काठमाडौं— प्रभावकारी नियमनको व्यवस्थासहित एलपी ग्यासमा दोहोरो मूल्य लागू गर्ने गरी तयार पारेको कार्यविधिको मस्यौदा नेपाल आयल निगमले आइतबार वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुझाउने भएको छ। निगमले कार्यविधि बुझाएलगत्तै आवश्यक संशोधन गरी आदेश स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दीपक सुवेदीले बताए।सरकारले पेट्रोलियम क्षेत्र सुधारका लागि एकपछि अर्को निर्णय लिँदै गएकाले सिलिन्डरमा दोहोरो मूल्य निर्धारण पनि केही हप्ताभित्रै लागू गरिने निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । 'सुरुमा घरायसी उपभोक्ताले अहिलेकै मूल्यमा ग्यास प्राप्त गर्नेछन्,' उनले भने, 'हामीले व्यावसायिक प्रयोजनका लागि मात्र परल मूल्यमा बिक्री गर्ने हो ।' दोहोरो मूल्य निर्धारणमा सरकार सकारात्मक रहेकाले केही हप्ताभित्रै निर्णय आउन सक्ने उनको भनाइ छ । दोहोरो मूल्य निर्धारणपछि उपभोक्ता नठगिऊन् भनेर अनुगमन र नियमन प्रभावकारी बनाइने उनले बताए ।
'ग्यासमा दोहोरो मूल्य कार्यान्वयन गर्ने निगम र उद्योगी, व्यवसायीले हो,' सुवेदीले भने, 'सोहीअनुसार सहज हुने गरी कार्यविधि पेस गर्न निगमलाई निर्देशन गएको छ ।' प्रस्तावित कार्यविधिअनुसार ७० प्रतिशत घरायसी र ३० प्रतिशत व्यावसायिक खपतको अनुमान गरी दोहोरो मूल्य निर्धारण हुने छ । यस्तो व्यवस्थाले निजी क्षेत्रबाट आउन लागेका नयाँ उद्योगमा गम्भीर असर पर्न सक्ने निजी क्षेत्रको आशंका छ । ग्यास व्यवसायीले रातो सिलिन्डर अभाव देखाई उपभोक्तालाई निलो किन्न लगाउने र रातोबाट निलोमा सजिलै ग्यास भर्न सकिने भएकाले निजी कम्पनी त्यसबाट अप्ठेरोमा पर्न सक्ने उनीहरू बताउँछन् । कार्यविधिमा नियमनको समेत प्रभावकारी व्यवस्थापन गरिने प्रावधान भएकाले निजी क्षेत्रले त्रसित हुनुपर्ने अवस्था नरहेको वाणिज्यका अधिकारीको भनाइ छ ।
ग्यासमा दोहोरो मूल्य सकारात्मक भए पनि त्यसपछि हुन सक्ने अनियमितता कम गर्न नियमन र अनुगमनका लागि विश्वसनीय र दरिलो संयन्त्र आवश्यक हुन्छ । तर कतिपय उद्योगी, व्यवसायीले दोहोरो मूल्यको विकल्पमा घरायसी उपभोक्तालाई निश्चित प्रतिशत अनुदान दिने नीति लिनुपर्ने माग गरेका छन् । त्यसो हुँदा बजारमा मूल्यमा अनावश्यक चलखेल नहुने, निजी क्षेत्रका कम्पनीले पनि अन्य मुलुकबाट एलपी ग्यास आयात गर्न सक्ने र उपभोक्ताले अनावश्यक सञ्चित नगर्ने उनीहरूको भनाइ छ।