काठमाडौं-दुवै देशमा सहज बिजुली आदानप्रदानका लागि दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न नेपाल र भारत सहमत भएका छन्। दुई देशबीच हालै भएको विद्युत व्यापार सम्झौता (पिटिए) कार्यान्वयन गर्न पूर्वाधार अपरिहार्य रहेकाले उक्त प्रसारण लाइन बनाउने सहमति बनेको हो। भारतको नयाँ दिल्लीमा बिहीबारदेखि हुने दुवै देशका ऊर्जा सचिवस्तरीय संयुक्त बैठकमा प्रसारण लाइनका अलावा ग्रिड सञ्जाल विस्तार गर्नेबारे छलफल हुँदैछ।पिटिएपछि यसको कार्यान्वयनबारे दुवै देशका उच्च अधिकारीबीच दिल्लीमा हुन लागेको यो पहिलो बैठक हो। बैठकमा दोस्रो अन्तरदेशीय प्रसार लाइन निर्माणलगायत सीमा क्षेत्रका प्रसारण लाइन मर्मत तथा स्तरोन्नतिबारे छलफल हुने ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले बताए। उनले भने, ‘बिजुली किनबेच गर्न पूर्वाधार चाहिन्छ, पूर्वाधार निर्माणपछि अन्य विषयले प्राथमिकता पाउँछन्।'
बैठकमा सहभागी हुन ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीसहित, प्रवक्ता अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले, उप–कार्यकारी निर्देशक शेरसिंह भाट, विद्युत विकास विभागका महानिर्देशक दिनेश घिमिरे, मन्त्रालयका सिडिई राजु महर्जन सोमबार दिल्ली गएका छन्।
उक्त बैठकमा भारतका तर्फबाट विद्युत सचिव प्रदीपकुमार सिन्हा नेतृत्वमा १० सदस्यीय टोली सहभागी हुनेछ। बैठकले पिटिए कार्यान्वयनका लागि आवश्यक पूर्वकार्यक्रम तय गर्ने र त्यहीअनुसार कार्यकारिणी समितिलाई काम गर्ने अधिकार दिने अधिकारीको भनाइ छ।
सीमा क्षेत्रका प्रसारण लाइन निर्माण तथा मर्मत गर्ने विषयमा छलफल गर्न प्राधिकरणको अर्को टोली बुधबार दिल्ली जाँदै छ। ऊर्जा सचिवस्तरीय बैठकले गरेका निर्णयको आधारमा दुवै देशको कार्यसमितिले काम अगाडि बढाउने पनि प्रवक्ता अधिकारीले बताए।
बैठकमा दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिने र नदी बेसिनमा बन्ने आयोजनाको बिजुली भारत निर्यात गर्नेबारे समेत छलफल हुने अधिकारीले जानकारी दिए। उनका अनुसार भारतले नदी बेसिनमा बन्ने र निर्माण तयारीका आयोजनाबाट बिजुली भारत लैजाने आधार, कम्तीमा १५ वर्षलाई लक्षित गरी प्रसारण लाइन स्तरोन्नति, सार्क शिखर सम्मेलनलाई लक्षित गरी थप ७० मेगावाट बिजुली दिनेलगायत एजेन्डा छलफलमा राखेको छ।
भारतले पठाएका एजेन्डामा नेपालले भारतको ‘सेन्ट्रल ट्रान्समिसन युटिलिटी (सिटियू) मा प्राधिकरणलाई खुला गर्नुपर्ने, ग्रिड सञ्जालमा अन्तरआवद्धता र निर्यातमूलक आयोजनाको नियमन गर्नुपर्ने एजेन्डा थपेको छ।
ढल्केबर–मुजफ्फरपुर ४ सय केभी पहिलो प्रसारण लाइन निर्माणको तयारीलगत्तै प्राधिकरणले भारतसमक्ष दोस्रो प्रसारण लाइनसमेत निर्माण गर्नुपर्नेमा जोड दिँदै आएको थियो। पहिलो अन्तरदेशीय लाइनमार्फत दुई हजार मेगावाट बिजुली आदानप्रदान गर्न सकिने भए पनि नेपाल र भारततर्फ प्रसारण गर्ने उच्च क्षमताको प्रसारण प्रणाली नहुँदा एक हजार दुई सय मेगावाट भन्दा बढी बिजुली प्रवाह गर्न नसकिने भारतीय पक्षले बताएको छ।
सम्भावित प्रसारण लाइनमध्ये बर्दघाट–गोरखपुर ४ सय केभी लाइन प्रस्ताव गरिएको छ। तर भारतले कुन क्षेत्रमा प्रसारण लाइन बनाउन सम्भाव्य हुने भन्न्छ, त्यसमा निर्भर हुने प्राधिकरण ग्रिड विकास विभागका निर्देशक राजिश शर्माले बताए। ‘प्राधिकरणले भने एसियाली विकास बैंक (एडिबी) को सहयोगमा अध्ययनको तयारी गरेको छ। तर यो क्षेत्र सम्भाव्य नभए नयाँ बुटवल–गोरखपुर पनि बन्न सक्छ,' शर्माले भने।
नेपाल र भारततर्फ पर्याप्त प्रसारण र वितरण पूर्वाधार नबनेकाले सीमा क्षेत्रमा उच्च गतिका प्रसाराण लाइन बनाएर मात्र सहजरुपमा बिजुली आदानप्रदान नहुने प्राधिकरण अधिकारी बताउँछन्। दुवै देशको सहकार्य र अध्ययनपछि मात्र दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको क्षेत्र वा सीमा किटान हुने अधिकारीको भनाइ छ।
गत साउनमा नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष लम्की–बरेली वा सुर्खेत बरेलीसम्म ७ सय ६५ केभी उच्च क्षमताको प्रसारण लाइन बनाउन प्रस्तावसमेत अगाडि सारिएको थियो। नेपाल–भारतबीच तेस्रो प्रसारण लाइनका रुपमा निर्माण गर्ने छलफल भए पनि यसैलाई दोस्रो प्रसारण लाइनका रुपमा विकास गर्न सकिने पनि निर्देशक शर्माको भनाइ छ।
१० हजार ८ सय मेगावाटको जलाशय कर्णाली चिसापानीबाहेक उक्त सुदूरपश्चिम क्षेत्रमा ४ हजार ७ सय मेगावाटका आयोजनाको अनुमतिपत्र जारी भइसकेको विभागले जानकारी दिएको छ। जलविद्युत विकासका लागि दीर्घकालीन योजना र भारतको रायअनुसार लम्की–बरेली वा सुर्खेत–बरेलीसम्मको करिब ४ सय किलोमिटर लामो प्रसारण लाइनको प्रस्ताव गरिएको मन्त्रालयकाका अधिकारी बताउँछन्।