सुन्तला उत्पादनमा भारी गिरावट
१५ कार्तिक २०७१
•
५ मिनेट पाठ
सुन्तला उत्पादनमा भारी गिरावट
सलकपुर (इलाम- 'सुन्तला गाउँ’ का नामले चर्चित बनेको दक्षिण इलामको सलकपुरमा यसपटक सुन्तलाका आधाभन्दा बढी बोट रित्तै छन्। सधैं यसबेला सुन्तलाले लटरम्मै ढाकेर नुहिने बोटहरु खङ्ग्रङ छन्। आम्दानीको मुख्य स्रोतको यो हालतले यहाँका धेरै किसानको ओठमुख सुकाएको छ।




‘पोहोरको साल सिंगै बगान डेढ लाखमा बेचेको थिएँ,' जिर्मले २ सलकपुरकालाखमान तामाङले भने, ‘यसपालि धिकतर बोट रित्तै छन्। त्यसैले आधा दाम पनि नपाइने भो।’ गएको वैशाख १८ मा परेको भीषण असिनापानीले चिचिला लाग्दै गरेका सुन्तलामा ठूलो क्षति गरेको स्थानीयबासी बताउँछन्। असिनाकै क्षतिले गाउँमा ५० देखि ७० प्रतिशतसम्म उत्पादन घटेको उनीहरुको भनाइ छ। यसले हरेक किसानलाई निरास बनाएको छ।
काँकडभिट्टास्थित पूर्व-पश्चिम राजमार्गबाट २५ किलोमिटर उत्तरको ढुग्यौलो बाटो पार गरेपछि पुगिने सलकपुर सुन्तलाकै कारण चर्चित ठाउँ हो। वि.सं २००० देखि सुरु भएको यहाँको सुन्तला उत्पादनले पछिल्लो डेढ तीन दशकमा सयौं किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। जिर्मले गाविसमा पर्ने यो ठाउँका १, २ र ३ नम्बर वडाका तीन सयभन्दा बढी घरपरिवार पूर्णतः सुन्तला खेतीमै आश्रित छन्। कम्तीमा ५० देखि २ सय बोटसम्म सुन्तला खेती गर्ने किसानहरु यसपटक उत्पादन स्वात्तै घट्दा चिन्तित छन्।
‘कसै-कसैको बगानमा ३० देखि ४० प्रतिशत सुन्तला जोगिए,' अर्का किसान कुमार मोक्तान भन्छन्, ‘तर, धेरैको सखाप पनि भएको छ। असिनाले यत्ति ठूलो क्षति गरेको यसअघि कहिल्यै थाहा थिएन।’ सुन्तला किसानको हितका निम्ति सक्रियसमेत रहेका मोक्तानका अनुसार अहिलेसम्म हरेक वर्ष डेढ करोडदेखि २ करोड रुपैयाँसम्मको सुन्तला सलकपुरबाट बाहिरिने गरेको थियो। तर, यसपटक मुस्किलले ८० देखि ९० लाख जतिको उत्पादन बिक्री हुने उनको अनुमान छ।
‘यो अकल्पनीय क्षति हो’, उनले थपे ‘किसानको यो मर्का सरकारले बुझे हुन्थ्यो भनेर धेरै पहल गरियो। अहिलेसम्म कुनै जवाफ आएन।’ स्थानीयबासीका अनुसार सुन्तला हुनेहरुका लागि मात्रै होइन, यो फलले एकै बोट नहुनेलाई पनि आर्थिक सहायताको आधारका रुपमा सघाउँदै आएको छ। 
मंसिर लागेपछि नेपालका तराई क्षेत्र र छिमेकी भारतीय सहरबाट सुन्तलाबारी घुम्न आउने पर्यटक सबैको कमाई हुने आधार हुँदै आएका छन्। यहाँ हिउँदमा सुन्तलाबारी तथा यो ठाउँको प्राकृतिक सम्पदा नियाल्न पाँच हजारभन्दा बढी पर्यटक आउने गरेका छन्। ‘सुन्तलाबारी घुम्न आउनेहरुले सागसब्जी किनेर लान्छन्, गाइलाई खोले खुवाउने फर्सी पनि राम्रो दाममा जान्छ,' पूर्व शिक्षक दलबहादुर मोक्तान भन्छन्, ‘यसले सिंगै गाउँ लाभान्वित भएको छ।’
यो ठाउँ सुन्तलाका अलावा सागसब्जी, अकबरे खुर्सानी, उत्पादनमा पनि अग्रणी छ। अलैंची यहाँ थपिएको नयाँ व्यवसायिक खेती हो। तर, अलैंचीमा आश्रित किसानको संख्याभन्दा सुन्तला उत्पादकहरु कयौं गुणा बढी छन्। यसपालि पर्यटक आउने बेला सुरु हुनै लागेको छ। तर, सुन्तलाबारी भने धेरै हदमा रित्तै छन्। यसले ग्रामीण पर्यटनको आकर्षण घटाउने चिन्ता उनीहरुलाई छ। तर, ग्रामीण पर्यटनका जानकारहरुले चाहिँ निराश नभइ पर्यटन प्रबर्द्धनमा लाग्न स्थानीयलाई सुझाव दिएका छन्। ‘आत्तिनुपर्ने केही छैन,' नेपालदेखि घुटान सीमासम्म ग्रामीण पर्यटन प्रबर्द्धनको अभियान चलाइरहेका भारतीय अभियन्ता डा. राज बसुले शनिबार गाउँले माझ भने, ‘तपाइँहरुको सुन्तलाले युरोप अमेरिकी पर्यटक तान्ने शक्ति राख्छ। केवल बजारीकरणको आवश्यकता छ। त्यो असम्भव छैन।’ उनले गाउँमा होमस्टेको सेवा सुरु गरेर पर्यटकलाई केही दिन घुम्ने अवस्था बनाउन गाउँलेलाई सुझाव पनि दिए।
अर्को समाचार
म्याग्दीका किसानलाई सुन्तलामा घाटा
०८ माघ २०७७
•
२ मिनेट पाठ
म्याग्दीका किसानलाई सुन्तलामा घाटा
म्याग्दीको बेनी नगरपालिका–४, बास्कुनामा उत्पादित सुन्तला । तस्बिरः हरिकृष्ण गौतम÷नागरिक
म्याग्दीमा यो वर्ष सुन्तला उत्पादनमा भारी गिरावट आएको छ । टिप्ने बेला भएको सुन्तलाको दानामा सिट्रस फुडफ्लाई (औंसा) नामक किराको प्रकोपले नोक्सानी गर्दा  जिल्लाभर सुन्तलाको उत्पादनमा कमी आएको किसानले बताएका छन् ।  




यो पटक किराकै कारण करिब ७ सय २० टन सुन्तलाका दाना खेर गएको कृषि ज्ञान केन्द्रको अनुमान छ । किराको प्रकोपका कारण ३ करोड रुपैयाँ भन्दा बढी नोक्सानी भएको केन्द्रले बताएको छ । सुन्तलाको पकेट क्षेत्र मानिने जिल्लाका करिब एकदर्जन गाउँमा सुन्तलाको बोटमा औंसा किरा लागेर फल पहेँलो हुँदै झर्न थालेपछि स्वाद र फलको आकारमा समेत असर गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए ।  

‘सुन्तलाको दाना टिप्ने बेलामा किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ, उनले भने, ‘प्रकोपले बाहिरी बजारमा जाने सुन्तलाको मुल्यमा पनि असर गरेको छ ।’ जिल्लाको ६ वटै स्थानीय तहको ३ हजार ४५ हेक्टर जमिनमा सुन्तला खेती भइरहेकोमा २६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसवर्ष करिब ९ करोड १० लाख रुपैयाँ मुल्य बराबरको सुन्तला उत्पादन भएकोमा ६० देखि ७० प्रतिशत सुन्तला बाहिरी जिल्लामा निर्यात भएको उनले बताए । ‘किराको प्रकोपले सबैतिरका सुन्तलाबारीमा असर गरेको छ, हामीले क्षतीको विवरण संकलन गरी पठाएका छौ,’ पाण्डेले भने ।  

यो पटक म्याग्दीका एकैजना किसानले दुईलाख रुपैयाँसम्मको आम्दानी गुमाएका छन् । म्याग्दीको बेनी नगरपालिकाको भकिम्ली, राखु, मरेक, सिंगाको बास्कुना, सुर्केमेला, थामडाँडा, मंगला गाउँपालिकाको बरंजा, अर्मन, मालिका गाउँपालिकाको ओखरबोट, देविस्थान, बिम र रघुगंगा गाउँपालिकाको बेगखोला, राखु, अन्नपूर्ण गाउँपालिकाको दानाबाट गतबर्ष करिब ११ करोड रुपैयाँको सुन्तला जिल्ला बाहिर निर्यात भएको थियो ।

सुन्तलामा किराको प्रकोपले बाहिरी जिल्लाबाट आउने ब्यापारीले समेत कम मुल्य दिएको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले बताए । सुन्तलाको बोटमा औंसा किरा लागेर पाक्न लागेको सुन्तला झरेपछि स्वाद समेत गुमेको भन्दै कम मुल्यमा बिक्री गर्नुपरेको उनले बताए ।  

‘एकदशक यता कृषकले धेरै क्षती बेर्होनुपरेको अवस्था छ,’ उनले भने, ‘क्षती बराबरको राहतको माग समेत माग गरेका छौ ।’ बगैचामा झरेको सुन्तलाको दानालाई संकलनको आधारमा क्षतिपुर्ती दिनुपर्ने किसानको माग छ । म्याग्दीमा एउटै किसानले ८ लाख रुपैयँसम्मको सुन्तला बिक्री गर्ने गरेका छन् । गतवर्ष बास्कुना–सुर्केमेला र थामडाँडा क्षेत्रबाट मात्रै ४० लाख रुपैयाँको सुन्तला बिक्री भएको थियो ।  

‘ए’ र ‘बि’ ग्रेडको सुन्तलाको मुल्यमा समेत ठेकेदारले किराको प्रकापको बाहनामा कम गरको किसानको गुनासो छ । म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुँदै आएको छ । यसवर्षको क्षतीलाई मध्यनजर गरी पकेट क्षेत्रमा बगैचा विस्तार, सुधार, पुराना बोटको मर्मत, अनुदानलाई प्राथमिकता दिने ज्ञानकेन्द्रले जनाएको छ । 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस