काठमाडौं-तीनदेखि लगातार मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने पाँच दर्जनभन्दा बढी उडान रद्द भएका छन्। त्रिभुवन विमानस्थलबाट मंगलबार हुनुपर्ने आन्तरिकतर्फका ६२ उडान रद्द भए भने सातवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज यहाँ अवतरण गर्न नसकी आफ्नै देश फर्किएका छन्।
बंगालको खाडीबाट उत्पति भएको समुद्री आँधी ‘हुडहुड' गत आइतबार साँझबाट नेपाल प्रवेश गरेपछि मौसम बिग्रिएको थियो। सोमबारबाट काठमाडौं र पूर्वी भेग तथा मंगलबार मुलुकभर भारी वर्षा भएको छ।
‘लगातार भारी वर्षाका कारण मौसम खराब हुन पुग्यो र भिजिबिलिटी कम हुँदा उडान–अवतरणमा समस्या आयो,' त्रिभुवन विमानस्थलका एक अधिकारीले मंगलबार नागरिकसँग भने, ‘यसबाट पाँच दर्जनभन्दा बढी आन्तरिक उडान रद्द भए भने अन्तर्राष्ट्रियतर्फ आधा दर्जन बढी उडान डाइभर्ट भए।'
उनका अनुसार एयर अरेबिया, इन्डिगो एयरलाइन्स, एयर एसिया एक्स, एयर इन्डिया, इतिहाद एयरवेज र चाइना इस्टर्न एयरलाइन्सका एक–एक उडान ‘डाइभर्ट' भएका थिए।
‘ती सबै जहाज डाइभर्ट हुनुअघि आधा घन्टादेखि एक घन्टासम्म होल्ड (आकासमै घुमिरहनु) गरेका थिए,' उनले भने, ‘त्यसपछि पनि मौसममा सुधार नआएपछि आ–आफ्नै देश फर्किएका थिए। पुनः आउने वा नआउने बारे भने हामीलाई कुनै जानकारी दिइएको छैन।'
त्यसैगरी बुद्ध एयरको अन्तर्राष्ट्रियतर्फ बनारसको एक र आन्तरिकतर्फको १८ गरी १९ उडान रद्द भएका थिए। ‘लगातार पानी परेका कारण हाम्रा धेरै उडान रद्ध भए,' बुद्धका वरिष्ठ कार्यकारी प्रबन्धक रुपेश जोशीले भने, ‘पोखराका लागि कुनै पनि उडान भएनन्।'
उनका अनुसार पोखराका सबै सातवटा, भरतपुरका सबै दुई र भैरहवाका पनि सबै दुई उडान रद्द भए। त्यसैगरी विराटनगर र नेपालगन्जका पनि एक–एक उडान रद्ध भए। पोखरा र भैरहवा विमानस्थल खराब मौसमकै कारण खुल्न सकेनन्। ‘मंगलबारका लागि पाँचवटा माउन्टेन फ्लाइट राखेका थियौं,' उनले भने, ‘तर, बिहानैदेखि भिजिबिलिटी नहुँदा सबै रद्द हुन पुग्यो।'
अर्को प्रमुख आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सका पनि १९ उडान रद्ध भएका थिए। कम्पनीका बजार प्रबन्धक रोशन रेग्मीका अनुसार पोखरा जानुपर्ने सबै नौ उडान तथा माउन्टेन फ्लाइट सबै पाँचवटा रद्ध भएका थिए। त्यस्तै विराटनगर, जनकपुर, भरतपुर, भैरहवा र नेपालगन्जका एक–एक उडान रद्ध भएका थिए। ‘भारतीय समुद्री आँधी हुडहुडका कारण हाम्रा उडानसमेत प्रभावित भए,' उनले भने।
यतीकै भगिनी वायुसेवा कम्पनी तारा एयरका पनि मंगलबार नौ उडान रद्ध भएका थिए। नेपालगन्जबाट हुम्लाको सिमिकोट, जुम्ला, मुगुको रारा र डोल्पा जाने चार उडान भएनन्। त्यस्तै पोखराबाट जोमसोम जानुपर्ने सबै पाँच उडान पनि रद्ध गरिएको रेग्मीले जानकारी दिए।
अर्को आन्तरिक वायुसेवा कम्पनी सिमि्रक एयरलाइन्सका पनि १५ उडान रद्ध भएका थिए। कम्पनीका बजार प्रबन्धक प्रज्वल थापका अनुसार काठमाडौंबाट पोखरा र माउन्टेन फ्लाइट तथा पोखराबाट जोमसोमका लागि राखिएका सबै उडान रद्ध भएका थिए।
पोखरा जानुपर्ने ६, माउन्टेन फ्लाइट पाँच तथा पोखराबाट जोमसोम जानुपर्ने तीन उडान रद्ध गरिएको उनले जानकारी दिए। त्यस्तै भैरहवा जानुपर्ने एक उडान पनि हुन नसकेको उनले बताए। ‘बुधबारबाट मौसम सुधार हुने अनुमान गरिएको छ,' उनले भने, ‘त्यसपछि बिनाअवरोध नियमति उडान हुनेछन्।'
अन्तर्राष्ट्रिय उडान गर्ने मध्यम किसिमका जहाजलाई यहाँ अवतरण गर्न २ हजार ८ सय मिटर र त्यसभन्दा ठूला जहाजलाई ३ हजार २ सय मिटर ‘भिजिबिलिटी' आवश्यक पर्ने विमानस्थलले जनाएको छ।
जहाजको ककपिटभित्र बसेका पाइलटले सिधा अगाडि हेर्दा जति सफा देख्छ, त्यसलाई भिजिबिलिटी भनिन्छ। त्रिभुवन विमानस्थलको नियमअनुसार अन्तर्राष्ट्रिय जहाज अवतरण गर्ने बेला मध्यमखाले पाइलटले सिधा अगाडि २ हजार ८ सय मिटर र ठूलाले ३ हजार २ सय मिटर सफा देख्नैपर्छ। त्यसपछि मात्र अवतरण गर्न सकिन्छ।
१ हजार ६ सय मिटर भिजिबिलिटी हुँदासम्म आन्तरिक उडान गर्ने साना जहाजलाई कुनै समस्या हुँदैन। त्रिभुवन विमानस्थल सामान्य अवस्थामा बिहान ६ बजे खुलाउने गरिन्छ भने मध्यरात साढे १२ बजे बन्द हुने गर्छ। सामान्य मौसमका बेला बिहान करिब एक दर्जन अन्तर्राष्ट्रिय जहाज अवतरण गर्छन्।
त्रिभुवन विमानस्थलमा हाल आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक अधिकतम ४ सयजति उडान–अवतरण हुने गरेका छन्। यिनमा ३ सय ३० देखि ४० जति आन्तरिक र बाँकी अन्तर्राष्ट्रिय उडान–अवतरण हुने गर्छन्।