काठमाडौं- दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा लगानी गर्ने प्रतिबद्धता जनाएको कोरियाको कोसेप कम्पनीले यसको आयोजना विकास सम्झौता (पिडिए) र विद्युत खरिद सम्झौता (पिपिए) गरिदिन ऊर्जा मन्त्रालयसँग आग्रह गरेको छ। कम्पनीका पदाधिकारीले आइतबार ऊर्जामन्त्री राधा ज्ञवालीलाई भेटेर यस्तो आग्रह गरेका हुन्।कोसेपका कार्यकारी उपाध्यक्ष जोङ सेओक–बु, महाप्रबन्धक यी बु–सेओकलगायत टोलीले मन्त्री ज्ञवालीसँग आयोजनाको निर्माण तोकिएको समयमा पूरा गर्न पिडिए र पिपिए छिटो टुंग्याइदिन आग्रह गरेको मन्त्रालयले जनाएको छ। भारतसँग विद्युत व्यापार सम्झौता (पिटिए) भइसकेको सन्दर्भ जोड्दै मन्त्री ज्ञवालीले जलविद्युत आयोजनामा लगानीको वातावरण बन्दै गएकाले छिटो आयोजनाको पिडिए गरिदिने प्रतिबद्धता जनाइन्।
'आयोजना निर्माण गर्न सरकारको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग हुनेछ,' उनले भेटका क्रममा कोसेपका अधिकारीलाई विश्वास दिलाइन्। यस्तै उनले आयोजनाको लागत कम गरी समयमै निर्माण पूरा गर्न जोड दिइन्। भेटका क्रममा आयोजनाको प्रगति, बर्तमान अवस्थालगायत विषयमा छलफल भएको थियो।
कम्पनीका उपाध्यक्ष जोङ सेओक–बुले आयोजनाको पिडिए र पिपिए छिटो सम्पन्न भए तोकिएको समयअघि नै आयोजना बन्ने प्रतिबद्धता जनाए। आयोजनामा अन्तर्राष्ट्रिय लगानीकर्ताले समेत लगानी गर्ने भएकाले समयमै पिडिए र पिपिए हुनुपर्नेमा पनि उनले जोड दिएका थिए।
नेपाल वाटर एन्ड इनर्जी कम्पनीले दुई वर्षका लागि लिएको आयोजनाको अनुमतिपत्रको म्याद सरकारले एक वर्ष थप गरेको छ। आयोजनामा कोरिया, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफसी) लगायत विदेशी निकायले लगानी गर्ने प्रतिबद्धता जनाइसकेका छन्। यसैले अमेरिकी डलरमा पिपिए गरिदिन कम्पनीले सरकारसँग आग्रह गर्दै आएको छ। यो आयोजनामा पिडिएमा के कति सुविधा दिने भन्ने विषय किटान हुने हुँदा पिपिएको प्रक्रियासमेत सँगै अगाडि बढाउनुपर्ने ऊर्जा मन्त्रालयका अधिकारीको तर्क छ।
डलरमा पिपिए नभए आयोजनाको वित्तीय व्यवस्थापन गर्न नसकिने कम्पनीका अधिकारी बताउँछन्। आयोजनाको भौगोलिक अवस्था सरल रहेकाले यसबाट उत्पादित बिजुलीबाट नेपाल विद्युत प्राधिकरणलाई फाइदा हुने कम्पनीको दाबी छ। पिपिएका लागि प्राधिकरणमा आवेदन दिए पनि उसले यसबारे कुनै निर्णय गरेको छैन।
आयोजनाको वातावरणीय मूल्यांकन ऊर्जा मन्त्रालयबाट स्वीकृत भई प्राधिकरणसँग 'कनेक्सन एग्रिमेन्ट' भइसकेको छ। कम्पनीले पिडिए कार्यविधिअनुसार तोकिएको तीन लाख २० हजार अमेरिकी डलर पिडिए शुल्क ऊर्जा मन्त्रालयमा जम्मा गरिसकेको छ।
५५ करोड अमेरिकी डलर कुल लागत अनुमान गरिएको सो आयोजनाबाट वर्षामा एक हजार एक सय ४९ र हिउँदमा करिब तीन सय आठ गिगावाट घन्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ। एउटै कम्पनी प्रवर्द्धक, ठेकेदार र परामर्शदाता भए पनि एपिसी कन्ट्र्याकमा आयोजना निर्माण हुने हुँदा भेरिएसन नहुने उसको दाबी छ।
आयोजनामा दक्षिण कोरिया सरकारको पूर्ण स्वामित्वको कोसेप कम्पनीले ५० प्रतिशत, कोरियाकै केरुङ र ड्यालियम कम्पनीले २५ प्रतिशत र विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफसी) ले १५ प्रतिशत लगानी गर्ने टुंगो भइसकेको छ। यस्तै १० प्रतिशत सेयर स्थानीय जनताका लागि छुट्याइएको कम्पनीले जानकारी दिएको छ।
एसियाली विकास बैंक, जर्मनीको डेज बैंक, फ्रान्सको पापाकोरा र आइएफसीले आयोजनाका लागि ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। आयोजनाले प्रवेशमार्ग, वातावरणीय अध्ययनलगायतका काममा करिब ५० करोड रुपैयाँ खर्च गरिसकेको जानकारी दिएको छ।