काठमाडौं-लगानी बोर्डले दक्षिण एसियाली सार्क शिखर सम्मेलनकै अवसरमा नौ सय मेगावाटको अरुण–३ को आयोजना विकास सम्झौता (पिडिए) टुंग्याउने तयारी गरेको छ।आयोजनाको भारतीय प्रवर्द्धक कम्पनी सतलज जलविद्युत निगमसँग बोर्डले शिखर सम्मेलनका क्रममा नेपाल आउने तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा पिडिए हस्ताक्षर गर्ने तयारी गरेको हो।
बोर्डले पिडिए वार्ता टुंग्याउने गरी सतलजसँग यही कात्तिक १८ गतेदेखि छलफलको तयारी गरेको छ। नौ सय मेगावाटको माथिल्लो कर्णालीको पिडिए भइसकेकाले यसैका आधारमा अरुणको प्रवर्द्धकसँग पनि सम्झौता हुने ऊर्जा मन्त्रालय नीति महाशाखा प्रमुख तथा पिडिए समितिका सदस्य केशवध्वज अधिकारीले बताए।
‘कम्पनीले के–के सुविधा दिने र हामीले के लिने भन्ने विषय वार्तामा बसेपछि टुंगो लाग्छ तर माथिल्लो कर्णालीमा जस्तो अरुणमा वार्ता लम्बिदैन,' अधिकारीले भने, ‘तयारी पूरा भए मोदी भ्रमणकै क्रममा हस्ताक्षर हुन सक्छ।' सतलज भारतको सरकारी कम्पनी भएकाले सुविधा लिनेदिने विषयमा कर्मचारीतन्त्रको अडान हुन सक्ने पनि उनले बताए।
मंसिर १० र ११ गते काठमाडौंमा दक्षिण एसियाली सार्क शिखर सम्मेलन हुँदैछ। यही अवसरमा पिडिए सम्झौता टुंग्याउने गरी काम भइरहेको बोर्ड अधिकारी बताउँछन्। भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणकै क्रममा हस्ताक्षर गर्ने गरी काम भइरहेको छ तर सतलजतर्फ कतिको तयारी छ,' बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले भने।
बोर्डले असोज अन्तिम साता सतलजलाई पिडिएको प्रारम्भिक मस्यौदा पठाउँदै वार्ता गर्न आह्वान गरेको थियो। पिडिएको ढाँचा बनिसकेकाले सार्क सम्मेलनमा मोदी आउँदा नै सम्झौता हुनेमा आफू विश्वस्त रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत पन्तले ठोकुवा गरे।
सतलजले समेत छिटो सम्झौता होस् भन्ने चाहेको छ,' पन्तले भने, ‘अब सतलजसँग मात्रै होइन अन्य कुनै पनि आयोजनासँग सम्झौता गर्न समय लाग्दैन, अरुणका विषयमा लामो छलफल गरिरहनु पर्दैन।'
बोर्डले पिडिए छिटो टुंग्याउन सतलज र आयोजना निर्माणस्थलका स्थानीयसँग एकसाथ छलफल अगाडि बढाएको छ। बोर्डले यसै साता आयोजना प्रभावित क्षेत्र संखुवासभामा पुगेर स्थानीयको माग र गुनासोबारे अन्तर्क्रिया पूरा गरेको जानकारी दिएको छ। अरुण सरोकार मञ्च र अरुण सहयोग समूहबीच अन्तर्क्रिया भएको जनाउँदै बोर्डका उप–सचिव खगेन्द्रप्रसाद रिजाले मञ्चका केही व्यक्तिले आयोजना बनाउन नहुने टिप्पणी गरेको बताए।
रिजालका अनुसार स्थानीयस्तरमा निःशुल्क बिजुली उपलब्ध हुनुपर्ने, ग्रामीण विद्युतीकरण हुनुपर्ने, उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, स्थानीयलाई सेयर दिनुपर्ने लगायत माग राखेका छन्। स्थानीयको हितअनुकुल पुनर्बास र पुनर्स्थापना गरेर आयोजना बन्नुपर्नेमा अधिकांश स्थानीयको जोड रहेको उनले बताए।
सतलजले आयोजनास्थलको सामाजिक तथा वातावरणीय अध्ययन नगरेकाले यो संशोधन गर्नुपर्नेमा स्थानीयको जोड छ। उनीहरुका अनुसार आयोजनाबाट स्थानीयमा पर्ने प्रभावको विस्तृत अध्ययन नगरी सतलजले बदमासी गरेको छ।
स्थानीयस्तरमा बन्ने सडक, खानेपानी, स्वास्थ्य तथा शिक्षाका लागि कम्पनीले गर्नुपर्ने कामबारे विस्तृत अध्ययन नभएको पनि स्थानीयको गुनासो छ। आयोजनाबाट संखुवासभाको मकालु, नुम, पाथीभरा, दिदिङ, पवाखोला, पाथिभरा, याफू गाविस बढी प्रभावित हुने अध्ययनले देखाएको छ।
भारतीय प्रधानमन्त्री मोदी साउन १८ गते पहिलोपल्ट नेपाल भ्रमणमा आउँदा सतलजसँग उक्त आयोजना सरकारले नै लिएर भारतीय अनुदानमा बनाउन प्रस्ताव गर्ने तयारी भएको थियो। तर, अनुदानमा बनाउने आयोजना प्रस्ताव गर्न नपरेपछि सतलजले आयोजना बनाउने र उसैसँग पिडिए गर्ने प्रक्रिया अगाडि बढाइएको हो। उक्त कम्पनी भारत सरकारको पूर्ण स्वामित्वमा छ।
संखुवासभामा अरुण तेस्रो बनाउनेबारे सतलजसँग २०६५ फागुन १९ गते सम्झौता हुँदा सरकार (नेपाल विद्युत प्राधिकरण) लाई कुल जडित क्षमताको २१.९ प्रतिशत (१९७ मेगावाट) बिजुली निःशुल्क दिने सम्झदारी भएको छ। उसबेला ४ सय २ मेगावाटमा बनाउने समझदारी भए पनि पछि कम्पनीले प्राकृतिक स्रोतको उच्चतम उपयोग गर्नुपर्ने भन्दै क्षमता बढाएर नौ सय मेगावाट पुर्यालएको थियो।
कम्पनीले बिजुली उत्पादन सुरु भएको वर्षदेखि जडित क्षमता र ऊर्जा दुवैमा निःशुल्क बिजुली दिनुपर्नेछ। उत्पादित बिजुली भारत निर्यात हुने हुँदा बिजुली बिक्रीबाट निर्यात कर र रोयल्टीसमेत सरकारलाई प्राप्त हुनेछ। जलविद्युत नीति, २०५८ अनुसार सतलजले कुल आम्दानीको साढे ७ प्रतिशत रोयल्टी र ०.००५ प्रतिशत निर्यात कर सरकारलाई बुझाउनुपर्छ।
विश्व बैंकको ऋण सहयोगमा २०५२ सालमा प्राधिकरणले नै बनाउन ठेक्का आह्वानसमेत भइसकेको थियो। तर, तत्कालीन सरकारमा रहेको एमालेलगायत सरकारबाहिर रहेका व्यक्ति तथा निकायले विरोध गरेपछि आयोजना रद्द भएको थियो।
आयोजना सन् २०२० मा पूरा हुने लक्ष्यअनुसार सञ्चालन अवधि (२५ वर्ष) मा सरकारलाई ३ सय ६२ अर्ब रुपैयाँ फाइदा हुने अध्ययनले देखाएको छ। उक्त अवधिमा सतलजले बिजुलीको रोयल्टी मात्रै एक सय १६ अर्ब रुपैयाँ तिर्नेछ। आयोजनाका लागि ८२.१३ हेक्टर निजी र ९८.१९ हेक्टर सरकारी जमिन अधिग्रहण गर्नुपर्नेछ। यस्तै आयोजनाबाट दुई सय तीन घरधुरी प्रभावित हुनेछन्।