काठमाडौं— नेपाल पर्यटन बोर्डको कार्यकारी समितिले कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुभाष निरौलालाई निलम्बन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बोर्ड कार्यकारी समितिका अध्यक्ष तथा पर्यटन सचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले निरौलालाई निलम्बन गरेको हो।
बैठकले बोर्डकै वरिष्ठ निर्देशक नन्दिनीलाहे थापालाई निमित्त सिइओ नियुक्त गरेको छ । सँगसँगै बोर्ड कार्यकारी समितिको सदस्य सचिवमा अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकाललाई नियुक्त गरेको छ ।
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले कात्तिक ५ गते निरौलालाई कात्तिक ९ भित्र निलम्बन गर्न सरकारलाई निर्देशन दिएको थियो । त्यसको चौथो दिनमा बोर्ड कार्यकारी समितिले निरौलालाई निलम्बन गरेको हो ।
लेखा समितिले निरौला कामु सिइओ भएयता 'करिब एक अर्ब रुपैयाँबराबरको अनियमिततामा संलग्न रहेको' भन्दै निलम्बन गरी कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।
उता निरौलाले भने लेखा समितिको निर्देशन लगत्तै पत्रकार सम्मेलन गरी लेखा समितिको निर्देशन अवज्ञा गर्ने बताएका थिए।
यो पनि पढ्नुहोस्