काठमाडौं- सरकारले विकास बैंकमार्फत पनि ६ प्रतिशत ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउने गरी ब्याज अनुदानसम्बन्धी कार्यविधि २०७१' संशोधन गर्ने भएको छ। संसदको कृषि तथा जलस्रोत समितिले विकास बैंकले ब्याज अनुदानमा ऋण प्रवाह गर्न सक्ने गरी कार्यविधि संशोधन गर्न निर्देशन दिएको हो। यसअघिको कार्यविधिमा वाणिज्य बैंकबाट मात्रै कृषकलाई सहुलियत ऋण उपलब्ध हुने प्रावधान थियो।
समिति सभापति गगन थापाले नेपालको कृषि प्रणालीलाई आधुनिकीकरण गर्न विकास बैंकले पनि ब्याज अनुदानमा ऋण उपलब्ध गराउन पाउने व्यवस्था गर्न र उमेर हदबन्दी संशोधन गर्न निर्देशन दिएको बताए। 'अहिले बनेको कार्यविधिमा वाणिज्य बैंकले मात्रै ब्याज अनुदानको ऋण प्रवाह गर्न पाउने र २१ वर्षदेखि ४५ वर्षसम्मका किसानलाई मात्रै ब्याज अनुदान दिने व्यवस्था छ,' थापाले नागरिकसँग भने, 'त्यो प्रावधान हटाई विकास बैंकलाई पनि समावेश गर्न निर्देशन दिएका छौं।' उनका अनुसार समितिले अहिलेको उमेर हदबन्दीलाई पाँच वर्ष बढाउने गरी कार्यविधि संशोधन गर्न निर्देशन दिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रकी प्रमुख भवानी राणाले दाना र मलखाद उद्योगलाई पनि ब्याजमा अनुदान उपलब्ध गरी कार्यविधि संशोधन गर्न सम्बद्ध निकाय सकारात्मक देखिएको बताइन्। तर, थापाले मलखाद र दाना उद्योगलाई अनुदानमा ऋण उपलब्ध गराउन नसकिने बताए। 'ठूला परियोजनाका लागि कृषि विकास मन्त्रालयमा अन्य परियोजना छन्। जसले दाना तथा मलखाद उद्योग स्थापनाका लागि ठूलो रकम अनुदान दिन्छन्,' उनले भने, 'यो कार्यविधिले साना तथा मध्यमस्तरका किसानलाई सहयोग गर्ने हो।'
बनेको कार्यविधि राम्रोसँग लागू भए, नभएको अनुगमन गर्न केन्द्रमा नेपाल राष्ट्र बैंकलाई तोकिएको थापाले बताए। जिल्लामा कृषि विकास कार्यालय र त्यसैको मातहतमा जिल्ला उद्योग वाणिज्य संघलाई पनि समावेश गर्न निर्देशन दिएको उनले जानकारी दिए। महासंघकी राणाले ब्याज अनुदान कार्यविधिमा महासंघको पनि प्रतिनिधित्व भएको बताइन्।
समिति सभापति थापाले अनुदान रकमको नियमनबारे गम्भीर हुन सुझाव दिए । 'कार्यविधिमार्फत वितरण हुने अनुदान सदुपयोग गराउन सशक्त अनुगमन र नियमन हुनुपर्छ,' उनले भने। कार्यविधिले केन्द्रमा एउटा अनुगमन तथा मूल्यांकन समिति रहने व्यवस्था गरे पनि संशोधन गराएर प्रत्येक जिल्लामा कृषि विकास कार्यालयको नेतृत्वमा अनुगमन समिति बनाउन पनि निर्देशन दिएको छ।
समितिले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र कृषि विकास मन्त्रालयका अधिकारीलाई संसदीय समितिमा बोलाएर कार्यविधि संशोधन गर्न निर्देशन दिएको हो। केही दिनअघि कृषि उद्यम केन्द्रले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा थापाले निजी क्षेत्रको सल्लाहअनुसार कार्यविधि संशोधन हुने बताएका थिए। थापाका अनुसार प्रत्येक तीन महिनामा कार्यविधि लागू भए, नभएको जानकारी संसदीय समितिलाई गराउनु पर्नेछ।
किसान, व्यवसायी र सभासदले कार्यविधिमा चाहिने विषय नअटाएको भन्दै त्रुटि देखाएपछि सरकार संशोधन गर्न तयार भएको हो। 'कार्यविधिमा खाद्यान्न बाली छुटेको पाइयो,' थापाले भने, 'त्यसलाई पनि समावेश गर्न निर्देशन दिएका छौं।' कार्यविधि बनाउँदा कृषि विकास मन्त्रालयलाई उपेक्षा गर्दा सोचेजति प्रतिफल आउन नसकेको उनको भनाइ छ। 'कार्यविधिलाई कृषिमैत्री बनाउन दिएको सुझावअनुसार आवश्यक संशोधन गर्न सरकार तयार छ,' अर्थ मन्त्रालयका सहसचिव कृष्ण देवकोटाले भने।
समितिको निर्देशनपछि कृषिसचिव जयमुकुन्द खनालले जिल्लास्तरमा अनुगमन समिति बनाउन तयार रहेको बताए। 'जिल्ला कृषि विकास कार्यालयको नेतृत्वमा अनुगमन समिति बनाउन तयार छौं,' उनले भने। सो समितिमा जिल्ला उद्योग वाणिज्य संघलाई समेत राखिने छ। असोज अन्तिम साता मन्त्रिपरिषदबाट स्वीकृत कार्यविधिमा भने अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधि रहने व्यवस्था व्यवस्था थिएन।
'हामीले अनुगमन समितिमा निजी क्षेत्रका प्रतिनिधि हुनुपर्छ भनेर सुझाव दिएका छौं,' राणाले भनिन्, 'सबै सभासदले हाम्रो सुझावलाई सकारात्मक लिनुभएको छ।' नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले ब्याज अनुदानका लागि दिने ऋणको दुरुपयोग हुन नदिने बताए। 'यो कार्यक्रम राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा सञ्चालन हु“दैछ,' उनले भने, 'राष्ट्र बैंकको निगरानीमा वितरण भएका अनुदान कार्यक्रम प्रभावकारी भएका छन्। त्यसैले ब्याज अनुदानमा ऋण दिने कार्यक्रम पनि प्रभावकारी बनाउन राष्ट्र बैंक लागिपर्नेछ।'
उनले ब्याज अनुदानको ऋण तिनुपर्छ भन्ने मानसिकता किसान र व्यवसायीमा जगाउनुपर्ने बताए। 'अनुदानबापतको रकम नतिरे पनि हुन्छ भन्ने हाम्रो सामान्य बुझाइ छ,' उनले भने, 'ब्याज अनुदानको ऋण लिएपछि नतिरे घर–घरानाबाट पनि असुल्ने विश्वास सरकारले दिलाउन सके बैंकहरु लगानी गर्न उत्साहित हुनेछन्।'
यसअघि किसान र व्यवसायीको सुझावबिनै राष्ट्र बैंकको नेतृत्वमा कार्यविधि तयार गरिएको थियो। गत असोजमा मन्त्रिपरिषदले स्वीकृत गरेको कार्यविधिमा निजी क्षेत्रले आवश्यक सुधारको पहल थालेपछि समितिले पनि चासो दिएको हो। समितिले गत आइतबार ब्याज अनुदानको कार्यविधि कार्यान्वयन गराउने पद्धतिबारे कृषिमन्त्री, कृषिसचिव, गर्भनर, बैंकर लगायत डाकेर छलफल गरेको थापाले जानकारी दिए।
महासंघ अध्यक्ष प्रदिपजंग पाण्डेले कार्यविधि लागू भएपछि युवालाई कृषिमा आकर्षित गर्न सक्नुपर्ने बताए। 'ब्याज अनुदानले कृषिमा लाग्न युवालाई प्रेरित गर्नुपर्छ,' उनले भने, 'देशमा प्रविधि भिœयाएर रोजगार प्रवर्द्धन गर्न पनि अनुदान रकमले सहयोग पुर्यापउनुपर्छ। कृषिमा ब्याज अनुदान दिनका लागि निजी क्षेत्रले दिएको सुझाव सकारात्मक छन्।' कृषि विकास मन्त्रालयका सहसचिव रामप्रसाद पुलामीले निर्वाहमुखी कृषिलाई आधुनिक बनाउन र युवालाई बिदेसिनबाट रोकी स्वदेशमै रोजगार प्रवर्द्धन गर्न कार्यविधि ल्याएको बताए।