काठमाडौं- नेपाल विद्युत प्राधिकरणले दूधकोसी जलाशय आयोजनाको अधुरो सम्भाव्यता र विस्तृत अध्ययन (डिपिआर) का लागि दुई महिनाभित्र परामर्शदाता नियुक्त गर्ने गरी प्रक्रिया अघि बढाएको छ। डिपिआर गर्न परामर्शदाता नियुक्त गर्ने एजेन्डा ६ महिनासम्म सञ्चालक समितिमा रोकिएको थियो। समितिको शुक्रबारको बैठकले परामर्शदाता नियुक्त गर्ने निर्णयसँगै रोकिएको प्रक्रिया अघि बढाएको हो।
आयोजना अध्ययनका लागि एसियाली विकास बैंक (एडिबी) ले करिब ८६ करोड ४० लाख रुपैयाँ (९० लाख अमेरिकी डलर) सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ। आयोजनाको अध्ययन एडिबीको सहयोगमा हुने हुँदा उसको सहमतिबिना परामर्शदाता नियुक्त गर्न पाइँदैन।
सहमतिका लागि प्रारम्भिक छनोटमा परेका ६ कम्पनीको विवरण एडिबीलाई पठाउने तयारी भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए। 'सहमति प्राप्त भएपछि कम्पनी छनोटको प्रक्रिया सुरु हुन्छ,' उनले नागरिकसँग भने, 'सबै प्रक्रिया पूरा गरेर दुई महिनाभित्र परामर्शदाता नियुक्त गर्ने गरी काम सुरु गरिएको छ।'
परामर्शदाताको प्रारम्भिक छनोटमा परेका कम्पनी एमडब्लुएच इन्टरनेसनल (अमेरिका), इएलसी इलेक्ट्रिक पावर (इटली), जे पावर निपोन (जापान), स्मेक (अष्टे्रलिया), लामेयर (जर्मनी), वापकोस (भारत) र ट्र्याक्टेबेल इन्जिनियरिङ (फ्रान्स) छन्। ती सबै कम्पनीले नेपालमा विभिन्न आयोजनामा अहिले पनि परामर्शदाताको काम गरिरहेका छन्।
दातानिर्भर आयोजनामा दाताका सर्त मान्नुपर्दा आयोजना अध्ययन तथा निर्माणमा विगतदेखि नै ढिलाइ हुँदै आएको छ। प्रधिकरणका एक उच्च अधिकारी भन्छन्, 'परामर्शदाता नियुक्तिबारे निर्णय हुन नसकेर ६ महिना सञ्चालक समितिमा रोकियो, अब एडिबीले कति समय लिने हो?' ठेकेदार वा परामर्शदाता छनोट र नियुक्ति मै समय लाग्दा तोकिएको समयमा कुनै पनि आयोजना बन्न नसक्ने उनको टिप्पणी छ।
पूर्वसम्भाव्यता अध्ययनबाट आयोजना आकर्षक देखिएकाले एडिबी करिब एक प्रतिशत ब्याजमा सहुलियत ऋण दिन तयार भएको हो। नेपाल विद्युत प्राधिकरणले एडिबीसँग आयोजनाका लागि ६० लाख डलरका लागि सम्झौता गरिसकेको छ। बाँकी ३० लाख डलर दिने औपचारिक सहमति जनाएको प्राधिकरण अधिकारी बताउँछन्।
आयोजनाको प्रस्तावित विद्युतगृहसम्म बाटो पुगिसकेकाले केही ठाउँमा मर्मत गरेमात्र हुन्छ। आयोजनाबाट जम्मा ७५ घर विस्थापित हुने र घुर्मी–हलेसी–दिक्तेल सडक मध्यपहाडी लोकमार्गले बनाउने हुँदा सडक निर्माणमा आयोजनालाई थप भार नपर्ने इन्जिनियरिङ निर्देशनालयका निमित्त उप–कार्यकारी निर्देशक लीलानाथ भट्टराईले बताए। विस्तृत अध्ययन गर्न प्राधिकरणले सन् २०१३ अप्रिलमा विद्युत विकास विभागबाट अनुमतिपत्र लिएको थियो।
प्राधिकरणका अनुसार विभागले १ सय २० मिटर उचाइको बाँध निर्माण हुने गरी विस्तृत अध्ययन गर्ने अनुमति दिएको छ। तर यसो गर्दा पानीको उचित दोहन नहुने हुँदा १ सय ६० मिटर अग्लो बाँध निर्माण गरेर ३ सय ६५ मेगावाटसम्म आयोजनाको क्षमता बढाउने प्राधिकरणले तयारी गरिरहेको छ। सुनकोसी र दूधकोसीको दोभानभन्दा माथि सुरुङ खनेर जलाशय बनाई आयोजना निर्माण गर्दा कमला–डाइभर्सनलाई प्रशस्त पानी पुग्ने प्राधिकरण अधिकारी बताउँछन्।
आयोजनाको बाँध १ सय ८० मिटर अग्लो बनाउँदा ४ सय ८५ मेगावाट, २ सय बनाउँदा ६ सय ४० मेगावाट र २ सय २० मिटर अग्लोबाट ८ सय ४० मेगावाट बिजुली उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ। कम उचाइको बाँधमै ८ सय ४० मेगावाटसम्म बिजुली उत्पादन गर्न सकिने हुँदा स्रोतको उचित दोहन गर्नुपर्ने प्राधिकरणका इन्जिनियरको तर्क छ।
भट्टराईका अनुसार प्राधिकरण र एडिबीको संयुक्त लगानीमा विस्तृत इन्जिनियरिङ अध्ययन गर्ने सहमति भएको छ। आयोजनाको अध्ययन गर्न प्राधिकरणले ३० लाख अमेरिकी डलर लगानी गर्ने पनि उनले जानकारी दिए। प्राधिकरणले दोहोर्या एर गरेको अध्ययनले विभिन्न ६ क्षेत्रको विस्तृत अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ। यस्तै सम्भाव्यता अध्ययनमा आयोजनाको क्षमता ३ सय मेगावाट देखिए पनि ५ सय १० मेगावाटसम्म क्षमता वृद्धि गर्न सकिने देखिएको छ।
विस्तृत अध्ययनका क्रममा भौगोलिक, जल तथा मौसमसम्बन्धी र वातावरणीय तथा सामाजिक विषयमा थप अध्ययन गर्नु पर्नेछ। यसैगरी, आयोजनाको विस्तृत अध्ययन, गुणस्तरीय अध्ययन तथा लागत अनुमान, लगानीका लागि वित्तीय विश्लेषण, विस्तृत आयोजना लागत, कार्यान्वयन तालिका, जोखिम व्यवस्थापन र निर्माणका लागि परामर्शदाता र ठेकेदार छनोटको दस्तावेज तयारीको काम समेत गर्नुपर्छ।
जाइकाले विभिन्न जिल्लाबाट छानेको १० जलाशययुक्त आयोजनामा यो पहिलो प्राथमिकतामा परेको छ। सरकारले २०६५ सालमा घोषणा गरेको 'विद्युत संकट निरुपण कार्ययोजना' अनुसार बिजुलीको माग पूरा गर्न आयोजनाको कार्यान्वयन तत्काल गर्ने योजना बनेको थियो।
तत्कालीन सरकारले घोषणा गरेको १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजनामा उक्त आयोजना सन् २०१८ सम्म पूरा गर्ने लक्ष्य थियो। २०६६ सालमा बनेको एमाले नेतृत्वको सरकारले घोषणा गरेको २० वर्षमा २५ हजार मेगावाट बिजुली उत्पादन गर्ने योजनामा यो सन् २०२४ सम्म पूरा गर्ने लक्ष्य छ।
ओखलढुंगा र खोटाङ जिल्लामा बन्ने आयोजनाका लागि लामो दुरीको प्रसारण लाइन पनि निर्माण गर्नु नपर्ने अध्ययनमा उल्लेख छ। चार सय केभी हेटौंडा–दुहबी प्रसारण लाइननजिक सबस्टेसन बनाएर उत्पादित बिजुली जडान गर्न सकिनेछ। त्यसका लागि करिब ५० किलोमिटरको मात्र प्रसारण लाइन बनाए हुने प्रारम्भिक अध्ययनले देखाएको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् १९८५ मा गरेको कोसी नदी बेसिन गुरुयोजनाको अध्ययन क्रममा उक्त आयोजना आकर्षक भन्दै अगाडि बढाउन प्राधिकरणलाई सुझाव दिएको थियो। जाइकाको सुझावअनुसार प्राधिकरणले सन् १९८८ मा पूर्वसम्भाव्यता अध्ययन सुरु गरेको थियो।