माथिल्लो त्रिशूली–१ को म्याद थप्याथप्यै
३० असोज २०७१
•
९ मिनेट पाठ
माथिल्लो त्रिशूली–१ को म्याद थप्याथप्यै
काठमाडौं-दुई वर्षअघि करारमा दिइएको दुई सय १६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको अनुमतिपत्र म्याद सरकारले निरन्तर थप्दै आएको छ। करार सम्झौताअनुसार प्रवर्द्धक कम्पनीले सम्पूर्ण प्रक्रिया पूरा गरे पनि सरकारले आयोजना विकास सम्झौता (पिडिए) टुंग्याउन चासो नदिई म्यादमात्रै थप्दै आएको हो। पिडिए नभएकाले आयोजनाको वित्तीय व्यवस्थापन र विद्युत खरिद सम्झौता (पिपिए) हुन पाएको छैन। म्यादमात्रै थपिँदै आएको छ।नेपाल वाटर एन्ड इनर्जी कम्पनीले दुई वर्षका लागि लिएको अनुमतिपत्रको म्याद २०६८ पुसमा सकिएको थियो। त्यसपछिको सरकारले अनुमति रद्द गरे पनि विद्युत ऐन, २०४९ को दफा ३५ अनुसार सोही कम्पनीलाई करारमा अनुमतिपत्र दियो। करार सर्तमा १८ महिनाभित्र पिपिए र वित्तीय व्यवस्थापन सक्नुपर्ने प्रावधान थियो।
पिपिए र वित्तीय व्यवस्थापन गर्न ऊर्जा मन्त्रालयले पिडिए टुंग्याई दिनुपर्छ। सरकारले नै काम गर्न नसकेको भन्दै गर्त वर्ष कात्तिकमा तत्कालीन ऊर्जामन्त्री उमाकान्त झाले मन्त्रिपरिषदबाट एक वर्ष म्याद थप्ने निर्णय गराएका थिए। अहिले मन्त्रालयले पिडिए गर्न नसकेकाले पुनः म्याद थप्ने तयारी गरेको छ। 
ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले आयोजनाको म्याद ६ महिना थप्न मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको बताइन्। ‘म्यादभित्रै वित्तीय व्यवस्थापनको बाटो खुलाइदिन म्याद थप्न मन्त्रिपरिषद पठाइएको छ,' मन्त्री ज्ञवालीले नागरिकसँग बनिन्। उनका अनुसार अनुमतिपत्रको म्याद थपिएपछि एक/दुई महिनाभित्रै पिडिए टुंगो लाग्नेछ।
बिहीबारको मन्त्रिपरिषद बैठकले म्याद थप्ने तयारी थियो। तर, यसबारे पुनः छलफल गर्नुपर्ने भन्दै मन्त्रिपरिषदको आर्थिक तथा पूर्वाधार समितिमा पठाइएकाले बिहीबार निर्णय हुन नसकेको ऊर्जा सचिव राजेन्द्रकिशोर क्षत्रीले बताए।
ऊर्जा मन्त्रालयका एकजना उच्च अधिकारी भने आफ्नो दायित्व पूरा नगरी लाचार शैलीमा म्याद थपिरहनुलाई मन्त्रालयको गैरजिम्मेवारी भन्छन्। ‘समयमा पिडिए टुंग्याएको भए म्याद थप्न पर्थेन, यसमा मन्त्रालयकै कमजोरी छ,' उनले भने। 
लगानी बोर्डले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको पिडिए गरिसकेकाले यही आधारमा त्रिशूलीको पिडिए गर्न सकिने मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले बताए। ‘आयोजनासँग कुन मापदण्डमा पिडिए वार्ता गर्ने भन्ने अन्योल थियो,' उनले भने, ‘बोर्डले कर्णालीको पिडिए गरिसकेकाले अब यसैलाई आधार बनाउन सकिन्छ।'
आयोजनाको प्रवर्द्धक कम्पनीलाई पछिल्लो मस्यौदा पठाइएको मन्त्रालयले जनाएको छ। अनुमतिपत्रको म्याद थपिनासाथ कम्पनीसँग समन्वय गरी पिडिए टुंग्याइने अधिकारीले बताए। प्रवर्द्धकले तोकिएका सबै प्रक्रिया पूरा गरे पनि मन्त्रालयमै धेरै कुरा रोकिएको सम्बिन्धत अधिकारी बताउँछन्।
पिडिएका लागि तीन चरणसम्म छलफल भइसकेको छ। आयोजनामा कोरिया, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफसी) लगायत विदेशी निकायले लगानी गर्ने प्रतिबद्धता जनाइसकेका छन्। यसैले अमेरिकी डलरमा पिपिए गरिदिन कम्पनीले सरकारसँग आग्रह गर्दै आएको छ। यो आयोजनामा पिडिएमा के कति सुविधा दिने भन्ने विषय किटान हुने हुँदा पिपिएको प्रक्रियासमेत सँगै अगाडि बढाउनुपर्ने अधिकारीको तर्क छ।
डलरमा पिपिए नभए आयोजनाको वित्तीय व्यवस्थापन गर्न नसकिने कम्पनीका अधिकारी बताउँछन्। आयोजनाको भौगोलिक अवस्था सरल रहेकाले यसबाट उत्पादित बिजुलीबाट नेपाल विद्युत प्राधिकरणलाई फाइदा हुने कम्पनीको दाबी छ। पिपिएका लागि प्राधिकरणमा आवेदन दिए पनि उसले यसबारे कुनै निर्णय गरेको छैन।
२५ मेगावाटभन्दा माथिका आयोजनाको पिपिए गर्न वा डलरमा पिपिए प्राधिकरणले छुट्टै मापदण्ड बनाइरहेको विद्युत व्यापार विभागका निर्देशक हितेन्द्रदेव शाक्यले बताए। उनका अनुसार मापदण्ड तथा नियम बनेपछि त्रिशूली–१ को पिपिए गर्न पनि सहज हुनेछ। कम्पनीले प्राधिकरणसँग ७ सेन्ट अमेरिकी डलरमा आयोजनाको पिपिए गरिदिन भन्दै प्रस्ताव पेस गरेको छ।
आयोजनाको वातावरणीय मूल्यांकन ऊर्जा मन्त्रालयबाट स्वीकृत भई प्राधिकरणसँग ‘कनेक्सन एग्रिमेन्ट' भइसकेको छ। कम्पनीले पिडिए कार्यविधिअनुसार तोकिएको तीन लाख २० हजार अमेरिकी डलर पिडिए शुल्क ऊर्जा मन्त्रालयमा जम्मा गरिसकेको छ। 
५५ करोड अमेरिकी डलर कुल लागत अनुमान गरिएको सो आयोजनाबाट वर्षामा एक हजार एक सय ४९ र हिउँदमा करिब तीन सय आठ गिगावाट घन्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ। एउटै कम्पनी प्रवर्द्धक, ठेकेदार र परामर्शदाता भए पनि एपिसी कन्ट्र्याकमा आयोजना निर्माण हुने हुँदा भेरिएसन नहुने उसको दाबी छ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको दबाबमा २०६९ असार २१ गते आयोजनाको अनुमतिपत्र रद्द गरिएको थियो। योजनाअनुसार काम गरिरहेको अवस्थामा सरकारले हस्तक्षेप गरेको भन्दै दातृ निकायबाट समेत कडा आपत्ति जनाएपछि १५ दिनभित्रै विद्युत ऐनअनुसार सोही कम्पनीलाई अनुमतिपत्र दिने निर्णय भएको थियो।
आयोजनामा कोरियन सरकारको पूर्ण स्वामित्वको कोसेम कम्पनीले ५० प्रतिशत, कोरियाकै केरुङ र ड्यालियम कम्पनीले २५ प्रतिशत र विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफसी) ले १५ प्रतिशत लगानी गर्ने टुंगो भइसकेको छ। यस्तै १० प्रतिशत सेयर स्थानीय जनताका लागि छुट्याइएको कम्पनीले जानकारी दिएको छ।
एसियाली विकास बैंक, जर्मनीको डेज बैंक, फ्रान्सको पापाकोरा र आइएफसीले आयोजनाका लागि ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। आयोजनाले प्रवेशमार्ग, वातावरणीय अध्ययनलगायतका काममा करिब ५० करोड रुपैयाँ खर्च गरिसकेको जानकारी दिएको छ।
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
११ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।

सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस