काठमाडौं- लगानी बोर्डले आउँदो दुई साताभित्र नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी सतजल जलविद्युत निगमसँग आयोजना विकास सम्झौता (पिडिए) वार्ता सुरु गर्ने भएको छ।
बोर्डले कम्पनीलाई यसै साता पिडिएको प्रारम्भिक मस्यौदा पठाउँदै वार्ता गर्न आह्वान गरेको हो। पिडिएको ढाँचा बनिसकेकाले दुई महिनाभित्र सतलजसँग सम्झौतामा हस्ताक्षर गर्ने गरी काम भइरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताए।
'नौ सय मेगावाटको माथिल्लो कर्णालीमा जिएमआरसँग सम्झौता भइसकेको छ, सतलज पनि उत्साहित छ,' पन्तले नागरिकसँग भने, 'अब सतलजसँग मात्रै होइन अन्य कुनै पनि आयोजनासँग सम्झौता गर्न समय लाग्दैन, अरुणका विषयमा लामो छलफल गरिरहनु पर्दैन।'
बोर्डले पिडिए छिटो टुंग्याउन सतलज र आयोजना निर्माणस्थलका स्थानीयसँग एकसाथ छलफल अघि बढाउने तयारी गरेको छ। यही क्रममा बोर्डको एक टोली कात्तिक पहिलो साता आयोजनास्थल जाने पन्तले बताए। अरुण सरोकार मञ्चसँग कार्यालयमै एक चरण छलफल भइसकेको पनि बोर्डले जानकारी दिएको छ।
पन्तका अनुसार सरकार, स्थानीय र आयोजनास्थलका बासिन्दाले पाउने सुविधा स्पष्ट किटान गरी मंसिर पहिलो साता पिडिएमा हस्ताक्षर हुनेछ। सतलजले यसअघि गरेको वातावरणीय प्रभाव अध्ययन संशोधन गरी स्वीकृत गर्ने तयारी भइरहेको वातावरण मन्त्रालयका अधिकारीले बताए।
सतलजले आयोजनास्थलको सामाजिक तथा वातावरणीय अध्ययन नगरेकाले यो संशोधन गर्नुपर्नेमा स्थानीयको समेत जोड छ। बोर्ड कार्यालयमा भेटिएका सरोकार मञ्चका एक अधिकारीले नागरिकसँग भने, 'आयोजनाबाट स्थानीयमा पर्ने प्रभावको विस्तृत अध्ययन नगरेर सतलजले बदमासी गरेको भेटिएको छ, यो संशोधन गरेपछि मात्रै वातावरण मन्त्रालयले स्वीकृत गर्नुपर्छ।
स्थानीयको माग ध्यानमा राख्दै मन्त्रालयले अपूरो अध्ययनमा उनीहरुको राय तथा सुझाव माग्दै भदौ ३१ गते सूचना निकालेको थियो। यसै साता स्थानीयको राय–सुझाव आउने र यसलगत्तै सतलजसँग वार्ता सुरु गर्ने बोर्डको तयारी छ।
स्थानीयस्तरमा बन्ने सडक, खानेपानी, स्वास्थ्य तथा शिक्षाका लागि कम्पनीले गर्नुपर्ने कामबारे विस्तृत अध्ययन नभएको स्थानीयको गुनासो छ। आयोजनाबाट संखुवासभाको सदरमुकाम खाँदबारीसहित नुम, पाथीभरा, दिदिङ, मकालुलगायत गाविस बढी प्रभावित हुने अध्ययनले देखाएको छ।
भारतीय प्रधानमन्त्री साउन १८ गते नेपाल भ्रमणमा आउँदा सतलजसँग उक्त आयोजना सरकारले नै लिएर भारतीय अनुदानमा बनाउन प्रस्ताव गर्ने तयारी भएको थियो। तर, अनुदानमा बनाउने आयोजना प्रस्ताव गर्न नपरेपछि सतलजले आयोजना बनाउने र उसैसँग पिडिए गर्ने प्रक्रिया अगाडि बढाइएको हो। उक्त कम्पनी भारत सरकारको पूर्ण स्वामित्व रहेको कम्पनी हो।
संखुवासभामा अरुण तेस्रो बनाउनेबारे सतलजसँग २०६५ फागुन १९ गते सम्झौता हुँदा सरकार (नेपाल विद्युत प्राधिकरण) लाई कुल जडित क्षमताको २१.९ प्रतिशत (१९७ मेगावाट) बिजुली निःशुल्क दिने समझदारी भएको छ। ऊबेला चार सय दुई मेगावाटमा बनाउने समझदारी भए पनि पछि कम्पनीले प्राकृतिक स्रोतको उच्चतम उपयोग गर्नुपर्ने भन्दै क्षमता बढाएर नौ सय मेगावाट पुर्यालएको थियो।
कम्पनीले बिजुली उत्पादन सुरु भएको वर्षदेखि जडित क्षमता र ऊर्जा दुवैमा निःशुल्क बिजुली दिनुपर्नेछ। उत्पादित बिजुली भारत निर्यात हुने हुँदा बिजुली बिक्रीबाट निर्यात कर र रोयल्टीसमेत सरकारलाई प्राप्त हुनेछ। जलविद्युत नीति, २०५८ अनुसार सतलजले कुल आम्दानीको साढे सात प्रतिशत रोयल्टी र ०.००५ प्रतिशत निर्यात कर सरकारलाई बुझाउनुपर्छ।
यो आयोजना विश्व बैंकको ऋण सहयोगमा २०५२ सालमा प्राधिकरणले नै बनाउन ठेक्का आह्वानसमेत भइसकेको थियो। तर, तत्कालीन सरकारमा रहेको एमालेलगायत सरकारबाहिर रहेका व्यक्ति तथा निकायले विरोध गरेपछि आयोजना रद्द भएको थियो।
सतलजलाई ३० वर्षसम्म आयोजना निर्माण र सञ्चालन गर्ने अनुमति हुनेछ भने त्यसपछि सञ्चालित अवस्थामा सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ। २०६२/०६३ पछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दा अरुण तेस्रोका लागि नौ विदेशी कम्पनीले आवेदन दिएका थिए। सरकारलाई निःशुल्क बढी बिजुली दिन सतलज तयार भएकाले उसैलाई अनुमतिपत्र दिइएको थियो।