काठमाडौं- सुरुमा साढे आठ अर्ब रुपैयाँ लागत अनुमान गरिएको चमेलिया जलविद्युत आयोजनाको थप लागत (भेरिएसन) मात्रै ६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। गलत आयोजना छनोट, उचित निर्णयको अभाव र भुक्तानी समस्याले भेरिएसन बढ्दै गएको हो।
संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको आयोजना उप–समितिले विस्तृत इन्जिनियरिङ अध्ययन अभाव र नीतिगत भ्रष्टाचारले लागत बढाएको निष्कर्ष निकालेको छ। राजेन्द्रकुमार केसी नेतृत्वको उप–समितिको प्रतिवेदनले ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका तत्कालीन नीति निर्माण तहमा रहेका सम्पूर्ण पदाधिकारी यसमा जिम्मेवार रहेको किटान गरेको छ।
प्रतिवेदनअनुसार आयोजना ढिलाइमा प्राधिकरण, सञ्चालक समिति, आयोजना व्यवस्थापन एकाइ, प्राधिकरणकै आयोजना विकास विभागको भूमिका बढी छ। आयोजना छनोट र आवश्यक मापदण्डसमेत बेवास्ता गरी हचुवाका आधारमा कार्यान्वयनको निर्णय गर्ने तत्कालीन नीति निर्माणमा सबैको भूमिका देखिएको प्रतिवेदनमा उल्लेख छ।
कुल भेरिएसन रकममध्ये सिभिल निर्माणतर्फको मात्रै चार अर्ब ६३ करोड रुपैयाँ छ। उप–समितिले हालसम्म ६ पटकसम्म भेरिएसन भएको निष्कर्ष निकाल्दै कुल रकमको ७१ प्रतिशत सिभिल निर्माणको मात्रै पुगेको जनाएको छ। हालसम्म कुल भेरिएसनमध्ये दुई अर्ब ५४ करोड ६० लाख रुपैयाँ प्राधिकरण सञ्चालक समितिले स्वीकृत गरिसकेको छ।
उप–समितिले प्राधिकरण सञ्चालक समितिका तत्कालीन अध्यक्षलाई लागत बढ्नुको मुख्य जिम्मेवार ठहर गरेको छ। २०५६ देखि २०६५ सम्म प्राधिकरण अध्यक्ष रहेका जलस्रोत र पर्यटनमन्त्री र राज्यमन्त्रीले समयमा उचित निर्णय नगर्दा आयोजनाको लागत बढ्दै गएको उप–समिति संयोजक केसीले बताए।
उक्त अवधिसम्म गोविन्दराज जोशी, खुमबहादुर खड्का, बलदेव शर्मा मजगैया, विजयकुमार गच्छदार, दीपक ज्ञवाली, ठाकुरप्रसाद शर्मा जलस्रोत मन्त्री थिए। रामबहादुर गुरुङ, वेनुपराज प्रसाई, ज्ञानेन्द्रबहादुर कार्की राज्यमन्त्री थिए। २०६० मा पर्यटनमन्त्री रहेका शर्वेन्द्रनाथ शुक्लाले समेत प्राधिकरण अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
विस्तृत इन्जिनियरिङ अध्ययन नगरी निर्माण ताकेता र गलत ढंगले ठेकेदार छनोटमा जिम्मेवार देखिएका तत्कालीन मन्त्री, प्राधिकरणका कार्यकारी निर्देशक र आयोजना प्रमुखलाई कारबाही गर्नुपर्ने सभासद मोहनबहादुर बस्नेतले बताए। उनले भने, 'जुनसुकै पार्टीको भए पनि ती सबै दोषी हुन्, कारबाही गर्नुपर्छ।'
सन् २००६ डिसेम्बर २१ आयोजना निर्माण सुरु हुँदा आठ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ तोकिएको लागत हालसम्म करिब १५ अर्ब रुपैयाँ नाघिसकेको छ। सिभिलतर्फ निर्माण सुरु भएपछि डिजाइन परिवर्तन गर्नु, विद्युतगृहको स्थानान्तरण, अनपेक्षित प्रतिकूल भौगोलिक अवस्था, सुरुङ खुम्चिनुलगायत कारणले भेरिएसन बढेको उप–समितिको प्रतिवेदनमा छ।
आयोजना सन् २०११ मै निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो। अहिलेसम्म चार वर्षभन्दा बढी समय लम्बिइसकेको छ। समय लम्बिँदा अमेरिकी डलरमा आएको उतारचढावलाई पनि प्रतिवेदनले लागत बढ्नुको कारण भनेको छ। हालसम्म करिब १३ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाको संशोधित लागत १५ अर्ब ६ करोड चार लाख रुपैयाँ पुग्ने अनुमान छ।
इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल ठेकेदार र परामर्शदाताको नियुक्ति सिभिल निर्माण सुरु भएको दुई वर्षपछि मात्रै भएकाले यसबारे ढिलो जानकारी हुँदा त्यसले सिभिल विद्युतगृह, ड्यामलगायत संरचनाको डिजाइन पूरा गर्नमा विलम्ब भएको देखिएको समेत प्रतिवेदनमा छ। जलविद्युत विकासमा क्षेत्रीय सन्तुलन कायम गर्ने नाममा आयोजनामा आर्थिक र नीतिगत भ्रष्टाचार भएको लेखा समितिका अधिकांश सभासदको तर्क छ।
प्रसारण लाइनको लागतसमेत जोड्दा प्रतिमेगावाट करिब २८ करोड रुपैयाँ अनुमान गरिएको आयोजना अध्ययन हुँदासम्म प्रतिमेगावाट ५० करोड २० लाख रुपैयाँ पुगेको छ। इन्जिनियरिङ अध्ययनले जलविद्युत आयोजनाको औसत लागत प्रतिमेगावाट १५ देखि १८ करोड रुपैयाँ मान्छ। आयोजना बनाउन आवश्यक सम्पूर्ण बजेट वा वित्तीय स्रोत नजुटाई निर्माणको ठेक्का दिइएको र यसमा प्राधिकरणको लापरबाही रहेको उप–समिति सदस्य बताउँछन्।
यसैगरी, आयोजनाको इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल उपकरणको सुरुको लागत एक अर्ब ९७ करोड रुपैयाँ अनुमान गरिएकोमा हालसम्म ५० करोड ९१ लाख रुपैयाँ थपिएको छ। थप रकममध्ये २१ करोड ८८ लाख रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणले जानकारी दिएको छ।
जलविद्युत आयोजनामा भौगोलिक आधारमा भएका भेरिएसनलाई सामान्य मानिए पनि यो आयोजनाको हकमा सुरु लागतको तुलनामा एक सय ६० प्रतिशतसम्म बढी भेरिएसन भएको अध्ययनले देखाएको छ। अध्ययनअनुसार सन् २००१ को विस्तृत डिजाइन ड्रइङ र सन् २००७ को कन्स्ट्रक्सन ड्रइङमा मुख्य सुरुङ खुम्चिने अनुमान गरिएको थिएन। निर्माण क्रममा अत्यन्तै कमजोर भौगोलिक वनावट भएकाले चार किलोमिटरमध्ये आठ सय ४३ मिटर खुम्चिएको छ।
खुम्चिएको सुरुङका लागिमात्रै एक अर्ब नौ करोड रुपैयाँ थप लागत अनुमान गरिएको छ। उक्त रकम नदिएकै कारण अहिले सिभिल ठेकेदार चाइना गेजुवा गु्रप कर्पोरेसनले काम रोकेको छ। लेखा समितिले भेरिएसन रकम भुक्तानी नगर्न निर्देशन दिएकाले यो अझ थपिने प्राधिकरण अधिकारी बताउँछन्। तर, अध्ययन उप–समितिले ठेकेदारको भुक्तानी नरोक्ने गरी थप अध्ययन र कारबाही गर्नुपर्ने सुझाव पूर्ण समितिलाई दिएको छ।