काठमाडौं- पश्चिम सेती जलाशय आयोजना बनाउन अनुमति पाएको चिनियाँ थ्री गोर्जेजको सहायक कम्पनी सिडब्लुई इन्भेस्टमेन्ट कर्पोरेसनले नेपालको बिजुलीको बजार अध्ययन गरेपछि मात्र निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ।सात सय ५० मेगावाटको आयोजना बनाउनुपूर्व यहाँको खास बिजुलीको बजार पत्ता लगाउनुपर्ने भन्दै उसले अध्ययनपछि मात्र निर्माणमा जानुपर्ने निचोड निकालेको हो। योजनाअनुसार कम्पनीले गत सातादेखि अध्ययन थालेको छ। उत्पादित बिजुली नेपालमै खपत हुन्छ वा हुँदैन भन्ने द्विविधा भएकाले बजार अध्ययन गर्न लागेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताए।
कम्पनीले यहाँको बिजुलीको बजार अध्ययन गर्न संघाई इन्भेस्टिगेसन डिजाइन एन्ड रिसर्च इन्स्टिच्युटका उपाध्यक्ष ली विको संयोजकत्वमा ली माओच्यु, लुओ क्विन, झाङ जिउदिङ, झाङ झिक्विङ र वू लिइ सदस्य रहेको कार्यदललाई जिम्मा दिएको छ। कार्यदलले तीन महिनाभित्र अध्ययन प्रतिवेदन तयार पारी थ्री गोर्जेको केन्द्रीय कार्यालयमा बुझाउने बोर्ड अधिकारीले बताए।
सरकारले दुई वर्षअघि कम्पनीलाई आयोजना बनाउने अनुमति दिएको थियो। बिजुली खरिद–बिक्री गर्ने नेपाल विद्युत प्राधिकरणले आयोजनाबाट उत्पादित बिजुली किन्न नसक्ने बताएपछि कम्पनीले सरकारसँग यसको 'ग्यारेन्टी' माग्दै आएको छ। सरकारसँग परामर्श गरेर नै कम्पनीले अध्ययन सुरु गरेको पनि पन्तले बताए।
थ्री गोर्जेजको मुख्य कार्यालयमा पेस गरेको प्रतिवेदन केन्द्रीय कार्यालयले स्वीकृत गरेपछि आयोजना निर्माण प्रक्रिया अगाडि बढाउन सकिने कम्पनीले जनाएको बोर्ड प्रवक्ता रिता तिवारीले बताइन्। कम्पनीले बोर्डलाई पत्र लेख्दै कात्तिक दोस्रो साता अध्ययन टोली नेपाल आउन लागेको जानकारी गराएको थियो।
बोर्डलाई कम्पनीले लेखेको पत्रमा उक्त कार्यदलले ६ महिनामा यहाँ बिजुलीको बजार अध्ययन गरिसक्ने उल्लेख छ। यद्यपि कम्पनीका अध्यक्ष वाङ युले बोर्डलाई लेखेको पत्रमा भनेका छन्, 'मैले कार्यदललाई चार महिनाभित्रै आवश्यक अध्ययन पूरा गर्न अनुरोध गर्नेछु, मलाई विश्वास काम छिटो सकिने छ।'
कार्यदलले गरेको अध्ययनका आधारमा निचोड निकालेर आयोजना बनाउने अन्तिम निर्णय लिइने पनि पत्रमा उल्लेख छ। कार्यदलको अध्ययनमा नेपालको बिजुली बजार सम्भाव्य र सकारात्मक देखिए यो वर्षको अन्त्यमा आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि अनुमतिपत्र लिन आवेदन दिइने छ। यद्यपि जलविद्युत आयोजना निर्माणमा विश्वमै नाम चलेको कम्पनी भएकाले पश्चिम सेती बनाउने क्षमता रहेको उसले प्रस्ट पारेको छ।
पश्चिम सेती बनाउने विषयमा कम्पनी निकै संवेदनशील रहेको जनाउँदै कम्पनीले भनेको छ, 'आयोजना बनाउन लायक देखिए सफलतापूर्ण निर्माण पूरा गर्न तयार छौं। ऊर्जा मन्त्रालयले भने बोर्डले कम्पनीसँग सहकार्य गर्न नसकेको भन्दै यही अवस्थामा आयोजना नबन्ने ठोकुवा गर्दै आएको छ।
लगानी खोज्ने नाममा १७ वर्ष अस्ट्रेलियाको स्नोइ माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक) ले ओगटेको लाइसेन्स २०६८ सालमा सरकारले खारेज गरेको थियो। खारेज हुनासाथ सरकारको बास्केटमा आएको आयोजना प्रतिस्पर्धाबाट दिनुपर्नेमा सरकारले हचुवामा सिडब्लुईलाई दिएको ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले बताएका छन्।
कम्पनीसँग समझदारी हुँदा आयोजना सन् २०२० भित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो। उत्पादित बिजुली देशमै खपत गर्ने योजनासाथ कम्पनीसँग समझदारी गरिए पनि यति ठूलो परिमाणको बिजुली प्राधिकरणले किन्न नसक्ने बताउँदै आएको छ।
जग्गा अधिग्रहण, पुनर्स्थापना र पुनर्बासका काम सरकारले गरिदिने विश्वास दिलाएकाले कम्पनी आयोजना बनाउन सकारात्मक देखिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत पन्तले बताए। आयोजनाका विषयमा ऊर्जा मन्त्रालय र बोर्डको धारणा फरक आएकाले संसदको कृषि तथा जलस्रोत समितिले सहकार्य गरेर आयोजना बन्ने वातावरण बनाउन निर्देशन समेत दिएको छ।
आयोजना पूर्वऊर्जामन्त्री गोकर्ण विष्टको कार्यकालमा खारेज गरी विद्युत ऐन, २०४९ को दफा ३५ अनुसार चिनियाँ कम्पनीलाई दिइएको थियो। थ्री गोर्जेज चीनमा एउटै आयोजनाबाट साढे २२ हजार मेगावाट बिजुली उत्पादन गरेको कम्पनी भएकाले उसैको विश्वासका आधारमा सरकारले उसको सहायक कम्पनीलाई दिएको हो।
सिडब्लुईसँग २०६९ मा भएको समझदारीमा आयोजनाको कुल लागतको १० प्रतिशत सेयर स्थाीयलाई छुट्याउनुपर्ने उल्लेख छ। साथै सुदूरपश्चिम क्षेत्रको विद्युतीकरणका लागि एक सय ५० मेगावाट बिजुली उपलब्ध गराउन कम्पनी सहमत भएको थियो।
उत्पादित बिजुली प्रसारण तथा वितरण गर्न आवश्यक झन्डै पाँच सय किलोमिटर लामो प्रसारण लाइनका लागि समेत चिनियाँ एक्जिम बैंकमार्फत लगानी जुटाइदिने कम्पनीले सरकारलाई आश्वासन दिएको थियो। बिजुली आयोजनास्थलदेखि बुटवलसम्म ल्याउन चार सय केभी प्रसारण लाइन बनाउनुपर्ने पूर्वसम्भाव्यता अध्ययनमा उल्लेख छ। स्मेकसँग सम्झौता हुँदा करिब एक खर्ब लागत अनुमान गरिए पनि अहिले करिब एक खर्ब ८० अर्ब रुपियाँ (२ अर्ब अमेरिकी डलर) कायम गरी सन् २०२१ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।