सार्दीखोला (कास्की)-तरकारी र फलफूलका लागि कुनै मौसम पर्खनुपर्दैन। नेपाली किसानले जुनसुकै मौसममा हरेकखाले फलफूल, तरकारी उत्पादन गरिराखेका छन्। माछा भने बाह्रैमास एकनासले उत्पादन गर्न सकिएको छैन।त्यसको एउटै कारण हो– जुनसुकै मौसममा पनि भुरा उत्पादन गर्न नसक्नु। असला जातको माछाले हिउँदमा प्रजनन् गर्छ, अर्काेथरिले बर्खामा। एउटा हिउँदमा जन्मेको भुरा अर्को हिउँदतिर खान योग्य हुन्छ। असला जातभित्रै पर्ने 'रेन्बो ट्राउट' माछा पालिरहेका कास्कीका किसानलाई एउटै चुनौती छ– बर्खामासमा बजारको माग कसरी पूरा गर्ने?
त्यो चुनौती पार गर्ने एउटै उपाय हो– बैमौसमी माछापालन। मुलुकभरि कतै पनि अहिलेसम्म नगरिएको बैमौसमी माछापालनको सम्भावनालाई कास्कीका दुई किसानले सम्भव बनाउन लागेका छन्। सार्दीखोलाको गण्डकी रेन्बो ट्राउट फार्मका सञ्चालकद्वय लक्षिन र अमृत गुरुङले अमेरिकाबाट माछाका फुल (अन्डा) ल्याएर बैसमौसममा भुरा तथा माछा उत्पादनको प्रयास थालेका हुन्।
यो सातामात्रै उनीहरुले अमेरिकाको वासिंगटनस्थित ट्राउट लज फार्मबाट माछाका डेढ लाख अन्डा भिœयाएका छन्। ती अन्डाबाट भुरा उत्पादन हुन थालेको छ। विशेष प्रविधिबाट बैमौसममा उत्पादित अन्डा आइसमा पोको पारेर पठाएको ४२ घन्टाभित्र नेपाल आइसकेको थियो। 'अमेरिकी कम्पनीले ९६ घन्टाभित्र पानीमा राख्नू भनेको थियो तर ६२ घन्टामै राख्न सक्यौं,' लक्षिनले भने। असार, साउन र भदौ लगायत बर्खे मौसममा बजारको माग पूरा गर्ने उपाय इन्टरनेटमा खोजी गर्दै जाँदा उनीहरुले वासिंगटनको फर्मबारे थाहा पाएका थिए। चार हजार अमेरिकी डलर अर्थात झन्डै चार लाख नेपाली रुपैयाँ पठाएपछि माछाका अन्डा नेपाल आइपुगेका हुन्। अन्डालाई १० डिग्री सेल्सियसभन्दा कम तापक्रमको पानीमा राखेर कोरलिन दिइएको छ।
नेपालमा माछाको कृत्रिम प्रजनन् गराउँदा पनि उसले प्राकृतिक चक्रकै हिसाबमा हुँदै आएको मत्स्य अनुसन्धान केन्द्र बेगनाशका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जयदेव विष्ट बताउँछन्। 'प्राकृतिक ताल तलैया र नदीनालाको सट्टा हाम्रै पोखरीमा प्रजनन् गराउने गरिएको हो,' उनले भने, 'तर माछाले जुन मौसममा प्रजनन् गर्छ त्योभन्दा बेग्लै समयमा गराउन सकिएको छैन, अमेरिकामा गरिँदो रहेछ।'
अरु कृषि उपजका बिउबिजन तथा कुखुराका अन्डामा शुल्क नलिने भन्सारले माछाका अन्डामा भने लिएको गुरुङद्वयले बताए। उनीहरुले डेढ लाख अन्डाबाट कम्तीमा लाख भुरा उत्पादन हुने विश्वास गरेका छन्। 'अब अमेरिकाबाटै अन्डा ल्याएर भए पनि भुरा उत्पादन गर्न सकियो भने जुनसुकै मौसममा पनि माछाको माग पूरा गर्न सक्छौं,' अमृतले भने, 'अब जेठ, असार, साउन र भदौ लगायत महिनामा पनि माछा खाँचो हुन्न।' उनका अनुसार ट्राउट वार्षिक १५ हजार किलो उत्पादन हुँदा पनि माग पूरा गर्न नसकेर पुर्यागईपुर्यामई बेच्नुपर्ने समस्या छ।
'आठदेखि १२ महिनामा बजार पठाइसक्नुपर्ने माछा पनि सबै एकैचोटि बिक्री नगरेर पालिराख्छौं र अरु महिनाको माग पूरा गर्छौं' लक्षिनले अहिलेसम्मको अवस्था सुनाए। त्यसरी थप समय पाल्दा माछाको लगानी बढी महँगोमा बिक्री गर्नुपरिरहेको पनि उनले बताए। 'अहिले साढे आठ सय रुपैयाँ किलोमा बेचिरहेका छौं,' उनले भने, 'अमेरिकाबाट ल्याएको अन्डाबाट भुरा उत्पादनमा सफलता मिल्यो भने अझ सस्तोमा दिन सकिन्छ।' नेपालमै भुरा किन्दा २१ रुपैयाँसम्म तिर्नुपरेको र सामान्य अवस्थामा पनि कम्तीमा १० रुपैयाँ गोटा पर्ने उनले जानकारी दिए। तर अमेरिकाबाट ल्याउँदा पनि त्योभन्दा सस्तो परेको छ।
माछाको माग पूरा गर्न नसकेर गण्डकी ट्राउट फर्मले त्यहीँ आएर खान पाउने लान नपाउने भन्ने सूचनै टाँस्नुपरेको थियो। 'बैमौसममा पनि माछा उत्पादन गर्न सक्यौं भने त्यो अब इतिहासमात्रै हुन्छ,' लक्षिनले भने। चार वर्षअघि स्थापित चार करोड रुपैयाँ लगानीको उनीहरुको फार्म ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ।
मत्स्य अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक सुरेन्द्रप्रसाद साहका अनुसार ट्राउट माछालाई बगिरहने र चिसो एवं सङ्लो पानी चाहिन्छ। २१ डिग्रीभन्दा बढी तापक्रम सहन नसक्ने यो जातको माछा नेपालभरि गरी वार्षिक तीन लाख किलो उत्पादन भइरहेको जानकारी उनले दिए। एक लाख किलो उत्पादन गरेर सबैभन्दा बढी योगदान कास्कीले गर्छ। मुलुकमा ४० जिल्लामा यो माछाको खेती सुरु भइसकेको छ। 'सबैथरि जातका माछा भने नेपालभरि वार्षिक ५६ हजार टन उत्पादन हुन्छ,' उनले भने, 'माग भने त्यसको दोब्बर छ।'