काठमाडौं- नेपाल आयल निगमले निलो ग्यास सिलिन्डरको अनुगमनलाई प्रथामिकतामा राखेर अनुगमन निर्देशिका बनाउने भएको छ। निलो सिलिन्डर प्रयोगकर्ता थोरै र नियमन गर्न सहज हुने भएपछि रातोभन्दा निलोमा बढी अनुगमन गर्ने गरी निर्देशिका बनाउन लागेको हो।'रातो सिलिन्डर प्रयोगकर्ता धेरै हुन्छन्,' उनले नागरिकसँग भने, 'त्यसैले रातोभन्दा निलो सिलिन्डरमा बढी अनुगमन गर्ने गरी निर्देशिका बनाउने तयारीमा छौं,' निगम प्रवक्ता मुकुन्द घिमिरेले बताए।
निगमले प्रभावकारी नियमनको व्यवस्थासहित एलपी ग्यासको बिक्रीमा दोहोरो मूल्य लागू गर्ने गरी तयार पारेको कार्यविधि वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृतिका लागि मन्त्रिपरिषद पठाएको छ। कार्यविधि स्वीकृत हुनासाथ अनुगमन निर्देशिका बनाउने घिमिरेले जानकारी दिए। निगमले केही दिनअघि दोहोरो मूल्य कायम गर्ने गरी कार्यविधि बनाएर मन्त्रालयमा पठाएको थियो। उक्त कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद पठाइएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दीपक सुवेदीले बताए।
कार्यविधि स्वीकृत हुनासाथ अनुगमन निर्देशिका जारी गर्ने निगमले बताएको छ। 'रातो सिलिन्डर आममानिसले प्रयोग गर्छन्। सबैको घरमा अनुगमन गर्न कठिन हुन्छ,' घिमिरेले भने, 'निलो सिलिन्डर प्रयोगकर्ता थोरै हुने हुनाले अनुगमन गर्न सजिलो हुन्छ।' निगम अधिकारीका अनुसार रातो सिलिन्डरको मूल्य परिवर्तन हुँदैन। तर निलो सिलिन्डर परल मूल्यमा बिक्री हुन्छ।'
'रातो सिलिन्डर प्रयोगकर्ताले महँगो पर्ने भएकाले निलो सिलिन्डर प्रयोगमा ल्याउँदैनन्,' निगमका एक उच्च अधिकारीले भने, 'निलो सिलिन्डर प्रयोग गर्नुपर्नेले झुक्याएर रातो प्रयोग गर्न सक्छन्, त्यसैलाई मध्यनजर गर्र्दै निर्देशिका जारी हुन्छ।'
सरकारले पेट्रोलियम क्षेत्रको सुधारका लागि एकपछि अर्को निर्णय लिँदै गएकाले सिलिन्डरमा दोहोरो मूल्य पनि केही हप्ताभित्रै लागू गरिने प्रवक्ता घिमिरेले बताए। 'सुरुमा घरायसी उपभोक्ताले अहिलेकै मूल्यमा ग्यास प्राप्त गर्नेछन्,' उनले भने, 'व्यावसायिक प्रयोजनका लागिमात्र परल मूल्यमा बिक्री गर्ने हो।' दोहोरो मूल्य निर्धारणमा सरकार सकारात्मक रहेकाले केही समयभित्रै निर्णय आउन सक्ने उनको भनाइ छ। दोहोरो मूल्य निर्धारणपछि उपभोक्ता नठगिऊन् भनेर अनुगमन र नियमन प्रभावकारी बनाउन खोजेको उनले बताए।
दोहोरो मूल्य कार्यान्वयन गर्ने कार्यविधि स्वीकृत नभएकाले दुईथरी सिलिन्डरलाई कसरी नियमन गर्ने भन्नेमा अहिले केही भएको छैन। 'ग्यासमा दोहोरो मूल्य कार्यान्वयन गर्ने काम निगम र उद्योगी–व्यवसायीले हो,' मन्त्रालयका सहसचिव सुवेदीले भने, 'सोहीअनुसार सहज हुने गरी कार्यविधि बनेर स्वीकृतिका लागि मन्त्रिपरिषद पठाइएको छ।' कार्यविधिअनुसार ७० प्रतिशत घरायसी र ३० प्रतिशत व्यावसायिक खपतको अनुमान गरी दोहोरो मूल्य निर्धारण हुने छ।
निगम प्रवक्ता घिमिरेले दोहोरो मूल्यले ग्यासको हालको घाटालाई ३० प्रतिशत कम गर्ने छ। ग्यास व्यवसायीबाट रातो सिलिन्डरको अभाव देखाई उपभोक्तालाई निलो भिडाउने र रातोबाट निलोमा सजिलै ग्यास भर्न सकिने भएकाले निजी कम्पनी त्यसबाट अप्ठेरोमा पर्न सक्ने उनीहरू बताउँछन्। कार्यविधिमा नियमनको समेत प्रभावकारी व्यवस्थापन गरिने भएकाले निजी क्षेत्रले त्रसित हुनुपर्ने अवस्था नरहेको वाणिज्यका अधिकारीको भनाइ छ।