काठमाडौं-नेपाल विद्युत प्राधिकरणले डेढ महिनाभित्र ‘विद्युत व्यापार कम्पनी' खोल्ने गरी प्रक्रिया अगाडि बढाएको छ। निजी क्षेत्रका कम्पनीबाट बिजुली किनेर प्राधिकरण र बाँकी भारतमा निर्यात गर्ने गरी कम्पनीको खोल्ने प्रक्रिया सुरु गरेको हो।नेपाल र भारतबीच भर्खरै विद्युत व्यापार सम्झौता (पिटिए) भइसकेको छ। ‘पिटिएले भारतीय बिजुली बजारमा प्रवेश गर्ने बाटो खोलिदिएको छ, अब बिजुलीको प्रतिस्पर्धी बजार खोज्न व्यापार कम्पनी अपरिहार्य छ,' प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक हितेन्द्रदेव शाक्यले भने।
कम्पनी खोल्न प्रारम्भिक तयारी गरी विस्तृत छलफलका लागि सञ्चालक समितिमा पठाइएको शाक्यले नागरिकलाई बताए। उनका अनुसार सुरुमा प्राधिकरणको पूर्ण स्वामित्वमा कम्पनी खुल्नेछ, त्यसपछि आवश्यकताका आधारमा रणनीतिक साझेदार भिœयाइनेछ।
कम्पनी खोल्न निजी क्षेत्रलाई समेत आग्रह गरिएको जनाउँदै शाक्यले भने, ‘निजी क्षेत्रसँग अहिले नै कम्पनी खोल्ने क्षमता देखिएन, उनीहरुसँग अनुभव पनि छैन, त्यसैले कोही पनि सक्रिया भएर आएका छैनन्।' व्यापार कम्पनी खोल्ने र प्रस्तावित प्रसारण, ग्रिड कम्पनीले प्रसारण शुल्क (ह्विलिङ चार्ज) छिटो निर्धारण गर्नुपर्ने प्राधिकरण अधिकारी बताउँछन्।
प्रस्तावित कम्पनीले नेपाली र आवश्यक पर्दा भारतीय निजी क्षेत्रबाट बिजुली किन्छ। आवश्यक परेको बिजुली प्राधिकरणलाई बेची बाँकी भारतमै बेच्ने प्ररम्भिक योजना पनि बनाइएको छ। तत्काल कति रकमको कम्पनी खोल्ने भन्नेबारे निर्क्योल नभइसकेको निर्देशक शाक्यले बताए। सञ्चालक समितिमा विस्तृत छलफल गरी आवश्यक परे सुझावका लागि ऊर्जा मन्त्रालय पठाइने प्राधिकरणले जनाएको छ।
अर्थ मन्त्रालयले हालै ऊर्जालाई प्रसारण ग्रिड कम्पनी खोल्न सैद्धान्तिक सहमति दिएको छ। यो कम्पनीले ह्विलिङ चार्ज छिटो निर्धारण गरिदिनुपर्नेमा समेत प्राधिकरण उच्च अधिकारीको जोड छ। एक उच्च अधिकारीले भने, ‘पिटिए गरेर मात्रै यसको औचित्य पूरा हुँदैन, बेच्नका लागि बिजुली चाहियो र यो बेच्ने निकाय वा कम्पनी पनि सँगसँगै स्थापना गर्न सके पिटिए प्रभावकारी कार्यान्वयन हुन्छ।'
जलविद्युत आयोजनाको लागत, सञ्चालन तथा सम्भार खर्च, उसले कमाउने नाफा–घाटाका आधारमा आयोजनाबाट कति ह्विलिङ चार्ज लिने भन्नेबारे पनि आन्तरिक छलफल भइरहेको शाक्यको भनाइ छ। तर, प्रसारण कम्पनीले ह्विलिङ चार्ज निर्धारण नगर्दासम्म निश्चित दर कायम गरी काम अगाडि बढाउनेबारे पनि गृहकार्य भइरहेको प्राधिकरणका केही इन्जिनियर बताउँछन्। यसबारे ऊर्जा मन्त्रालयमा समेत छलफल भइरहेको छ।
कम्पनी खोल्ने प्रस्ताव सञ्चालक समितिबाट पास भएपछि व्यापारिक मोडल बन्ने र यसपछि कम्पनी दर्ता प्रक्रियामा जाने व्यापार विभागले जानकारी दिएको छ। विद्युत व्यापार कम्पनीमा साझेदार बन्न अहिले नै भारतको विद्युत व्यापार कर्पोरेसन (पिटिसी) ले चासो देखाएको छ।
पिटिसीलाई नेपालमा सम्पर्क कार्यालय राखेर व्यापारिक कारोबार गर्न सुझाए पनि उसले प्राधिकरणसँग साझेदारीमा मात्र यहाँ बिजुली किनबेच गर्न सकिने प्रतिक्रिया दिएको छ। ‘हामीसँग मिलेर काम गर्दा उसलाई बढी जोखिम नहुने हुँदा उसले सहकार्य गर्न जोड दिएको छ,' विद्युत व्यापार विभागका इन्जिनियर प्रबल अधिकारीले बताए।
सरकारले तोकिएको समयमै भारतसँग पिटिए गरेकाले अब बिजुली खरिद बिक्री गर्ने संयन्त्र वा निकाय तत्काल खडा गर्नुपर्ने प्राधिकरणको जोड छ। बिजुलीको सम्भावित बजार सुनिश्चित भइसकेपछि प्राधिकरणले पनि विद्युत खरिद सम्झौता (पिपिए) सहज रुपमा अगाडि बढाउन सक्ने इन्जिनियर अधिकारीको भनाइ छ। व्यापार कम्पनी खोलेपछि यसको नियमक निकाय पनि सरकारले तोक्नुपर्नेमा उनको जोड छ।
अझै चार/पाँच वर्षसम्म हिउँदका लागि नेपाललाई बिजुली आवश्यक पर्छ। आवश्यक बिजुली किन्न र बर्खामा बढी भएको बिजुली भारत बेच्नसमेत व्यापार कम्पनीको विकल्प नरहेको प्राधिकरण अधिकारीको तर्क छ। बिजुली किनबेच त अहिले प्राधिकरण आफैंले पनि गरिरहेको छ तर अब यो एउटा छुट्टै क्षेत्र भइसक्यो, यसको किनबेच गर्न कम्पनी चाहिन्छ।
भारतीय बजारमा हरेक १५ मिनेटमा बिजुलीको मूल्यमा उतारचढाव आउँछ। यही गतिमा प्राधिकरणले कुनै भारतीय कम्पनीसँग समन्जस्यता कायम गर्न सक्दैन। बिजुली किनबेच गर्ने कम्पनीले मात्रै यस्तो काम गर्न सक्छ, यसैले पनि छिटो कम्पनी खोल्न सञ्चालक समितिले पारित गर्नुपर्ने र आवश्यक परे मन्त्रालयले सहयोग गर्ने ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन्।
प्राधिकरणले भारतको खुद्रा बिजुली बजारमा प्रवेशका लागि पनि त्यहाँका सरकारी निकायसँग छलफल गरिरहेको छ। खुद्रा बजारबाट बिजुली किन्न र तत्काल बेच्न पनि यहाँ व्यापार कम्पनी आवश्यक पर्छ। भारतमा पिटिसीलगायत, रिलायन्स, टाटा लगायतका कम्पनीले बिजुली किनबेचको कारोबार गर्दै आएका छन्। पिटिसीले भारतीय बिजुली बजारमा करिब ८० प्रतिशत हिस्सा ओगट्छ।
बिजुलीको बजार सुनिश्चित नभएको भन्दै प्राधिकरणले २५ मेगावाट ठूला आयोजनाको पिपिए औपचारिकरुपमा रोकेको छ। २५ मेगावाट साना आयोजनाको पिपिए पनि आयोजना छनोट गरेर गरेको छ। ठूला आयोजनाको हकमा हिउँदको बिजुली किन्ने सर्तमा मात्र पिपिए गर्न तयार रहेको बताउँदै आएको छ। पिपिए नहुँदा आयोजनामा लगानी जुटाउन गाह्रो भएको भन्दै निजी क्षेत्रले प्राधिकरणलाई रोकिएको प्रक्रिया खुलाइदिन आग्रह गर्दै आएका छन्।