जुम्लामा पहिलोपटक व्यवसायिक हाँसपालन
२८ मंसिर २०७८
•
३ मिनेट पाठ
जुम्लामा पहिलोपटक व्यवसायिक हाँसपालन
जुम्ला चन्दननाथ नगरपालिका ४ की रीता चौलागाई विहानैदेखि हाँसको दानापानी र रेखदेखमै व्यस्त हुन्छिन्। प्रावि तहको पूर्व शिक्षिका उनले जागिरबाट स्वेच्छिक अवकाश लिएकी थिइन्। अहिले नियमित हाँसपालनमा सक्रिय छिन्। लोकमणी बहुपंक्षी पालन टर्की फर्म दर्ता गरेर उनले हाँस पालन गरिरहेकी छिन्। उनलाई पति नारायण चौलागाईले राम्ररी साथ दिएका छन्।




नारायण सरकारी जागिरे थिए। २०७६ सालमा सीप विकास कार्यालयको प्रमुख भएर उनले जागिरबाट अवकाश लिए। अहिले पतिपत्नी मिलेर नमुनाको हाँसपालन गरिरहेका छन्।

सरकारी जागिर खाएका कर्मचारी अवकाशपछि सक्रिय हुँदैनन भन्ने भ्रमलाई उनीहरुको जोडीले चिरेका छन्। नारायणले भने, ‘जुम्लामा व्यवसायिक रुपमा थालिएको यो पहिलो हाँसपालन हो। अब जिल्लाभर हाँसपालन गर्न किसानलाई प्रेरित गर्ने तयारी भइरहेको छ।’

उनको फर्ममा तीन जातको हाँस पालिएको छ। पेकिङ, चाइनीज र राजहाँस। पेकिङ मासु र अण्डाको लागि उपयुक्त छ। चाइनीज चल्ला निकाल्न र मासुको लागि राम्रो छ। राजहाँस हाँसपालनलाई शोभायमान बनाउन उपयुक्त छ।

हाँसपालन त्यति सजिलो छैन। रीताले भनिन्, ‘दाना सहज रुपमा पाइँदैन। एक बोरा दानाको ३५ सय रुपैयाँ पर्छ। तयारी दाना नेपालगन्ज हुँदै ल्याइन्छ। तर हाँस पाल्नुको आनन्द छुट्टै छ।’ अहिले दुई सय बढी हाँस छन्।

बजारमा मासुको माग बढ्दो छ। चल्लाको माग पनि धेरै छ। माग अनुसारको मासु र चल्ला पुर्याउन सकिएको छैन।

प्रतिकेजी हाँसको मासुु ८ सय ५० रुपैयाँ पर्छ। यो फर्मबाट सिंगो हाँस नै बिक्री हुन्छ। अहिले उनको गाउँका हरेक घरमा हाँस पालिएका छन्। व्यवसायिक रुपमा हाँसपालिका गरिएको यो पहिलो फर्म हो। १४ वर्ष शिक्षण पेसामा रहेर काम गरेकी रीता आफनो स्वाधिन पेसा अंगाल्दाको मजा छुट्टै हुने गरेको बताउँछिन्।

अहिले उनको घरमा हाँसपालन अवलोकन गर्न दैनिक पाँच देखि ७ जनासम्म आउजाउ गर्छन्। हाँसपालनबारे सोधपुछ गर्छन्। ‘हाँसपालन आर्थिक समृद्धिको आधार हो’, रीताले भनिन्, ‘हाँसपालनको लागि जुम्लाको हावापानी निकै सुहाँउदो छ। ९९ प्रतिशत रोग लाग्दैन। वर्षमा एक हाँस ४ केजीसम्म हुर्काउन सकिन्छ।’  

एक हाँस न्यूनत्तम १७ सय रुपैयाँमा बिक्छ। अहिले यहाँ उत्पादन भएका हाँसका चल्ला मुगु र डोल्पा जिल्लासम्म लगिएका छन्। नारायण र रीता जुम्लामै चार जातका चरा भित्र्याउने किसान हुन्। उनीहरुले चार वर्ष पहिले टर्की पालन गरे । पहिलोपटक दुई सय जोडी ल्याएर परीक्षण गरे। टर्कीको अण्डा, मासु र चल्ला बिक्री गरे। टर्कीको अण्डा एक सय रुपैयाँ १ गोटा बेचे। मासु प्रतिकेजी १ हजार रुपैयाँमा बेचे। एक सय ५० लौकाट पाले। अण्डा, मासु र चल्ला बेचे।

अण्डा प्रतिगोटा ५०,लौकाट प्रति गोटा २ हजार पाँच सयमा बेचे। टर्की मासुको लागि उपयुक्त भएपनि काट्न बधशाला नहुँदा समस्या भयो।

टर्की जुम्लामै १४ केजी सम्मको पालिएको थियो। बट्टाइ पालन पनि गरे। अण्डा १० रुपैयाँमा बेचे। जोडीको ५ सय रुपैयाँमा बट्टाइ बेचे। अहिले उनीहरुले बीउको लागि दुई जोडी टर्की राखेका छन्। उनले पालेका टर्की, लौकाट र बट्टाइ कर्णालीको कालिकोट, मुगु र डोल्पासम्म पुगेको थियो। अहिले भने उनीहरुले हाँसपालनलाई व्यवसायिक रुपमा अघि बढाएका छन्।

नारायणले भने, ‘हाँसपालन नाफामूलकभन्दा पनि अनुसन्धानमूलक रुपमा पालन गरिएको हो। जुम्लामा पहिलो हाँसपालन गर्ने किसानका रुपमा इतिहासमा दर्ज गर्न पालेको हुँ।’  

हाँस पंक्षीमा बुद्धिजीवी चरा हो। धामी, झाँक्री, गर्भवती र सुत्केरीलाई अण्डाको माग छ। उनी जुम्लाकै नयाँनयाँ प्रजातिका पंक्षी, बाली भित्र्याएर अनुसन्धान थाल्ने किसानका रुपमा कहलिएका छन्। उनले पहिलो पटक च्याउ खेति गरे। उनको सिको सबैले गरिरहेका छन्। मह उत्पादनदेखि मौरीपालन गरे। मह प्रशोधन प्रविधिको आविस्कार गरे। फलस्वरुप उनी जनसेवा श्री पदकबाट विभुषित भए। जिल्ला र नगरपालिकाले उनलाई उत्कृष्ट किसानका रुपमा सम्मान तथा पुरस्कृत गरिरहेको छ।

हाँसपालनबाट उनको झण्डै २० देखि २५ लाख रुपैयाँ सम्मको वार्षिक रुपमा कारोबार भइरहेको छ।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस