चितवन-चितवनमा कुखुरा र मासुको मूल्य अझै एक हप्ता नबढ्ने भएको छ। जिउँदो कुखुरा र मासुको नयाँ मूल्य निर्धारण गर्न व्यवसायी असफल भएका छन्। मूल्य निर्धारण गर्ने कुखुरा बजार व्यवस्थापन संघमाथि नयाँ मूल्य तोक्न किसानले दबाब दिएका छन्। तर मूल्य बढाए पनि कार्यान्वयन गर्न सहज नभएको भन्दै संघ एक हप्ता पछि सरेको छ।संघमा ब्रोइलर कुखुरापालनसँग सम्बन्धित व्यवसायी र किसान आवद्ध छन्। संघले मंगलबार विज्ञप्ति निकालेर मासुको मूल्यमा अस्वस्थ प्रतिस्पर्धा नगर्न व्यवसायीलाई अपिल गरेको छ। संघको आयोजनामा सोमबार भएको भेलामा कुखुरापालक किसानले केही ठूला मासु पसलबीच मूल्य कम गर्न प्रतिस्पर्धा चल्दा कुखुराको मूल्य ज्यादै कम भएको गुनासो गरेका थिए।
भेलापछि मंगलबार किसान, सप्लायर्स, दाना डिलर र मासु पसल व्यवसायीको बैठक भएको थियो। सो बैठकले देशभर कुखुराको उत्पादन बढेकाले लागत मूल्य पाउने गरी तत्काल मूल्य तोके पनि कार्यान्वयन गराउन सक्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ।
‘लागत आउन गरी मूल्य तोक्दा कार्यान्वयन गर्न सक्ने सम्भावना देखिएन। लागत मूल्यभन्दा पनि कम हुने गरेर मूल्य तोक्नु पनि सान्दर्भिक भएन,' संघका अध्यक्ष शंकर कँडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले एक हप्तासम्म नयाँ मूल्य नतोक्ने बैठकले निर्णय गरेको छ।'
संघले किसानले बढी मूल्य आउने वातावरण बनाउन कुखुरा किनेर पसलमा पुर्यामउने सप्लायर्सलाई आग्रह गरेको छ। अहिले किसानले बेच्ने जिउँदो कुखुराको मूल्य प्रतिकिलो एक सय ३० रुपैयाँ र तयारी मासुको उपभोक्ता मूल्य दुई सय २० रुपैयाँ कायम गरिएको छ।
संघले दाना बिक्रेतालाई पनि लागत बढी हुन नदिने गरी कारोबार गर्न आग्रह गरेको छ। मासु व्यवसायीलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न भनेको छ।
संघले तय गर्ने मूल्य जहिले पनि मासु पसल सञ्चालक अनुकूल हुने र त्यो मूल्य पनि कार्यान्वयन नहुने किसानको गुनासो छ। मासु पसलले कममा बेच्ने प्रतिस्पर्धा गर्दा किसानबाट पनि कम मूल्यमा कुखुरा किन्ने परिपाटीले समस्या आएको किसानको गुनासो छ।