चार कम्पनीसँग पाँच महिनामात्र बिजुली खरिद
२९ कार्तिक २०७१
•
८ मिनेट पाठ
चार कम्पनीसँग पाँच महिनामात्र बिजुली खरिद
काठमाडौं-नेपाल बिजुली प्राधिकरणले चार जलविद्युत आयोजनाबाट हिउँदका पाँच महिनामात्र बिजुली किन्ने प्रक्रिया सुरु गरेको छ। उत्पादित बिजुली भारतमा बेच्ने गरी अनुमतिपत्र लिएका भारतीय कम्पनीसँग यस्तो प्रक्रिया थालिएको हो।सन् २०१७ पछि हिउँदमा मात्र बिजुली खाँचो पर्ने हुँदा त्यही आधारमा सञ्चालक समितिको शनिबार बसेको बैठकले बिजुली किन्न प्रवर्द्धक कम्पनीसँग वार्ता अगाडि बढाउने निर्णय गरेको छ। बिजुली किन्ने निर्क्योलमा पुग्ने गरी प्रवर्द्धकसँग छलफल तथा वार्ता गर्न सञ्चालक लक्ष्मण अग्रवालको संयोजकत्वमा उप–समिति गठन गरिएको छ।
चार सय ४० मेगावाटको तीला–१, चार सय २० मेगावाटको तीला–२, दुई सय ८२ मेगावाटको मनाङ मर्स्याङ्दी र एक सय ३८ मेगावाटको माथिल्लो मर्स्याङ्दी–१ का प्रवर्द्धकले हिउँदमा बिजुली बेच्न प्राधिकरणसमक्ष प्रस्ताव पेस गरेका थिए।
तीला–१, २ एससी पावर कम्पनी इन्डिया, मनाङ मर्स्याङ्दी र माथिल्लो मर्स्याङ्दी–१ भारतकै राज रत्न कम्पनीले अनुमति पाएका छन्। सञ्चालक समितिले तिनै कम्पनीसँग सुक्खायामको बिजुली किन्ने गरी वार्ता गर्ने निर्णय गरेको प्राधिकरण कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए।
‘यहाँ हिउँदमा हुने बिजुलीको माग र भारतीय बजारलाई ध्यानमा राखेर हिउँदमा मात्र बिजुली बेच्न इच्छुक कम्पनीसँग प्रस्ताव मागिएको थियो,' उनले शनिबार नागरिकसँग भने ‘किन्ने बिजुलीको दर निर्धारण भएको छ, त्यही आधारमा प्रवर्द्धकसँग छलफल गरी निर्णय हुन्छ।'
प्राधिकरणले मंसिरदेखि चैतसम्म प्रतियुनिट १० रुपैयाँ ६० पैसामा बिजुली बेच्न इच्छुक कम्पनीसँग प्रस्ताव मागेको थियो। यसरी इच्छुक कम्पनीबाट प्रस्ताव माग्दा चार सय मेगावाटको तल्लो अरुणको प्रवर्द्धक बाजि्रलियन ब्रास पावर कम्पनीले पनि इच्छा देखाएको थियो। तर, उक्त आयोजनाको अनुमतिपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खारेज गर्न निर्देशन दिएपछि ऊर्जा मन्त्रालयले अनुमति खारेज गरिसकेको छ।
सञ्चालक अग्रवालको संयोजकत्वमा गठित उप–समितिले आन्तरिक अध्ययन पूरा गरेर कम्पनीसँग वार्ता सुरु गर्ने तयारी गरेको छ। समय नतोकिए पनि एक महिनाभित्र आन्तरिक तयारी सकेर वार्तामा जाने आधार तय गरिने अग्रवालले बताए। उनले भने, ‘मन्त्रीज्यूले पनि छिटो काम गर्न निर्देशन दिनुभएको छ। चार आयोजनाको कुरामात्र नभई भविष्यमा यसरी बिजुली किन्दा तय गर्नुपर्ने मापदण्ड समेत उप–समितिले निर्धारण गर्नेछ।'
प्राधिकरणले अहिले पनि भारतबाट प्रतियुनिट औसत नौ रुपैयाँमा बिजुली किन्दै आएको छ। ‘चार वर्षपछि भारतीय बजारमा बिजुलीको मूल्य निकै बढ्न सक्छ, यही उत्पादन गरेको बिजुली किन्दा सस्तो पर्छ,' बिजुली व्यापार विभागका निर्देशक हितेन्द्रदेव शाक्यले भने।
प्राविधिक चुहावट कम हुने हुँदा प्रवर्द्धकले पनि भारतको सट्टा नेपालमै बिजुली बेच्दा फाइदा हुने आस गरेका छन्। यद्यपि किन्ने निर्णय गर्नु पहिले देशको अर्थतन्त्रमा पर्ने दीर्घकालीन असरबारे अध्ययन हुने अग्रवालले बताए। यहाँ बिजुली बेच्न इच्छुक कम्पनीमा करिब ५ प्रतिशत नेपालीले पनि लगानी गरेका छन्।
चार वर्षपछि बिजुलीको माग र आपूर्तिबारे भार प्रेषण केन्द्रले गरेको प्रक्षेपणका आधारमा अध्ययन सुरु गरिने अग्रवालको भनाइ छ। ‘हामीलाई कति बिजुली चाहिन्छ, उनीहरुले कति बेच्न सक्छन् छलफल हुन्छ,' अग्रवालले भने, ‘बिजुलीको आवश्यक परिमाण र प्रणालीको क्षमता स्पष्ट भइसकेपछि किन्ने टुंगोमा पुगिनेछ।'
प्राधिकरण यसअघि योजना अनुगमन तथा प्राविधिक निर्देशनालयका उप–कार्यकारी निर्देशक सुवास दाहालको संयोजकत्वमा पाँच सदस्यीय कमिटीसमेत गठन गरेको थियो। प्राविधिक र आर्थिक पक्षमा प्राधिकरण स्पष्ट भएपछि वार्ता गर्दा फलदायी हुने प्राधिकरण अधिकारी बताउँछन्।
नेपाललाई मंसिरदेखि चैतसम्म बढी बिजुली आवश्यक पर्छ। वैशाख लागेपछि हिउँ पग्लन सुरु भई नदीमा पानीको वहाव बढ्न थाल्छ र विद्युतगृहबाट उत्पादनसमेत बढ्न थाल्छ। पाँचै महिनासम्म प्रवर्द्धकले बिजुली दिने भए उक्त अवधिमा भारतबाट महँगोमा किन्न पर्दैन।
सन् २०१७ पछि पनि वर्षामा मागभन्दा बढी र हिउँदमा बिजुली उत्पादन निकै कम हुने प्राधिकरणले प्रक्षेपण गरेको छ। चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसीबाट उत्पादन भए पनि त्यसले हिउँदका लागि खासै योगदान पुर्याधउँदैन। यसले सुक्खायाममा जम्मा ९० मेगावाट मात्र उत्पादन गर्छ।
हाल तीला–१, २ को अध्ययन भइरहेको र अन्य दुई आयोजनाले उत्पादन अनुमतिपत्र लिन विद्युत विकास विभागमा आवेदन दिएका छन्। नेपाल र भारतमा विद्युतको माग–आपूर्तिको अवस्था फरक छ। हिउँदमा नेपाललाई बढी बिजुली आवश्यक पर्छ भने यसको तुलनामा भारतमा कम माग हुन्छ। हिउँदका लागि ती आयोजनाबाट बिजुली खरिदको टुंगो लागेमा दुई देशबीचको बिजुली माग र आपूर्तिमा समेत सन्तुलन कायम हुने विज्ञहरु बताउँछन्।
चालु वर्षसम्म नेपालको कुल जडित क्षमता ७ सय ६० मेगावाट छ तर माग भने झन्डै १ हजार दुई मेगावाट पुगिसकेको छ। नदी प्रवाही आयोजनाबाट हिउँदमा एक चौथाई मात्र बिजुली उत्पादन हुने हुँदा प्राधिकरणले अपुग बिजुली भारतबाट आयात गर्दै आएको छ।


अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
११ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।




सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस