काठमाडौं—मुलुकको उड्डयन क्षेत्रमा पहिलो पटक सबैभन्दा ठूलो विदेशी लगानीमा स्थापित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले केही साताभित्रै उडान सञ्चालन गर्ने गरी काम अगाडि बढाएको छ।चीनको स्वशासित क्षेत्र तिब्बतको तिब्बत एयरलाइन्स लिमिटेड तथा नेपालका एचआइएफ एभिएसन इन्भेस्टमेन्ट कम्पनी प्रालि र यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालिको संयुक्त लगानीमा स्थापित हिमालय एयरलाइन्सले केही साताभित्रै उडान सुरुवात गर्ने जानकारी दिएको हो।
'नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) पाउने तयारीमा छौं। केही साताभित्रै एओसी प्राप्त हुन्छ,' हिमालयको एक नेपाली लगानीकर्ता कम्पनी एचआइएफ एभिएसन इन्भेस्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाँडेले भने, 'एओसी पाउनासाथ उडान सुरु गरिहाल्छौं ।'
चीनको स्वशासित क्षेत्र तिब्बतका अध्यक्ष (गभर्नर) लुओ साङ जिङ सुङको नेपाल भ्रमणका अवसरमा हिमालयले मंगलबार आयोजना गरेको रात्रिभोजमा पाँडेले संयुक्त लगानीमा स्थापना भएको हिमालयले नेपाल, चीन र तिब्बतको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
उडान सञ्चालनपछि चिनियाँ पर्यटकको नेपाल आगमन उल्लेख्य दरमा बढ्ने आशा उनले व्यक्त गरे। सन् २००२ मा चीनले तयार पारेको आफ्ना नागरिकले भ्रमण गर्ने संसारका १० उत्कृष्ट गन्तव्यको सूचीमा नेपाल पनि परेको थियो। त्यसयता चिनियाँ पर्यटक आगमन वृद्धि भइरहेको पाँडेले बताए । 'बढीभन्दा बढी चिनियाँ पर्यटक नेपाल ल्याउने हाम्रो लक्ष्य हो,' उनले भने।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत वू चुन्ताईले दुई देशबीचको सदियौं लामो सम्बन्धमा हिमालय एयरलाइन्स स्थापनापछि नयाँ उचाइ र आयाम थपिएको धारणा राखे। यसबाट द्विपक्षीय पर्यटन प्रवर्द्धन, विकास र विस्तारमा पनि उल्लेख्य योगदान पुग्ने उनको भनाइ थियो।
'नेपाल र तिब्बतबीचको यो व्यावसायिक सहकार्यलाई चीन सरकारको पूर्ण समर्थन छ,' उनले भने, 'हाम्रो तर्फबाट गर्नुपर्ने सबै सहयोग उपलब्ध हुने विश्वास दिलाउन चाहन्छु ।'
अर्थ मन्त्री रामशरण महतले चीन नेपालको प्रमुख विकास साझेदार रहेको र हाल पर्यटन, जलविद्युत, पूर्वाधारलगायत क्षेत्रमा उताबाट उल्लेख्य सहयोग प्राप्त भइरहेको जानकारी दिए।
'नेपालको हवाई उद्योगमा हिमालय एयरलाइन्स पहिलो र ठूलो विदेशी लगानी हो,' महतले भने, 'यो सञ्चालनमा आएपछि चिनियाँ पर्यटकको नेपाल आगमन वृद्धि हुने विश्वास छ, जसबाट हाम्रो अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने विश्वास छ ।'
तिब्बत स्वशासित क्षेत्रका अध्यक्ष (गभर्नर) जिङ सुङले संयुक्त लगानीबाट दुई देशको सम्बन्धले थप उचाइ लिएको धारणा राखे । 'नेपाल र चीनको उड्डयन क्षेत्रमा हिमालय एयरलाइन्स कोसेढुंगो साबित हुने विश्वास छ,' उनले भने, 'तिब्बत एयरलाइन्समा एयर चाइनाका ३० प्रतिशत लगानी रहेकाले हिमालयलाई एयर चाइनाको पनि पूर्ण समर्थन छ ।'
हिमालय २ अर्ब २५ करोड रुपैयाँ लगानीमा स्थापना भएको वायुसेवा कम्पनी हो । यसमा तिब्बत एयरलाइन्सको ४९ प्रतिशत तथा नेपाली कम्पनीको ५१ प्रतिशत लगानी छ ।