पोखरा-बिरौटाकी मञ्जिता भण्डारीको बारीभरि ढकमक्क सयपत्री फुलेको छ। अहिले ती फूल टिप्ने हो भने बोटका अरु कोपिला मौलाएर फेरि अरु फूल उत्पादन हुन्थ्यो। तर बजारमा बिक्री गर्ने बेला नहुँदै फूल टिपेर राख्ने ठाउँ छैन। त्यसो गर्न पाउने हो भने एउटै बोटबाट सय थुंगाजति फूल उत्पादन लिन सकिन्थ्यो। ‘अहिले भने ५० वटा जति फुलेको छ,' उनले भनिन्।तिहारमा चाहिने फूल नेपाली किसान त्यति बेला टिपेर बजार पुर्याबउँछन्। अघि नै टिपेर थन्क्याउने शीत भण्डार (कोल्ड स्टोर) नहुँदा किसानले फुलाउन सक्ने फूलको उत्पादन लिन पाएका छैनन्। ‘नेपालमा तरकारी र फलफूल राख्ने कोल्ड स्टोर त छैन फूललाई कहाँबाट होस्,' पुष्प व्यवसायी समिति (फ्यान)का कास्की अध्यक्ष दया द्वाले भने। त्यही कारण नेपाली किसानले फुलाएको भन्दा भारतबाट आउने फूल सस्तो पर्ने गरेको जानकारी उनले दिए। ‘भारतीय किसान जेठ/असारदेखि नै फूल टिपेर स्टोरमा राख्छन्, अनि अहिले पनि फेरि उत्पादन लिन्छन्,' उनले भने, ‘त्यसैले उनीहरुको उत्पादन सस्तो पर्छ।'
भण्डारीका अनुसार बजारमा नेपाली किसानले उत्पादन गरेको सयपत्री फूलको थुंगा एउटालाई पाँचदेखि १० रुपैयाँ पर्छ भने भारतीयको मूल्य दुई रुपैयाँबाट सुरु हुन्छ। त्यसैले हरेक वर्षको तिहारमा नेपाली किसानले भारतीय फूलसँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेको द्वाले जानकारी दिए। तैपनि वर्षेनी नेपाली किसानले फूल उत्पादन बढाउँदै लगेको पनि उनले बताए।
‘पोहोर पोखरामा फूलको मागको २५ प्रतिशत पनि स्वदेशीले धानेको थिएन,' द्वाले भने, ‘यसपालि आधा माग यहींको उत्पादनले थेग्दैछ।' उनले पोखरामा तिहारमा दुई करोड रुपैयाँ जतिको फूल कारोबार हुने अनुमान सुनाए। बिरौटाकी मञ्जिताले पनि पोहोरभन्दा यसपालि फूलमा लगानी ह्वात्तै बढाएकी हुन्। ‘यसपालि त १० रोपनीमा फूल लगाएका छौं,' उनले भनिन्, ‘त्यसमा साढे साढे चार लाख रुपैयाँ लगानी परेको छ।' स्टोरेज नहुँदा अहिले फुलेका फूल मौसमी वा अन्य प्रतिकूलता आइपरे नोक्सान हुनसक्ने डर उनलाई छ। द्वाका अनुसार यसपालि एउटै किसानले ९/१० वटा बिरुवा सयपत्री रोपेका थिए।
जिल्ला कृषि कार्यालय कास्कीले यसपालि किसानलाई सयपत्री फूलका २० हजार बिरुवा किसानलाई निःशुल्क वितरण गरेको थियो। बजारमा खुद्रा लिँदा एउटा बिरुवाको २५ र धेरै किन्दा १५ रुपैयाँ पर्छ। कृषि कार्यालयका बागवानी अधिकृत मनहर कडरियाले तरकारी लगायत खेतीमा भन्दा फूलमा धेरै नाफा देखिएकाले किसान आकर्षित भएको जानकारी दिए। ‘अरु तरकारी खेती गर्ने किसानले पनि प्लास्टिकको टनेल वरिपरि सयपत्री फूल रोपेका छन्,' उनले भने, ‘त्यसले गर्दा पनि उत्पादन बढेको छ। एकातिर फूल पनि फुल्ने र अर्कोतिर तरकारी खेतीमा किरा पनि आउँदैनन्।'
कडरियाका अनुसार सयपत्री फूलको बिरुवा रोपेको दुईदेखि साढे दुई महिनामा उत्पादन दिन्छ। सामान्य रेखदेखमै उत्पादन लिन सकिन्छ। नेपाली किसानले उत्पादन गर्ने सयपत्री फूलभन्दा भारतीय उत्पादन सानो आकारका हुने गरेको जानकारी उनले दिए। ‘त्यस्ता साना आकारका फूलको बिउ ल्याउन सकिएन,' उनले भने। फूलको मुख्य बजार तिहार मानिन्छ। नेपाली किसानले फुलाएका फूल अरु बेला खासै बिक्री हुँदैनन्। पूजाआजामा प्रयोग गर्न र मन्दिरमा लैजान मात्रै अरु बेला फूल प्रयोग हुन्छ। तर तिहारमा भने घरघरमा मालाका लागि सयपत्री फूल प्रयोग हुन्छ।