काठमाडौं- चालु आर्थिक वर्षको पहिलो दुई महिनामा कृषकले साढे ११ करोड रुपैयाँभन्दा बढी मूल्यको बाली र पशुधन बिमा गराएका छन्। सरकारले यस्तो बिमामा ७५ प्रतिशत प्रिमियम अनुदान दिने कार्यक्रम ल्याएपछि किसान सहभागिता बढेको कृषि विकास मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार किसानले गत आर्थिक वर्षभरिमा ६२ करोड ५४ लाख रुपैयाँको सम्पत्तिमात्र बिमा गरेका थिए। यो वर्ष सुरुमै साढे ११ करोड रुपैयाँको बिमा भएको घटनालाई मन्त्रालयले यसप्रति किसानको आकर्षण बढेको संकेत भनेको छ। मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरका अनुसार बाली तथा पशुबिमा कार्यक्रम सुरु भएयता ७४ करोड ९ लाख रुपैयाँ बराबरको बिमा भएको छ। गत वर्ष बाली तथा पशुधन बिमा गरेका किसानले १ करोड २९ लाख रुपैयाँ क्षतिपूर्ति लिएको तथ्यांक छ।
सरकारले अनुदान बढाएपछि सुदूर र मध्यपश्चिमका कृषकले बिमाप्रति चासो देखाएका हुन्। कृषि र पशुपालन व्यवसायका जोखिम कम गरी कृषकलाई आकर्षित गर्न र कृषि क्षेत्रमा निजी तथा सहकारी क्षेत्रको लगानी बढाउन २०६९ साल माघ १ गते बाली तथा पशुधन बिमा कार्यक्रम सुरु गरेको थियो।
कार्यक्रमअन्तर्गत मध्य र सुदूरपश्चिमका किसानले एनएलजी इन्स्योरेन्स कम्पनीमा ३७ करोड ३० लाख रुपैयाँभन्दा बढी रकमको बिमा गरेका छन्। प्रायः मान्छेको जीवन बिमा वा उद्योग व्यवसायको निर्जीवन बिमामात्र गर्ने चलन रहेको गत वर्षदेखि खेतीबाली र पशुपक्षीको पनि बिमा गर्ने चलन बढेको छ।
व्यावसायिक रुपमा कृषि र पशुपालन गर्ने किसानको लगानी सुरक्षा र जोखिमको भार कम गराउन सरकारले यो कार्यक्रम ल्याएको हो।
मन्त्रालयका प्रवक्ता ठाकुरका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा देशभरका किसान र पशुपालकले ११ करोड ५५ लाख रुपैयाँ बराबरको बाली तथा पशुधन बिमा गरेका छन्। 'यसको प्रिमियममा सरकारले ७५ प्रतिशत अनुदान दिएको छ,' उनले भने।
यसअघि किसानले आफ्नै पहलमा यस्तो बिमा गर्थे। त्यो प्रभावकारी नभएको भन्दै सरकारले प्रिमियममा अनुदान दिने कार्यक्रम ल्याएको मन्त्रालयले जनाएको छ।
यो वर्ष अनुदान र बिमाको सीमा बढाएकोले पोहोरको तुलनामा धेरै बिमा हुने मन्त्रालयको अनुमान छ। बिमासम्बन्धी प्रचारलाई व्यापक बनाइएको, कृषि कार्यालयले सक्रियता बढाएको र बिमा कम्पनीले समेत पहल गरेकाले विगतको तुलनामा धेरै बिमा हुने अनुमान गरिएको प्रवक्ता ठाकुरको भनाइ छ। 'गतवर्ष प्रिमियम अनुदान ५० प्रतिशतमात्र थियो। अहिले ७५ प्रतिशत छ। बिमांकको अधिकतम सीमा हटाइएको छ,' प्रवक्ता ठाकुरले भने, 'मन्त्रालय, विभाग, कृषि विकास र पशुसेवा कार्यालय तथा सेवा केन्द्रको सक्रियता र बिमा कम्पनीमा पहु“च पनि बढेकोले यो वर्ष निकै बढ्छ।' उनका अनुसार पोहोर बाली तथा पशुधन बिमामा १४ वटा बिमा कम्पनी संलग्न थिए।
बाली तथा पशुधन बिमा र कृषि यान्त्रीकरण प्रवर्द्धन नीति, २०७१ अनुसार सरकारले बिमा प्रिमियममा ७५ प्रतिशत अनुदान दिन्छ। मन्त्रालयका अनुसार कृषि विकास तथा पशुसेवा कार्यालय र सेवा केन्द्रहरुले पुलको काम गरिदिन्छन्। यी निकायले व्यावसायिक कृषि, पशुपालन र मत्स्यपालन गर्ने किसानलाई बिमाको जानकारी दिने, बिमा कम्पनीसम्म जानकारी पुर्यााइदिने तथा किसानको बिमायोग्य सम्पत्तिको मूल्यांकन गरी पुलको काम गरिदिने मन्त्रालयको भनाइ छ। प्रिमियम अनुदानका लागि विनियोजित बजेटभन्दा बढीको बिमा भए मन्त्रालयले रकमको व्यवस्था गर्ने प्रवक्ता ठाकुरले बताए।