काठमाडौं— पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको 'विस्तृत आयोजना प्रतिवेदन' (डिपिआर) ६ महिनाभित्र पूरा गर्न नेपाल र भारत सहमत भएका छन्। भारतको नयाँदिल्लीमा मंगलबार र बुधबार बसेको 'पञ्चेश्वर विकास प्राधिकरण' सञ्चालक समिति बैठकमा निश्चित समयभित्र डिपिआर पूरा गरेर निर्माण प्रक्रिया थाल्न दुवै पक्ष सहमत भएका हुन्।'भारतको वापकोस लिमिटेडलाई डिपिआर टुंग्याउन जिम्मा दिने निर्णय भएको छ,' बैठकपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले टेलिफोनमा नागरिकसँग भने ।
काठमाडौंमा असोज ७ गते बसेको विकास प्राधिकरणको पहिलो बैठकले वापकोसलाई दुवै देशले बनाएको डिपिआर अद्यावधिक गर्ने जिम्मा दिइएको थियो । 'डिपिआर पूरा गर्न लाग्ने करिब ५० करोड रुपैयाँ भारतले नै बेहोर्ने सहमति भएको छ,' काफ्लेले भने, 'यो काम सकिएपछि आयोजना निर्माणका लागि लागत र लाभ बाँडफाँटको टुंगो लाग्नेछ ।'
पञ्चेश्वर विकास प्राधिकरणका लागि प्रमुख कार्यकारी र अतिरिक्त प्रमुख कार्यकारी छिटो नियुक्त गरेर काम सुरु गर्नुपर्नेमा दुवै पक्ष सहमत भएको उनले जानकारी दिए । बैठकमा नेपालतर्फबाट ऊर्जा सचिव राजेन्द्रकिशोर क्षत्रीको नेतृत्वमा १० र भारततर्फबाट जलस्रोत सचिव अनुजकुमार विश्नोईको नेतृत्वमा १२ सदस्यीय टोली सहभागी थियो ।
विकास प्राधिकरणको दिल्लीमा भएको यो दोस्रो बैठक हो । पहिलो बैठकले पहिलो तीन वर्ष प्राधिकरणको प्रमुख कार्यकारी नेपाल र अतिरिक्त प्रमुख कार्यकारी भारतको हुने निर्णय गरेको थियो । त्यसैअनुसार उक्त पदमा छिटो कर्मचारी नियुक्त गर्नुपर्नेमा दुवै पक्षले जोड दिएको काफ्लेले बताए ।
पहिलो बैठकले प्राधिकरणको विधानसमेत तयार गरेको थियो । विधानअनुसार नेपाल र भारतका तीन÷तीन जना कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरिएको थियो । आवश्यक कर्मचारी नियुक्त गरेपछि आयोजनाको लागतबारे छुट्टै अध्ययन गर्ने निर्णय पनि भएको छ ।
प्राधिकरण कार्यालय कञ्चनपुरको महेन्द्रनगरमा राख्ने सहमति भइसकेको छ । कार्यालय व्यवस्था नहुँदासम्म काठमाडौंमै सम्पर्क कार्यालय राख्न दुवै पक्ष सहमत छन् । काफ्लेका अनुसार तीन महिनापछि काठमाडौंमा हुने सञ्चालक समितिको तेस्रो बैठकले विकास प्राधिकरणका लागि आवश्यक कर्मचारी नियुक्त गर्नेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत साउन १८ मा नेपाल भ्रमणमा आउँदा आयोजना बनाउन तय गरिएको कार्यविधि (टिओआर) प्रधानमन्त्री सुशील कोइराला र उनले अनुमोदन गरिसकेका छन् । उक्त कार्यविधि दुई देशको सचिवस्तरीय तहमा सन् २००९ मै पारित भएको थियो तर दुवै सरकारबाट अनुमोदन हुन झन्डै पाँच वर्ष लाग्यो ।
नेपाल तर्फबाट अनुमोदन प्रक्रिया अघि बढाइए पनि भारत सरकारले चासो नदिँदा कार्यविधि अनुमोदन हुन लामो समय लागेको थियो । भारतमा मोदी सरकारले नेपालप्रति फरक दृष्टिकोण राखेकाले पनि लामो समयदेखि अवरुद्ध आयोजनाको डिपिआर प्रक्रिया अघि बढाउन भारतीय पक्ष सकारात्मक देखिएको हो ।
नेपाल भ्रमण बेला मोदीले संविधानसभा बैठकलाई सम्बोधन गर्दै एक वर्षभित्र डिपिआर पूरा गरेर निर्माण सुरु गर्नुपर्ने बताएका थिए । पञ्चेश्वर आयोजनाको निम्ति नेपाल र भारतले छुट्टाछुट्टै अध्ययन गरेर डिपिआर तयार पारेका थिए । नेपालले तयार पारेको डिपिआरमा आयोजना ६ हजार ७ सय २० मेगावाट र भारतीय डिपिआरमा ५ हजार ६ सय मेगावाट उचित हुने उल्लेख छ ।
वापकोसले अन्तिम डिपिआर बनाएपछि आयोजना कति क्षमतामा बनाउने टुंगो लाग्नेछ । यसअघि भारतले आयोजनाको ड्याम पूर्णागिरिमा बनाउन सिफारिस गरेको थियो भने नेपालले रुपालीगाढमा बनाउनुपर्नेमा जोड दिँदै आएको छ । संयुक्त डिपिआर बनेपछि यो विवादसमेत अन्त्य हुने मन्त्रालयका अधिकारी बताउँछन् ।
पानी उपयोग र क्षमता निर्धारणबारे दुवै देशबीच विवाद हुँदै आएकाले पनि लामो समयदेखि अन्तिम डिपिआर बन्न सकेको थिएन । स्थायी ड्याम रुपालीगाढमा बनाउँदा ६ हजार ४ सय ८० मेगावाट बिजुली उत्पादन हुने र त्यसभन्दा केही तल बन्ने रि–रेगुलेटिङ ड्यामबाट थप २ सय ४० मेगावाट बिजुली उत्पादन हुने अध्ययनमा उल्लेख छ । पूर्णागिरिमा ड्याम बनाउँदा नेपालतर्फ (बैतडीमा) को धेरै खेतीयोग्य जग्गा डुबानमा पर्ने हुँदा रुपालीगाढमै बनाउनुपर्ने ऊर्जा मन्त्रालयको जोड छ । उच्च ड्यामबाट आउने पानी २४ सै घन्टा समान रूपमा छोड्न रि–रेगुलेटिङ ड्याम आवश्यक पर्छ ।
सन् २०१० को अध्ययनअनुसार आयोजना लागत ३ खर्ब ३६ अर्ब रुपैयाँ अनुमान गरिएको छ । यसमा नेपालले करिब १ खर्ब ३० अर्ब रुपैयाँसम्म लगानी गरे पुग्छ । सम्भाव्यता अध्ययनअनुसार आयोजनाबाट वार्Èिक १२.३२ अर्ब युनिट विद्युत उत्पादन हुनेछ ।
आयोजना निर्माण अवधि १० वर्ष निर्धारण गर्ने र ८० प्रतिशत वित्तीय संस्थाबाट लगानी गरेमा सरकारको ढुकुटीबाट वर्षको करिब २ अर्ब ६० करोड रुपैयाँ लगानी गरे पुग्ने विद्युत विकास विभागका पूर्वमहानिर्देशक दिल्लीबहादुर सिंहले जानकारी दिए । नेपालले गरेको अध्ययनमा बिजुली उत्पादनबाट मात्र वर्षको ३४ अर्ब ५० करोड र सिँचाइ, कार्बन टे«डिङलगायत क्षेत्रबाट वार्षिक ५३ अर्ब रुपैयाँ आम्दानी गर्नेछ । आयोजनाबाट नेपालतर्फ २ हजार ९ सय २६ घरधुरी अर्थात साढे २२ हजार व्यक्ति विस्थापित हुनेछन् ।
दुवै देशका सरकारबीच महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर आयोजना विकास गर्ने गरी २०५२ माघ २९ गते महाकाली सन्धि भएको थियो । यसमा समेत रुपालीगाढभन्दा केही तल रि–रेगुलेटिङ ड्याम बनाउनुपर्ने उल्लेख छ । आयोजना अगाडि बढाउने सम्बन्धमा २०६६ मंसिर ९ मा भएको दुई देशबीचको बैठकमा प्राधिकरण गठन गर्ने विÈयमा छलफल भएको थियो । २०६७ मंसिर ८ र ९ गते दिल्लीमा भएको सचिवस्तरीय जलस्रोत बैठकमा समेत यसबारे छलफल गरिएको थियो ।