काठमाडौं—नेपाल वायुसेवा निगमले चीनबाट अर्को नयाँ जहाज काठमाडौं ल्याएको छ। १८ सिट क्षमताको 'वाइ१२–इ' मोडलको यो जहाज दिउसो १:५० मा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजलाई चिनियाँ पाइलटहरुले उडाएर ल्याएका हुन्।
लामो अनिश्चिततापछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नयाँ जहाज ल्याएको हो। चीनले यसअघि दिएको मितिअनुसार यो जहाज गत असार ३० मै आइसक्नुपर्थ्यो। निगम व्यवस्थापनले यताबाट ताकेता गरेको गरै गरेपछि चीनले त्यसपछि फेरि अर्को मिति दिएको थियो। त्यसअनुसार गएको साउन ९ मा उक्त जहाज काठमाडौं अवतरण गर्ने तालिका थियो।
'ढिलै भए पनि बल्ल जहाज आयो,' वायुसेवा निगमका कमर्सियल डाइरेक्टर रामहरि शर्माले नागरिकन्युजसँग भने, 'डेढ साताभित्र जहाजबाट व्यापारिक उडान गर्छौं।' उनका अनुसार अब नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) लिने प्रक्रिया सुरु गरिनेछ। त्यसपछि परीक्षण उडान गरी व्यापारिक उडान सुरु हुनेछ। यो जहाजलाई पश्चिम क्षेत्रका दुर्गम भेगका विमानस्थलमा उडाउने योजना रहेको शर्माले जानकारी दिए।
यो अनुदानमा पाएको दोस्रो जहाज हो। यसअघि अनुदानको पहिलो जहाज ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) मोडेल यहाँ आएर नियमित व्यापारिक उडान सुरु गरिसकेको छ।
निगमको यो जहाजलाई प्राधिकरणले यसअघि नै '९एन–एकेएस' कलसाइन दिइसकेको छ। निगमले यो जहाजको नाम 'कोइली' राखेको छ। निगमले यसअघि चिनियाँसँग कागजातको समस्या भोग्दै आएको छ।यो जहाजका लागि पनि चीनले अंग्रेजी भाषा बोल्ने प्रशिक्षक पाइलट उपलब्ध गराउन नसकेका कारण आपूर्ति मिति पर सार्दै आएको थियो। तोकिएको समयमै जहाज ल्याउन सकेको भए बजार हिस्सा ओगट्दै जाने निगमको योजना सफल हुनसक्थ्यो।
बारम्बार ताकेता गरेपछि चीनले गत भदौ २० मा एक प्रशिक्षक पाइलट नेपाल पठाइदिएको थियो। ती पाइलटलाई नागरिक उड्डयन प्राधिकरणले प्रमाणित गर्ने प्रक्रिया सुरु गरे पनि उनीसँग अंग्रेजी भाषा बोल्न र बुझ्न सक्ने क्षमता नभएको पुष्टि भएको थियो।
चीनले गत असार पहिलो साता दोस्रो जहाज (वाई१२–ई) लिन निगमलाई पत्राचार गरेको थियो। त्यसपछि निगमका महाप्रबन्धक मदन खरेलको टोली असार १८ मा जहाज लिन त्यसतर्फ गएको थियो। खरेललाई असार २२ मा जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट म्यानुफ्याक्चरिङ कर्पोरेसनले उक्त जहाज हस्तान्तरण गरेको थियो। नेपाल र चीनबीच भएको जहाज खरिद–बिक्री सम्झौताअनुसार एमए–६० दुई र वाई१२–ई चारवटा उपलब्ध हुनेछन्। तीमध्ये एउटा एमए–६० र एउटा वाई१२–ई अनुदान तथा एउटा एमए–६० र तीनवटा वाई१२–ई सहुलियत ऋणमा चीनले दिनेछ।
सहुलियत ऋणमा पाइने चारमध्ये एउटा एमए–६० असोज १४ तथा बाँकी तीनवटा वाई–१२ई कात्तिक १३ मा आइपुग्ने आपूर्ति तालिका चीनले यसअघि नै निगमलाई दिएको थियो। चीनले उत्पादन गरेको वाई१२–ई जहाजले सन् १९८२ मा पहिलो उडान गरेको थियो। १९८५ देखि उसले यस्ता जहाज उत्पादन गरिरहेको छ। निगमका पाइलटहरूले चिनियाँ जहाज उडाउने तालिम नलिएका कारण ती जहाज उडाउन पनि चीनबाटै पाइलट ल्याउनुपर्ने बाध्यता छ। एमए–६० हालसम्म चिनियाँ पाइलटले नै उडाइरहेका छन्। तर, सँगै ककपिटमा निगमका पाइलट पनि तालिम लिइरहेका छन्।