काठमाडौं- नेपाल खाद्य संस्थानले यो वर्ष साढे तीन लाख क्विन्टल खाद्यान्न खरिद गर्ने भएको छ। आफ्नो स्टकमा रहेको खाद्यान्न कम भएपछि नयाँ खाद्यान्न किनेर स्टक गर्न लागेको हो। खाद्यान्न अभाव हुन नदिन यो वर्ष साढे तीन लाख क्विन्टल स्टक गर्न लागेको संस्थानका नायव महाप्रबन्धक नवराज उपाध्ययले बताए। उनका अनुसार साढे तीन लाख क्विन्टल खाद्यान्नमध्ये ८० प्रतिशत चामल र २० प्रतिशत गहुँ खाद्यले किन्नेछ।
लामो समयदेखि टेन्डरबाट खाद्यान्न किन्न नसकेको संस्थानमा अहिले ५० हजार क्विन्टल हाराहारीमा चामल र ५५ हजार क्विन्टल हाराहारीमा गहुँ स्टक रहेको र अन्यन्तै कम स्टक भएकाले तुरुन्तै खाद्यान्न किन्न लागेको उपाध्ययले बताए। '२५ हजार क्विन्टल चामल किनेर तुरुन्त स्टक गर्न हामीलाई सञ्चालक समिति बोर्डले निर्देशन दिएको छ,' उपाध्ययले भने, 'यसका लागि प्रक्रिया सुरु गरिसकेका छौं।'
संस्थानले १० हजार क्विन्टल साताभित्रै किन्न लागेको छ। यसमध्ये ५ हजार क्विन्टल सुर्खेत र ५ हजार क्विन्ट बाँकेबाट मोटा चामल किन्न लागेको उपाध्ययले जानकारी गराए। 'तुरुन्तै २५ हजार क्विन्टल नै किन्ने योजना थियो,' उपाध्यायले भने, 'चामलका लागि अफ सिजन भएकाले धेरै किन्न महँगो पर्ने भयो, सबै किन्ने काम रद्ध भएको छ।' बाँकी चामल किन्न यसै हप्तामा रि–टेन्डर गर्नेे उनले जानकारी गराए। संस्थानको धनगढी, टिकापुर, बर्दिया, बाँके, सुर्खेत लगायतका ठाउँबाट चामल किन्ने योजना छ।
संस्थानमा कम्तीमा ढेड लाख क्विन्टल खाद्यन्य हुनुपर्ने उपाध्ययले बताए। यस मध्ये कुनै दाताले दियो भने संस्थानलाई सहयोग हुन्छ, सहयोग आएन भने आफैले किनेर भए पनि स्टक गर्ने गरेको छ।
विश्व स्वास्थ्य संगठनले गहुँ, चामल, जौ, फापर, कोदो लगायतलाई खाद्यान्नको रुपमा प्रयोग गर्न भने पनि नेपालीको खाने बानीलाई ध्यानमा राखेर चामल र गहुँ स्टक राख्ने गरेको उपाध्ययले जानकारी गराए। स्टक बढाउन तुरुन्तै २५ हजार क्विन्टल किन्न लागे पनि बाँकी खाद्यान्न सिजनअनुसार संस्थानले किन्दै छ।
संस्थानले मंसिरमा चामल र चैत–वैशाखमा गहँु किन्ने गरेको छ। मंसिरमा धान स्याहार्ने र चैत, वैशाख गहुँ किन्ने समय भएकाले यो बेला खाद्यान्न सस्तो पर्छ। यही मौका छोपेर संस्थानले खाद्यान्न स्टक गर्ने गरेको उपाध्ययले बताए।
संस्थानको देशभरमा १२ वटा ठाउँमा बफर गर्ने गरेको छ। चाहिएको बेलामा खाद्यान्यलाई विभिन्न जिल्लामा पुर्यानउने गरेको छ। साथै, उपभोक्ताले चाहेको बेलामा यि केन्द्रबाट खाद्यान्य सहुलियत मूल्यमा किन्न पाउने उपाध्यायले जानकारी गराए। सरकारले २३ जिल्लामा खाद्यान्य पुर्याटउन ढुवानी अनुदान दिएको छ भने बाँकी ठाउँमा संस्थानले आफैं पुर्याएउँदै आएको छ।
चामल किन्ने टेन्डरमा ठेकेदारको 'कार्टेलिङ' भएपछि संस्थानले चार वर्षदेखि चामल किन्न सकेको छैन। बजार मूल्यभन्दा टेन्डर धेरै भएपछि संस्थानले चामल खरिद गर्न नसकेको हो। संस्थानले चार वर्षमा तीनपटक चामल खरिदका लागि टेन्डर आह्वान गरेको थियो। तीनैपटक संस्थान चामल खरिद गर्न असफल भयो। केही वर्षपहिला जापानले दिएको चामलले धानेको संस्थानले अहिले सिधै धान किन्ने गरेको छ।
यसैगरी संस्थानले कर्णालीको खाद्यान्नलाई प्रमोट गर्न त्यहाँका खाद्यान्न काठमाडौंमा बेच्न सुरु गरिसकेको छ। गत वर्षदेखि संस्थानले कर्णालीका उत्पादन उवा, चिनो, फापर, काउन, सिमी, मटमास, कोदो काठमाडौंमा बेच्न थालेको छ। गत वर्ष ट्रायलका रुपमा कर्णालीबाट १५ लाखको खाद्यान्न काठमाडौं भित्र्याएको संस्थानले यस आर्थिक वर्षमा ४५ लाख बराबरको खाद्यान्य ल्याउने योजना बनाएको छ।