काठमाडौं परामर्शदाताले क्षमता बढाएर निर्माण गर्न सुझाएपछि बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाको लागत साढे २ खर्ब रुपैयाँ पुग्ने भएको छ। फ्रान्सको ट्र्याक्टवेल कम्पनीले सम्भाव्यता अध्ययनको पूर्ण प्रतिवेदन बुझाउँदै आयोजनाको क्षमता एक हजार दुई सय मेगावाटसम्म पुर्याउन सकिने भन्दै थप लागत प्रक्षेपण गरेको हो। पूर्व–सम्भाव्यता अध्ययनअनुसार यसको क्षमता ६ सय मेगावाट कायम गरी लागत करिब डेढ खर्ब अनुमान गरिएको थियो।यहाँ विद्युत संकट बढ्दै गएकाले स्रोतको अधिकतम उपयोग गर्दै क्षमता बढाएर बनाउन उचित हुने प्रतिवेदनमा सुझाइएको छ। लक्षित समयमै आयोजना बनाउन आवश्यक लगानीको जोहो गर्न आजैदेखि पहल गर्नुपर्ने परामर्शदाताको सुझाव छ। अन्यथा आयोजना थप महँगो हुने कम्पनीका अधिकारीको तर्क छ।
‘बूढीगण्डकी जलविद्युत विकास समिति'लाई १६ अंकमा बुझाइएको सम्भाव्यता अध्ययन प्रतिवेदन अध्ययन गरेर दुई साताभित्र कम्पनीलाई प्रतिक्रिया दिनुपर्ने समितिका कार्यकारी अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले बताए। ‘परामर्शदाताले समयमै प्रतिवेदन बुझाएको छ तर कर्मचारी अभावले हामीले प्रतिक्रिया दिन गाह्रो छ,' उनले नागरिकसँग भने, ‘राम्रोसँग अध्ययन नगरी प्रतिक्रिया दिँदा निर्माणक्रममा धेरै समस्या उत्पन्न हुन सक्छ, त्यसको जिम्मेवारी कसले लिन्छ?'
कम्पनीले सम्भाव्यता अध्ययनको पहिलो प्रतिवेदन बुझाउँदा आयोजना अधिकतम हजार मेगावाटसम्म बनाउन सकिने सुझाएको थियो। स्रोतको उच्चतम प्रयोग गर्दा नै देशलाई बढी फाइदा हुने हुँदा परामर्शदाताको सुझाअनुसार नै १२ सय मेगावाटमा आयोजना बनाउनुपर्ने देवकोटाले बताए।
आयोजनाको ३० महिनामा पूर्ण अध्ययन (डिपिआर) सक्ने गरी ट्र्याक्टवेलसँग सम्झौता भएको थियो। उसले २१ महिनामा संरचनाको अवधारणा र सम्भाव्यता अध्ययन पूरा गरेको छ। कम्पनीले बाँकी नौ महिनामा डिपिआर र बोलपत्र आह्वान गर्नका लागि आवश्यक कागजात तयार पार्नुपर्नेछ। बाँकी समयमा डिपिआर पूरा हुने कम्पनीका टोली प्रमुख फिलिप कजालसले बताए।
देवकोटा भने राजनीतिक असहमति, कर्मचारी अभाव र आयोजनामा मन्त्रालयस्तरबाट आयोजनामा भइरहेको चलखेलले समस्या उत्पन्न हुने देखिएको बताउँछन्। ऊर्जामन्त्री राधा ज्ञवालीले गठन आदेश परिवर्तन गरी देवकोटालाई हटाई नयाँ आयोजना प्रमुख पठाउने तयारी गरेकी छन्।
आर्थिक एवं वित्तीय हिसाबले आयोजना सम्भाव्य रहेकाले बढी क्षमतामा बनाए नेपाललाई फाइदा हुने पनि फिलिपले बताए। ‘सुक्खायाममा बढी बिजुली कसरी उत्पादन हुन्छ भनेर थप अध्ययन भइरहेको छ,' उनले भने, ‘क्षमता बढाएर बनाउँदा बर्खामा बढी बिजुली उत्पादन हुन्छ, त्यो भारत निर्यात गर्न पनि सकिन्छ।'
नदीमा ढुंगा तथा बालुवा (सेडिमेन्ट) को समस्या कम देखिएकाले ठूलो रिजर्भ्वायर बनाउनु उचित हुने पनि फिलिपले बताए। उनका अनुसार २ प्रतिशत सहुलियत ऋणमा आयोजना बनाउँदा प्रतिफल (इन्टरनल रेट अफ रिर्टन) साढे १७ प्रतिशत हुनेछ भने प्रतियुनिट बिजुलीको मूल्य साढे ६ रुपैयाँ पर्नेछ। आयोजनाबाट हिउँदमा मात्र १ अर्ब ४१ करोड युनिट बिजुली उत्पादन हुनेछ।
एक हजार मेगावाटमा आयोजना बनाउँदा करिब २ खर्ब लागत अनुमान गरिएको थियो। १२ सय मेगावाट बनाउँदा नै नेपालले बढी फाइदा लिन सक्ने परामर्शदाताको भनाइ छ। डिपिआर पूरा भएलगत्तै निर्माण प्रक्रिया सुरु गर्न पनि उनले सुझाव दिएका छन्। ऊर्जामन्त्री र राजनीतिक पार्टीले भने आयोजनामा अहिलेदेखि नै अवरोध गर्न थालेका छन्।
आयोजनाको नेपाली परामर्शदाता जेड कन्सल्टका महाप्रबन्धक प्रविन अर्यालले भारतले दिने घोषणा गरेको एक खर्ब रुपैयाँ सहुलियत ऋण यही आयोजनामा लगाउन उचित हुने समितिलाई सुझाव दिए। थप लागतको समेत योजना बनाउन आवश्यक रहेको उनको भनाइ छ।
७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी राखेर आयोजना बनाउँदा प्रतियुनिट बिजुलीको मूल्य करिब सात रुपैयाँ पर्ने देखिएको छ। अध्ययनअनुसार आयोजनाको निर्माण सन् २०२३ सम्म पूरा गर्न सकिने छ।
गोरखा र धादिङको सिमानामा बन्ने आयोजनाबाट २० हजार व्यक्ति विस्थापित हुने र करिब २५ हजार जना प्रभावित हुने अध्ययनले देखाएको छ। यस्तै ६ हजार ६ सय ३७ हेक्टर जमिन अधिग्रहण गर्नुपर्नेछ। पुनर्बास र पुनर्स्थापना गर्न उचित स्थानको अध्ययन भइरहेको फिलिपले बताए।
परामर्शदाताले आयोजनाका लागि रि–रेगुलेटिङ ड्याम बनाउन उचित हुने सुझावसमेत दिएको छ। समितिले यसबारे मन्त्रालयलाई जानकारी गराए पनि मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन। राष्ट्रिय गौरवको आयोजना कुनै अवरोधबिना निरन्तर काम गर्नुपर्छ तर आर्थिक प्रलोभनमा मन्त्रीले नै यसमा ढिलाइ गरेको आयोजना कर्मचारी बताउँछन्।
३० महिनामा डिपिआर पूरा गर्ने गरी ९२ करोड रुपैयाँमा ट्र्याक्टवेलसँग २०६९ असोजमा सम्झौता भएको थियो। सम्झौतामा रि–रेगुलेटिङ ड्याम बनाउने बुँदा थिएन। अहिले काम थपिएकाले उसले समय र रकम थप्नुपर्ने जनाएको छ। रि–रेगुलेटिङ ड्याम बनाउँदा सामाजिक र वातावरणीय प्रभावबारे थप अध्ययन जरुरी भएकाले परामर्शदाताले यसको स्पष्ट जानकारी गराउन भनेको छ।
सन् १९८४ मा गरिएको पूर्व–सम्भाव्यता अध्ययनका आधारमा आयोजनाको क्षमता ६ सय मेगावाट निर्धारण गरिएको थियो। ट्र्याक्टवेलले प्रारम्भिक प्रतिवेदन बुझाउँदा आयोजनाको क्षमता ६ सय ४४, ७ सय २२, ९ सय ४५ र हजार मेगावाटसम्म निर्धारण गरेको थियो। यसमध्ये समितिले हजार मेगावाट बनाउन उचित हुने निर्णय गरेको थियो।
आयोजनाबाट गोरखाका ३७, धादिङका २७, नुवाकोटका २ र मनाङ जिल्लाको १ गरी ६७ गाविस प्रभावित हुनेछन्। जलाशयबाट मात्र गोरखाका १२ र धादिङका ११ गाविस प्रभावित हुने अध्ययनमा उल्लेख छ। यसको भूमिगत विद्युतगृह गोरखाको घ्याल्चोक र धादिङको सलाङमा निर्माण हुनेछ।