा कसैले गैरकानुनी हर्कत गर्छन भन्ने मलाई विश्वास लाग्दैन। विरोध भइहाल्यो भने शान्ति सुरक्षा कायम गर्न देशको प्रशासन सक्षम छ। नौ सय मेगावाटभन्दा माथि चार हजार मेगावाटको अर्को आयोजना बन्न सक्थ्यो, त्यो रोकिन्छ भन्ने कुरो छ। त्यो केवल एउटा काल्पनिक विचार मात्रै हो। क्यानेडाली कम्पनीले सम्भावना मात्र देखाएको हो। त्यसको पूर्वप्राविधिक, सम्भाव्यता अध्ययन नै भएको छैन। पूरा अध्ययन सकी पिडिए गरेर कार्यान्वयनमा जाँदासम्म २० वर्ष लाग्छ। २० वर्षपछि त्यो आयोजना आउँछ भनेर लगानी तयार भएको आयोजना रोकेर राख्नु उचित हुँदैन। भविष्यमा बन्ने आयोजनाको कल्पनामा हातमा आइसकेको आयोजना गुमाउनु अर्को मुर्खता हो। त्यस्तो सम्भावना रहेछ, भने २०/२५ वर्षपछि माथिल्लो कर्णालीबाट देशले खर्बौं रुपैयाँ कमाइसक्छ। त्यसपछि बनाउन सकिन्छ।

तल्लो तटीय सिँचाईमा असर पार्ने देखिए रि–रेगुलेटिङ ड्याम जिएमआरले बनाउँछ त?
सिँचाई आयोजनामा प्रतिकुल असर पार्छ पार्दैन भन्ने अध्ययन ६ महिनाभित्र हुन्छ। सरकारको कार्यविधिको आधारमा कम्पनीलाई स्वीकार्य हुने प्रतिवेदन तयार हुन्छ। यदि माथिल्लो कर्णालीले तलका सिँचाई आयोजनामा पानीको उपलब्धता कम भएर प्रतिकुल असर पार्ने रहेछ भने आवश्यक संरचना जिएमआरले नै तयार पार्छ। रि–रेगुलेटिङ ड्याम बनाउनु परेको अवस्थामा कम्पनीले नै आफ्नै खर्चमा बनाउनुपर्छ। त्यसको प्रबन्ध भइसकेको छ।


जिएमआरले बनाउने प्रसारण लाइनमा समेत २७ प्रतिशत सेयर हुनुपर्छ र नेपाललाई हस्तान्तरण हुनुपर्छ भन्ने छ। यसमा के हुन्छ?
प्रसारण लाइन २५ वर्षपछि कम्पनीले बिनाशुल्क सञ्चालन भएकै अवस्थामा हस्तान्तरण गर्नुपर्छ। त्यो लाइनबाट कर्णाली बेसिनमा बन्ने आयोजनाको बिजुलीसमेत जोडिन्छ, क्षमताले भ्याएसम्म। नेपाललाई चाहिएको खण्डमा क्षमता बढाएर बनाउने गरी उसलाई जानकारी दिन सकिन्छ। त्यसमा कुनै समस्या छैन। तल्लो र माथिल्लो तटमा जोसुकैले आयोजना बनाउन अनुमति पाउँछन्, यसमा पनि कुनै समस्या हुँदैन।


जिएमआरसँग त सम्झौता भयो। अब समग्र अर्थतन्त्रमा यसको के प्रभाव हुन्छ?
पिडिए लागु हुनेबित्तिकै जिएमआरको वित्तीय व्यवस्थापन हुन्छ। अन्तर्राष्ट्रिय लगानीकर्ता नेपालमा आउँछन्। यो आयोजना बनाउन स्थानीयस्तरमै तालिम केन्द्र खुल्छन्। त्यहाँ चाहिने मानव स्रोत साधनको आवश्यक पर्छ, भ्यासम्म स्थानीयस्तरबाटै पूरा गर्नुपर्छ। हजारौंको स्थानीय रोजगार सिर्जना हुन्छ। त्यहाँ चाहिने सिमेन्ट, रड सकेसम्म नेपालले नै आपूर्ति गर्छ। धेरै सिमेन्ट, रड उद्योग तत्कालै खुल्न थाल्छन्।
विदेशबाट सामान ल्याउनुपर्योट भने भन्सार, भ्याट सरकारलाई प्राप्त हुन्छ। यो सबै हेरेर नेपालमा लगानीको वातावरण छ भन्ने विदेशी लगानीकर्तामा विश्वास हुन्छ। अन्य आयोजनामा लगानी बढ्न थाल्छ। समग्रमा यसले नेपालमा लगानीको वातावरण रहेछ, यहाँ लगानी गर्नुपर्छ भन्ने सन्देश जान्छ। सरकार समयमा निर्णय गर्न सक्षम छ र हरेक निर्णय समयमा हुन्छ भन्ने सन्देश पनि जान्छ। आर्थिक विकासको सूचकांकमा नेपालको हैसियत माथि पुग्छ। बिजुली उत्पादन सुरु गरेपछि २५ वर्षमा आयोजनाबाट कर, बिजुली र रोयल्टीको रुपमा देशले ४ खर्ब ३१ करोड रुपैयाँ प्राप्त गरिसक्छ। नाफा मात्रै ३१ अर्ब रुपैयाँ प्राप्त हुन्छ।
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
११ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।




सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस