काठमाडौं- एमाले नेता तथा पूर्वमन्त्री केशवलाल श्रेष्ठले दुई वर्षअघि प्रांगारिक मल कारखाना खोल्छु भनेर माटो व्यवस्थापन निर्देशनालयबाट दुईपटकमा ३४ लाख ७४ हजार रुपैयाँ अनुदान लगे। पहुँचकै कारण अनुदान पाएका श्रेष्ठले उद्देश्यअनुसार काम नगरी त्यो रकम पचाए। मल कारखाना खोलेनन्।श्रेष्ठले माटो व्यवस्थापन निर्देशनालयबाट आर्थिक वर्ष २०६७/०६८ मा वनसुन एग्रो अर्गानिक्स नामको मल कारखाना खोल्न ८ लाख ८९ हजार रुपैयाँ लिएका हुन्। उत्पादित मल परीक्षण गराउन निर्देशनालयका अधिकारी ल्याउनुपर्ने भएकाले तिनका आँखामा छारो हाल्न केही समय उत्पादन पनि गरे। उनको उत्पादन परीक्षणमै सीमित भयो। उनी जस्ता धेरै राजनीतिज्ञले पहुँचकै कारण विभिन्न आयोजनामा आएको पैसामात्र नभई राज्यकोषबाट सञ्चालिन अनुदानसमेत आफ्नो पोल्टामा पार्ने गरेका छन्।
माटो व्यवस्थापन निर्देशनालयका प्रमुख दुर्गाप्रसाद दुवाडीका अनुसार श्रेष्ठको मल कारखानाले लगानी गरेको एक वर्षसम्म उत्पादन दिएको थियो। त्यसपछि बन्द भयो। अहिले मेसिनसमेत काम नलाग्ने अवस्थामा थन्किएर बसेको छ। 'अनुदान लैजाने, ६ महिनादेखि एक वर्षसम्म उत्पादन गर्ने र त्यसपछि रोक्ने गरेका छन्,' दुवाडीले भने।
अखिल नेपाल किसान महासंघका कार्यबाहक अध्यक्षसमेत रहेका श्रेष्ठले राज्यकोषको एक रुपैयाँ पनि नखाएको बताए। 'मैले मल कारखाना स्थापनाका लागि अनुदान लिएको हुँ,' उनले भने, 'तर मलको बजार नभएकाले उत्पादन बन्द गरें।' उनका अनुसार प्याक्टबाट लिएको रकमले केही गाई पालिएको छ। राज्यको गलत नीतिका कारण दुई योजनाले सोचेजति प्रगति नगरेको उनको भनाइ छ।
राजनीतिक पहँुचका आधारमा दलका नेताले ठूलो रकम अनुदानको रुपमा लैजाने र कामै नगरी खाने प्रचलन बढदै गएको छ। कृषि क्षेत्रको विकासका लागि करिब ११ अर्ब रुपैयाँभन्दा बढी अनुदान आएको छ। प्याक्टको बजेट करिब ८ अर्ब रुपैयाँ छ। उच्च हिमाली कृषि व्यवसाय तथा जीवनस्तर सुधार आयोजना (हिमाली) को ३ अर्ब रुपैयाँ राजनीतिक प्रभावमा अनुदान लैजाने गरेको पाइएको छ। साना किसानको आर्थिक स्थिति सुधार्न उपलब्ध गराइएको अनुदान मन्त्री तथा उच्च पदस्थ राजनीतिज्ञले लैजाने र काम नगरी खाने गरेको पाइएको छ।
कृषिविज्ञ कृष्ण पौडेलका अनुसार ९० प्रतिशत अनुदान ठूलाबडाले लैजान्छन् र कामै नगरी सक्छन्। 'साना किसानको पहँुचमा अनुदान कसरी लैजाने भन्ने जानकारी हुँदैन,' पौडेलले नागरिकसँग भने, 'अहिलेसम्म वितरित सबै अनुदान दलका मानिसले लैजाने लगेका छन्।' वितरण गरेको अनुदानको काम कति भएको छ, त्यसको अनुगमन न हिमाली र प्याक्ट जस्ता परियोजनाले नै गर्छन्, न सरकारले नै।
बिनाआधार पहुँचका आधारमा अनुदान उपलब्ध गराउने र अनुगमन नहुने हुँदा रकम दुरुपयोग हुने गरेको पूर्वकृषि सचिव हरि दाहालले बताए। 'बिनाअध्ययन अनुदान दिन सक्नेले त्यसको अनुगमन तथा मूल्यांकन गर्न सक्नुपर्छ,' दाहालले भने, 'अनुदान मात्रै बाँड्ने र अनुगमन नगर्ने हो भने, त्यसले सार्थकता पाउँदैन।'
एसियाली विकास बैंक (एडिबी), विश्व बैंक, युएसएआइडी, डिएफआइडीलगायत आधा दर्जन दाताले उपलब्ध गराएको अनुदान कागजमा राम्रो भए पनि काम हुन नसकेको कृषि विज्ञ पौडेलले बताए। 'कागजमा सबै परियोजनाका कार्यक्रम अत्यन्तै राम्रो देखिन्छ,' उनले भने, 'तर, फिल्डमा गएर हेर्यो भने, न त्यहाँ कारखाना देखिन्छ, न व्यावसायिक फार्म नै हुन्छन्।' किसानका नाममा आएको पैसा कुन ठाउँमा कति रकम खर्च भएको छ भन्ने हिसाबकिताब न हिमाली आयोजनाले राख्न सकेको छ, न अन्य परियोजनाले नै। उत्पादन वृद्धि गरी किसानको आर्थिक अवस्था सुधार गर्न लगानी गर्नुपर्ने भए पनि हिमालीले पक्की भवन तथा अन्य पूर्वाधारमा लगानी गरेको पाइएको छ।
पहाडी जिल्लाका कृषिजन्य वस्तुको प्रवर्द्धन गरी किसानको आर्थिक अवस्थामा सुधार्ने गरी सञ्चालनमा आएको हिमाली आयोजनाको अनुदान रकम कृषकमा भन्दा बढी प्रशासनिक काम र पक्की भवन निर्माणमा विनियोजन भएको छ। कुल लागतको दुई तिहाइभन्दा बढी रकम लक्षित वर्गको पहुँचबाहिर खर्च गरिने भएपछि हिमाली परियोजनाबाट निम्न आयका गरिब किसानले अनुदानबाट लाभ लिन नसक्ने देखिएको हो।
मध्यपश्चिमका एउटै जिल्लामा करिब सातवटा परियोजनाले लगानी गरेको अध्ययनमा देखिएको छ। कागजमा मात्र सफल परियोजनाले गर्दा लगानी अनुसारको प्रतिफल आउन नसकेको संसदको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले बताए। धेरैजसो आयोजना कागजमा मात्र सीमित छन्, जसका कारण स्थानीयस्तरमा प्रतिफल नदेखिएको हो,' उनले भने, 'ती परियोजनाको विस्तृत प्रतिवेदन मागेका छौं।'