काठमाडौं— चाडपर्वको बेलामा ह्वात्तै बढ्ने सहकारीविरुद्धका उजुरी यसपालि भने काम भएका छन् । विगतमा जस्तो दसैंतिहारमा जस्तो उजुरी यसपटक नआएकोे काठमाडौं डिभिजन कार्यालयले जनाएको छ।हरेक दिन एउटा जस्तो सहकारीविरुद्ध पर्ने निवेदन चाडपर्वका बेलामा ह्वात्तै बढ्ने गरेका थिए । 'यसपटक चाड पर्वमा सदाको जस्तो फाट्टफुट्ट मात्र निवेदन परे,' डिभिजन कार्यालयका सहकारी निरीक्षक मनोद केसीले भने, 'पोहोर परारका दसैंतिहारमा कार्यालयमा निवेदन दिनेको भीडभाड नै हुन्थ्यो ।'
केसीका अनुसार हरेक वर्ष दसैं, तिहार, छठ र नयाँ वर्षका बेला उजुरी संख्या अत्यधिक हुने गथ्र्यो । चाडपर्वको बेला सहकारीमा राखेको पैसा ग्राहकले एकैपटक झिक्न खोज्छन् । राम्रोसँग कारोबार नगरेका धेरै सहकारीले ग्राहकले भनेको बेला दिन सक्दैनन् । एकैपटक धेरै ग्राहकले पैसा झिक्न खोज्ने र सहकारीले दिन नसक्दा समस्या आउने गरेको छ ।
पोहोर साल डिभिजन कार्यालयले कडाइका साथ अनुगमन गरेको थियो । त्यही अुनगमनले पनि यसपालि समस्या कम भएको हुन सक्ने केसीले बताए । केसीका अनुसार पोहोर साल काठमाडौं जिल्लाका आधा जति सहकारीमा अनुगमन गरिएको थियो । डिभिजन कार्यालयमा उजुरी परेको आधार र जुनसुकै बेला अनुगमन गर्ने गरेको छ ।
सरकारी छानबिन आयोगले एक सय ३० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ । त्यसरी समस्याग्रस्त घोषण गरेपछि अन्य सहरकारी सुध्रिएको केसीले बताए । पहिला जस्तो घर जग्गामा लगानी कम भएकोले धेरै सहकारीमा समस्या कम भएको हुन सक्ने उनले बताए । केसीको अनुभवमा पछिल्लो समय मुद्दा–मामिलामा अल्झनुभन्दा संस्था र ग्राहकले आफैं मिलाउने गरेका छन् ।
हरेक वर्ष अनुगमन गर्दै आएको डिभिजन कार्यालयले मंसिर पहिलो सातादेखि अनुगमन तीव्र पार्ने केसीले बताए । अनुगमनको बेलामा मापदण्डअनुसार भए–नभएको, पहिले दिएको निर्देशन पालना गरे–नगरेको, सहकारी नियमअनुसार कोष निर्धारण गरे–नगरेको तथा कार्य क्षेत्रमा काम गरे–नगरेको हेरिने केसीले जानकारी गराए ।
काठमाडौंमा स्वीकृत क्षेत्रभन्दा बाहिर निस्केर काम गर्नु लगभग सबै सहकारीको समस्या भएको केसीले बताए । 'काठमाडौंमा सानो क्षेत्रमा घना बस्ती र धेरै वडा भएकाले तोकिएको क्षेत्रभन्दा बाहिर पनि काम गरेको पाइएको छ,' केसीले भने, 'यो काठमाडौंका प्रायः सहरकारीको साझा समस्या हो ।'
त्यस्तै एकै व्यक्तिले धेरै सहरकारीबाट ऋण लिने र त्यस्ता व्यक्तिबाट संस्था ठगिने क्रम बढेको पाइएको छ । धेरै सहरकारीले एकै व्यक्तिमा लगानी गर्नु अस्वस्थ प्रतिस्पर्धा भएको केसीले बताए ।
गत वर्ष मापदण्डविपरीत काम गर्ने १९ सहरकारी खारेजीमा परेका थिए । नियमित रुपमा दुई वर्षसम्म तोकिएअनुसारको प्रतिवेदन पेस नगर्ने सहकारी खारेजीमा पर्ने केसीले बताए ।
केसीका अनुसार चाडपर्वबाहेक अरु बेला दिनको एउटाका दरले सहरकारीविरुद्ध उजुरी पर्ने गरेका छन् । डिभिजन कार्यालयमा खासगरी चार प्रकारका निवेदन पर्छन् । सेयर रकम फिर्ता नपाएको, बचत फिर्ता नपाएको, ब्याजदर हर्जना बढी लिएको र लिलामी सम्बन्धमा धेरै निवेदन पर्ने गरेका छन् ।
देशभरका सहकारी व्यवस्थापनको लागि ३३ वटा डिभिजन कार्यालय र पाँच प्रशिक्षण केन्द्र छन् । अहिले देशभर ३० हजारभन्दा धेरै सहकारी छन् । यिनले तीन खर्ब ५० अर्ब रुपैयाँ बराबर कारोबार गर्छन् । त्यसमध्ये बचत तथा ऋण सहकारी संस्था १६ हजार दर्ता भएको र १३ हजार सञ्चालनमा रहेको तथ्यांक छ । सरकारले समस्याग्रस्त घोषणा गरेका एक सय ३० वटा सहकारीमा ११ अर्ब रुपैयाँ डुबेको सरकारी तथ्यांक छ ।
सहकारीमा समस्या बढ्दै गएपछि महानगर, नगरपालिका र सोसँग जोडिएका गाविसमा बचत तथा ऋण कारोबार गर्ने सहकारी दर्ता २०७० जेठदेखि रोकिएको छ ।