झापा-खेतीपातीमा उत्पादन बढ्दा किसानको खुसी चुलिनुपर्ने हो। मेहनत खेर नजाँदा उनीहरु रमाउनु पर्ने हो। तर झापाका चिया किसानका लागि यसपटक उत्पादन बढ्नु नै अभिशाप सिद्ध भएको छ। बगानभरि हरियोपत्ती लहलहाउँदा पनि उनीहरु हाँस्न सकेका छैनन्। बिक्री नै नभएर उत्पादन खेर जान थालेपछि किसान रुनु न हाँस्नुको अवस्थामा छन्।उद्योगीले हरियोपत्ती खरिद गर्न बन्द गरेपछि झापाका साना चिया किसानको उत्पादन बगानमै सड्न थालेको छ। सधैंभन्दा अत्यधिक उत्पादन भए पनि बिक्री हुन नसक्दा किसानले त्यसको फाइदा उठाउन पाएनन्।
पाँच वर्षयताकै उच्च उत्पादन भएको चियाको हरियोपत्तीको ‘कोटा' पुगेको भन्दै उद्योगीले दसैंयता किसानको उत्पादन लिन छाडेका छन्। उद्योगले किन्न छाडेपछि झापामा चियाको हरियोपत्ती फालाफाल छ। ‘अरु वर्ष उत्पादन हुनै नसकेर मारमा परियो,' जलथल–२ मा बगान रहेका किसान गोपाल गिरीले भने ‘यसपटक चाहिँ उत्पादन अधिक भयो, बिक्री गर्न पाइएन। अहिले कतै कतै दुई रुपैयाँ केजीमा बिक्री हुन्छ भन्ने सुनिएको छ।'
लागत खर्च समेत नउठ्ने मूल्यका कारण धेरै किसानले हरियोपत्ती बगानमै सड्न दिएका छन्। ‘बगानभरि हरियोपत्ती खेर गएको हेरेर मुटु मिचेर बसिएको छ,' गिरीले थपे, ‘जताबाट पनि मारमा चाहिँ हामी किसान नै परिने भो।'
अघिल्लो वर्षसम्म कहिले अत्यधिक वर्षा र कहिले लामो खडेरीले झापाका चिया बगानमा उत्पादन सन्तोषजनक भएन। यसपटक न लामो खडेरी न त अधिक वर्षा जस्तो अवस्थाले चियालाई मौसमी अनुकूलता उपलब्ध भयो। यही अनुकूलताका कारण बगानमा हरियोपत्तीको उत्पादन अनपेक्षित रुपमा बढेको थियो। तर, दसैं बिदाअघिसम्मको उत्पादन मात्रै किसानले कारखानामा बेच्न भ्याए। त्यसपछि ‘कोटा' पूरा भएको भन्दै उद्योगले पत्ती किन्नै छाडे। ‘दसैंयताको उत्पादन कतै बिक्री भएन,' मेचीनगर–८ का किसान डम्बर बरालले भने, ‘पत्ती बगानमा सडिएर गइरहेको छ। उत्पादन अझै जारी छ। बिक्री नै नभएपछि त्यसको के काम र?'
झापाको १६ हजार ७ सय १८ हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ। जिल्लामा वार्षिक रुपमा सरदर साढे ६ करोड केजी हरियोपत्ती उत्पादन हुन्छ । यसपटक यो परिमाणभन्दा धेरै उत्पादन भएको जानकार बताउँछन्। फागुनदेखि सुरु हुने हरियोपत्तीको सिजन मंसिर दोस्रो सातासम्म जारी हुन्छ। अघिल्ला वर्षमा सिजनको अन्त्यसम्मकै उत्पादन किसानले बेच्न पाउँथे। यसपटक डेढ महिनाअघिदेखि नै बगानमै उत्पादन सड्ने अवस्थाले उनीहरुलाई पीडित बनाएको छ।
जिल्लामा साना र मझौला गरी ४ हजारभन्दा बढी किसान छन्। आफ्नै कारखाना र बगान भएका उद्योगीको संख्या दुई दर्जनभन्दा बढी छ। उद्योगीहरु आफ्नै बगानको उत्पादनसमेत खेर गएको बताइरहेका छन्। ‘किसानको मात्रै होइन, हाम्रो आफ्नै बगानको उत्पादन पनि खेर गइरहेको छ,' उद्योगी रमेशप्रसाद पौडेलले भने, ‘चाहिनेभन्दा धेरै उत्पादन भएपछि फालाफालको अवस्था आएको हो।' उनले दसैं बिदादेखि मजदुरले काम नगरेका कारण पनि उत्पादन खेर गएको बताए। ‘राम्रो उत्पादन हुने बेलामा चाडपर्वको बिदा पर्योग, समय घर्केपछि पत्ती छिप्पिएर पात भयो,' उनले उत्पादन किन्न छाड्नुको कारण बताए, ‘कारखानामा आउने चियामा गुणस्तर पनि भएन। त्यसैले अप्रिय निर्णय लिन बाध्य भयौं।'
बढी उत्पादन र भनेको बेला मजदुर उपलब्ध नभएका कारणले मात्रै होइन, यसपटक चिया किसान आन्दोलनका कारण पनि मारमै परे। उद्योगी, किसान र मजदुरबीचको लेनदेन विवादको लामो द्वन्द्वको निरन्तरताका रुपमा आएको समस्याले गएको वैशाख–जेठमा बगानहरु लगातार २७ दिन ठप्प रहे। सबैभन्दा राम्रो उत्पादन हुने र उच्च मूल्य पनि पाइने समयमा एक महिनासम्म बगान ठप्प हुँदा पनि किसानको उत्पादन खेरै गएको थियो। आन्दोलनमा किसान पनि थिए।
भारतीय बजारलाई आधार मानेर मूल्य तोकिनुपर्ने उनीहरुको मुख्य माग थियो। सोहीअनुसार हाल विघटित चिया तथा कफी विकास बोर्डको नेतृत्वमा भारतीय बजारका आधारमा मूल्य पनि निर्धारण भयो। किसानले अधिकतम प्रतिकेजी २५ देखि २८ रुपैयाँसम्म हरियोपत्तीको मूल्य पाए। तर उत्पादन रोकिनुभन्दा धेरै अघिदेखि नै बिक्री नहुँदा किसान लगानी खेर गएको टुलुटुलु हेर्न विवश बनेका हुन्। ‘उत्पादन थोरै हुँदा त यसै मारमा परियो,' किसानको दुखेसो छ, ‘उत्पादन बढ्दा त बेच्न पाइयोस् न। त्यो पनि पाइएन। सरकारले पनि कुनै सहयोग गरेन।'