रेल सञ्चालनको बाटो खुल्यो
१९ मंसिर २०७८
•
३ मिनेट पाठ
रेल सञ्चालनको बाटो खुल्यो
कानुन र बजेट अभावमा १४ महिनादेखि थन्किएको जयनगर–जनकपुर–कुर्था रेल सञ्चालन गर्ने बाटो खुलेको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडले कानुन अभाव र बजेट अभाव देखाउँदै रेल सञ्चालन गर्न नसकिने बताउँदे आएको थियो।




यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर १५ गते रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन्। अर्काेतर्फ अर्थ मन्त्रालयले रेल्वे कम्पनीको मौज्दात खातामा रहेको रकम खर्च गर्ने बाटो खोलेसँगै अब छिट्टै रेल सञ्चालन हुने आशा पलाएको छ। अध्यादेशले कानुनी बाधा अड्चन फुकाएको र अर्थमन्त्रीले कम्पनीको मौज्दात खातामा रहेको रकम खर्च गर्ने अख्तियारी दिएसँगै रेल सञ्चाल गर्ने मुख्य दुई अवरोध हटेको हो।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल्वेसम्बन्धी अध्यादेश जारी भएसँगै रेल सञ्चालन गर्ने कानुनी अड्चन केही समयको लागि अन्त्य भएको बताए। ‘गत मंसिर १५ गते राष्ट्रपतिज्यूले रेल्वेसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ,’ उनले भने, ‘अर्थ मन्त्रायलले पनि कम्पनीको खातामा मौज्दात रहेको रकम खर्च गर्न सक्ने अख्तियारी दिइसकेको छ।’ महाप्रबन्धक झाले कम्पनीलाई तत्कालै ४५ करोड रूपैयाँ आवश्यकता भए पनि अहिले २५ करोड रूपैयाँ मात्रै भएको बताए।

महाप्रबन्धक झाले लामो समयदेखि कम्पनी सञ्चालक समितिको बैठक बस्न नसक्दा आवश्यक निर्णय गर्न नसकेको बताए। ‘लामो समयदेखि कम्पनी सञ्चालक समितिको बैठक बस्न सकेको छैन,’ उनले भने, ‘कम्पनीको सञ्चालक समितिमा ९ सदस्य छन्। तर अहिलेसम्म ७ जना मात्रै नियुक्त भएका छन्। अब छिट्टै सञ्चालक समितिको बैठक बसेर आवश्यक निर्णय गर्नेछौं।’

कम्पनी सञ्चालक समितिको अध्यक्षमा रेल विभागका महाप्रबन्धक र सदस्य सचिवमा रेल्वे कम्पनीका महाप्रबन्धक छन्। अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायतका प्रतिनिधि सदस्य रहेका छन्।

२०७७ असोजमा जयनगर–कुर्था (३४.९ किलोमिटर) खण्डमा रेल सञ्चालनको लागि भन्दै भारतबाट दुई सेट रेल नेपाल ल्याइएको छ। तर ८४ करोड रूपैयाँ खर्चेर दुई थान रेल ल्याएको १४ महिना बितिसक्दा समेत सञ्चालन गर्ने टुंगो लागेको छैन। भारत सरकारको अनुदानमा निर्माण भएको जयनगर–कुर्था (३४.९) किलोमिटर अन्तरदेशीय रेलमार्ग गत कात्तिक ५ गते नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। जयनगर–कुर्था रेल सञ्चालनको लागि स्ट्यान्डर्ड अपरेटिङ प्रोसेडुर पनि तयार भइसकेको छ। तर नेपालले रेलका प्राविधिक जनशक्ति तथा कानुन अभावको कारण देखाउँदै रेल सञ्चालन गर्न अहिलेसम्म सकेको छैन।

भारत सरकारले ८ अर्ब ७७ करोड रूपैयाँमा निर्माण गरेको ब्रोडगज रेलमार्गको भौतिक संरचना नेपाललाई हस्तान्तरण गरिसकेको छ। महाप्रबन्धक झाले अबको ४५ दिनपछि जयनगर–कुर्था रेल सञ्चालन गर्न सकिने दाबी गरे। ‘आठ महिनादेखि एकै ठाउँमा रेल थन्किएको छ। दुई–तीन महिनामा रेल गुडाएर रेलको प्राविधिक जाँच गर्ने गर्थे, अहिले आठ महिनादेखि प्राविधिक जाँच ठप्प छ,’ उनले भने, ‘अब भारतीय प्राविधिक ल्याएर रेलको प्राविधिक जाँच गरेर चलाउने प्रयास गर्नेछौं।’

भारत सरकारले पहिलो चरणमा जयनगर–जनकपुर–बर्दिबास ६८.७२ किलोमिटर रेलमार्गको निर्माण गरिरहेको छ। हालसम्म जयनगर–कुर्थाको ३४.९ किलोमिटर रेलमार्गको सम्पूर्ण भौतिक संरचना तयार भइसकेको छ। कुर्थादेखि डिजेलपुरासम्मको थप १७ किलोमिटर रेलमार्गको ब्रोडग्रेज लिक पनि अहिले लगभग ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। बाँकी डिजेलपुरादेखि बर्दिबाससम्मको १७ किलोमिटरको काम भने उत्साहजनक ढंगले निर्माण हुन सकेको छैन।
अर्को समाचार
बथनाहा–विराटनगर रेल सञ्चालनको तयारी
२९ असार २०७९
•
६ मिनेट पाठ
बथनाहा–विराटनगर रेल सञ्चालनको तयारी
चार वर्ष पहिले विराटनगर १८ बुधनगर स्थित रेल स्टेशनसम्मको रेलमार्ग परीक्षणका लागि ल्याइएको रेल । फाइल तस्बिर/नागरिक
भारतको वथनाहादेखि विराटनगरको बुधनगरसम्म रेल सञ्चालनको तयारी थालिएको छ। भारतको वथनाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत जाँचचौकी (आइसिपी) सम्म दशैंअघि नै रेल सञ्चालनमा ल्याउने तयारी थालिएको हो।  




कटहरीतर्फको काम सम्पन्न भइनसकेको भए पनि बुधनगरसम्म मालबाहक रेल सञ्चालनका लागि बुधनगर रेल स्टेशनबाट एकीकृत भन्सार जाँच चौकीसम्मको भागमा सडक लगायतका पूर्वाधारहरू निर्माणको तयारी पनि थालिएको छ। बुधनगरस्थित रेल स्टेशनबाट एकीकृत जाँचचौकी सम्मको दूरी करिब २ सय मिटर मात्रै भएकाले सडक निर्माण गर्न धेरै समय नलाग्ने देखिन्छ। अझैसम्म सडक निर्माण सुरू नभइसकेको विराटनगर भन्सार कार्यालयले जनाएको छ। 

कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाका अनुसार केही समय पहिले भारतीय दूतावासका प्रतिनिधिहरू विराटनगर आएर रेलमार्गको निरीक्षण गरेका थिए । उनीहरूले जग्गा मुआब्जा विवादका कारण कटहरीसम्मको रेल मार्ग निर्माण गर्न समय लाग्ने भएकाले बुधनगरसम्म मात्रै भए पनि हस्तान्तरण गर्ने मनसाय देखाएको ढुंगानाले बताए। उनले भने ‘कटहरीको रेल स्टेशनको जग्गा विवादका कारण काम गर्न संभव नभएकाले भारतीय पक्षले बुधनगरसम्म भए पनि हस्तान्तरण गर्ने मनसाय देखाएको छ।’ दशैं सम्ममा बुधनगरसम्मको निर्माण सम्पन्न भएको भाग नेपाललाई हस्तान्तरण गरेर मालबाहक रेल सञ्चालनमा ल्याउने भारतीय पक्षले मनसाय देखाएको ढुंगानाले बताए।  

रेल सञ्चालनका लागि भन्दै चार वर्ष पहिले वथनाहादेखि बुधनगर स्टेशनसम्मको रेलको लिक पनि परीक्षण गरिएको थियो। भारतको बथनाहाबाट रेलको इञ्जिन ल्याएर नव निर्मित लिक परीक्षण गरिएको थियो। रेलको लिक परीक्षण पछि बथनाहादेखि बुधनगरसम्मको भागमा रेल सञ्चालन गर्न सकिने प्राविधिकहरूले ठहर गरे पनि नेपालतर्फको निर्माणमा ढिला सुस्ती हुँदा रेल सञ्चालनमा अन्यौल हुँदै आएको छ। 

मोरङको कटहरीस्थित रेल स्टेशनक्षेत्रको जग्गा अधिग्रहणमा विवाद भएपछि सो क्षेत्रमा रेल स्टेशन निर्माण हुन सकिरहेको छैन। विगतमा विराटनगर–रंगेली सडक खण्ड(हुलाकी राजमार्ग) सम्म मात्रै रेलको लिकका लागि ट्र्याक खोलिएको भए विगत ६ महिनादेखि हुलाकी राजमार्ग उत्तरतर्फ रेल स्टेसनसम्मको भागमा पनि ट्रयाक खोल्ने काम धमाधम भइरहेको छ।  

२०६८ सालदेखि निर्माण सुरू भएको बथनाहा कटहरी रेल मार्ग २०७३ मै सम्पन्न भइसक्नुपर्ने थियो तर नेपालतर्फको जग्गा अधिग्रहणका क्रममा मुआब्जाका विषयमा विवाद हुँदा कटहरीस्थित रेल स्टेसन निर्माण हुन सकिरहेको छैन। सरकारले निर्धारण गरेको मुआब्जामा असन्तुष्टि जनाउँदै स्थानीय जग्गाधनीहरूले अदालतमा मुद्दा दर्ता गरेका छन्। स्थानीय २२ जना जग्गा धनीले अदालतमा मुद्दा दर्ता गरेपछि रेल मार्ग निर्माणको काम अबरुद्ध हुँदै आएको थियो। यसै वर्षदेखि हुलाकी सडक उत्तरतर्फको भागमा पनि रेल मार्गको ट्र्याक खोल्ने काम थालिए पनि अझैसम्म अदालतले मुद्दा फैसला नगर्दा जग्गा अधिग्रहणको किचलो सकिएको छैन। बथनाहा–कटहरी रेलमाग साढे १८ किलोमिटर लामो छ। यो रेलमार्ग निर्माणका लागि आवश्यक जग्गा नेपालले उपलब्ध गराउने र निर्माणको काम भारतले गर्ने सम्झौता अनुसार काम भइरहेको छ। 

सम्झौता अनुसार नेपालले समयमै भारतीय पक्षलाई जग्गा उपलब्ध नगराउँदा विगत ४ वर्षदेखि रेलमाग निर्माणको काम अबरुद्ध हुँदै आएको थियो। हालै रेलमार्ग निर्माणको काम पुनः सुरू भए पनि जग्गा विवाद भने अझै समाधान भइसकेको छैन। अदालतले फैसलामा ढिलाइ गरेका कारण भारतीय पक्षलाई जग्गा हस्तान्तरण गर्न समस्या भएको मोरङका प्रमुख जिल्ला अधिकारी कांसीराज दाहालले बताए। उनले एक महिना अगाडि भारतीय दूतावासका कर्मचारीसहित विराटनगर आएको भारतीय पक्षले बथनाहादेखि विराटनगरको एकीकृतजाँच चौकीसम्म कार्गो रेल सञ्चालनका लागि प्रस्ताव गरेको जानकारी दिए। 

भारतीय पक्षको प्रस्तावमा नेपाली पक्षले पनि सहमति जनाएर भन्सारसम्मको एप्रोच रोड निर्माणका लागि घरटहरा हटाउन २० दिने सूचनासमेत निकाली सकिएको बताए। दाहालले २० दिन सम्ममा एप्रोच रोड आसपासका घर टहरा नहटाए प्रशासनले हटाउने बताए। भारतीय पक्षले आफूहरूसँग कटहरीतर्फको मुआब्जा विवाद चाँडो टुंगो लगाउन आग्रह गरेको तर परियोजनाबाटै हात झिक्ने कुरा नगरेको दाबी गरे। ‘भारतीय पक्षले मुआब्जा विवाद चाँडो टुंगो लगाएर निर्माण सम्पन्न गर्न सहयोगका लागि आग्रह गरको हो ’ दाहालले भने ‘तर, परियोजनाबाटै हात झिक्ने कुरा हामीसँग गरेका छैनन्।’ यता प्रदेश १ को प्रदेशसभामा भने सांसदहरूले मुआब्जा विवाद समाधान नहुँदा भारतीय पक्षले परियोजनाबाट हात झिक्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। 

कटहरीतर्फको निर्माणाधीन रेल मार्गमा जग्गा मुआब्जा विवादले निर्माणमा समस्या देखिएको जनाउँदै तत्काल जग्गा उपलब्ध नगराए रेलमार्ग परियोजनाबाट भारतले हात झिक्ने चेतावनी समेत दिएको भन्दै प्रदेश १ को प्रदेशसभामा सांसद जीवन घिमिरेले सरकारको ध्यानाकर्षणसमेत गराएका हुन्। उनले मुआब्जा विवाद तत्काल समाधान गरी भारतीय पक्षलाई जग्गा हस्तान्तरण गर्न र रेलमार्ग निर्माणको काम चाँडो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।  

प्रदेश १ का उद्योगी व्यवसायीले वर्षौंदेखि रेलमार्ग चाँडो निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन माग गर्दै आएका छन्। बथनाहा–बुधनगर रेलमार्ग तत्कालै सञ्चालनमा ल्याउन सकिने अवस्था पनि रहेको उनीहरूको जिकिर छ। वथनाहाबाट विराटनगर भन्सार कार्यालय रहेको एकीकृत जाँच चौकीसम्म रेलको लिक र स्टेशनसमेतको पूर्वाधार तयार रहेकाले तत्कालै केही पूर्वाधारहरू निर्माण गरी रेल सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको उद्योगी व्यवसायीहरूको भनाइ छ। 

यता रेल मार्ग सञ्चालनका लागि सरकारले समेत चासो देखाएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी ढुंगाना बताउँछन्। उनका अनुसार बुधनगरस्थित रेल स्टेशनदेखि विराटनगर भन्सारसम्मको करिब २ सय मिटर भागमा सडक निर्माणका लागि सडक विभागले अनुगमन गरी लागत स्टिमेट तयार गरिरहेको छ। एकीकृत जाँच चौकीबाट बुधनगर गाउँतर्फ जाने सानो सडकलाई नै विस्तार गर्ने तयारी गरिएको ढुंगानाले बताए। उनका अनुसार रेलमार्ग सञ्चालन सडक निर्माण, मुआब्जा विवाद समाधाान लगायतका विषयमा मोरङमा सर्वदलीय बैठक समेत बसिसकेको छ।  

हाल भारत तथा तेस्रो देशबाट विराटनगर नाका हुँदै आयात हुने अधिकांश औद्योगिक कच्चा पदार्थ स्थल मार्गबाटै आयात भइरहेको छ। स्थल मार्गबाट आयात गर्दा भन्दा रेल मार्गबाट आयात गर्दा ढुवानी भाडा करिब आधाले नै सस्तो पर्ने उद्योगी व्यवसायीहरू बताउँछन्। कलकत्ता– विराटनगर कार्गो रेल सञ्चालनमा आए सुनसरी—मोरङ औद्योगिक करिडोरका उद्योगहरूले वीरगञ्ज, भैरहवा लगायतका उद्योगहरूको भन्दा सस्तोमा कच्चा पदार्थ आयात गर्न सक्ने भएकाले यस क्षेत्रका उद्योगहरूको प्रतिस्पर्धी क्षमता वृद्धी हुने र यस क्षेत्रमा नयाँ उद्योगहरूमा लगानी गर्न लगानीकर्ता आकर्षित हुने व्यवसायीहरूले दाबी गर्दै आएका छन्। 

सुनसरी –मोरङ औद्योगिक करिडोरका उद्योगहरूको प्रतिस्पर्धी क्षमता कमजोर हुँदा यस क्षेत्रबाट उद्योगहरू विस्थापित हुँदै गएका छन् भने नयाँ ठूला उद्योग स्थापना हुने क्रम पनि घट्दै गएको छ। विराटनगरसम्म मालबाहक रेल सञ्चालनमा आए औद्योगिक कच्चापदार्थको लागत घट्ने र सुनसरी—मोरङ औद्योगिक  करिडोरको गुमेको शाख फर्किने उद्योगी व्यवसायीको अपेक्षा रहेको छ।  
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस