पोखराका बैंकको नाफा १८ करोड ३६ लाख रुपैयाँ
०६ मंसिर २०७१
•
५ मिनेट पाठ
पोखराका बैंकको नाफा १८ करोड ३६ लाख रुपैयाँ
पोखरा-पोहोरको उही अवधिमा कत्ति नाफा गर्न नसकेको पोखरा फाइनान्सले यो आर्थिक वर्षको पहिलो तीन महिनामा २० लाख रुपैयाँ नाफा गर्‍यो। पोखरालाई आधार बनाएर सञ्चालित बैंक तथा वित्तीय संस्थाले गएको आर्थिक वर्षभन्दा यसपालि नाफा बढाएका छन्। यहाँका ११ वटा संस्थाले यो वर्षको पहिलो त्रैमासमा झन्डै सोढ १८ करोड रुपैयाँ नाफा गरेका छन्।प्रायजसो ६० को दसकपछि स्थापित बैंकहरुले आफ्नो कारोबार बढाउँदै जाँदा नाफाको आयतन पनि बढाएका हुन्। ‘बिजसेन बढेको छ। त्यसैले नाफा पनि बढ्यो,' गण्डकी विकास बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत छविन्द्र शर्माले नागरिकसँग भने। प्रायस बैंकले यो वर्ष लक्ष्य गरेको नाफाको झल्को पहिलो त्रैमासले देखाइसकेको छ।
सिटी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विश्वमोहन अधिकारी निक्षेप र लगानी बढाउनाले बैंकको नाफा पनि उकालो लागेको बताउँछन्। पछिल्लो समय पोखराको पर्यटन उद्योग विस्तार हुँदा बैंकहरुमा पनि सकारात्मक प्रभाव देखिएको छ। भारतीय र चिनियाँ पर्यटकको आगमन बढ्दा यहाँका होटल रेस्टुरेन्टले गएको वर्षदेखि अफ सिजनको अनुभव गरेनन्।
सँगसँगै रेमिटेन्स आम्दानीको प्रभाव बजारमा पर्दा त्यसले पनि बैंकहरुको बिजनेस विस्तारमा योगदान पुगेको बैंकरहरुको ठहर छ। ओम फाइनान्सका महाप्रबन्धक बुद्धि मल्ल बैंकको नाफा बढ्नु भनेकै अर्थतन्त्रकै फैलावट बढेको संकेत हो भन्छन्। ‘पोखराको हकमा पर्यटन उद्योगको सुधार सँगै व्यापार व्यवसायको विस्तार पनि बैंकको नाफा बढ्नुको कारण हो,' उनले भने।
सबैभन्दा बढी नाफा गरेको मुक्तिनाथ विकास बैंकले भने लघुवित्त क्षेत्रलाई केन्द्रित गरेको छ। गाउँगाउँमा युवाहरुले कृषि कर्म गर्न उसबाट ऋण लिएका छन्। गाउँमा कृषि अर्थतन्त्र चलायमान हुँदा उक्त बैंकको ऋण लगानी र नाफामा बढोत्तरी देखिएको छ।
मेट्रो विकास बैंकका सिइओ सूर्यप्रसाद तिवारी नयाँनयाँ ठाउँमा शाखा विस्तार गरेर त्यहाँको आर्थिक कारोबार बढाउँदा आफ्नो बैंकले पनि नाफा बढाइरहेको बताउँछन्। ‘ग्रामीण इलाकाका बजारमा शाखा खोलेर त्यहाँ बैंकिङ कारोबार गर्दा बजार र हामी दुवैलाई फाइदा भएको छ,' उनले भने, ‘लमजुङको भोर्लेटार त्यसको एउटा उदाहरण हो। हामी जानुअघि र पछि त्यहाँको अर्थतन्त्रमा धेरै फरक आएको छ।'
पोखराका बैंकहरुको मुख्य लगानीको क्षेत्र व्यापार व्यवसाय, हाउजिङ, निजी घर, हायरपर्चेज, पर्यटन र कृषि हो। यीमध्ये कृषि र पर्यटनमा कसैले पनि १० प्रतिशतसम्म लगानी पुर्यााउन सकेका छैनन्। व्यवसाय र हाउजिङ लगानीका मुख्य आधार बनेका छन्। कृषिमा लगानी भने बढ्दो छ। २ वर्षअघिको तुलनामा यो शीर्षकको लगानी दोब्बरभन्दा बढीले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। गण्डकी धौलागिरीका ८ जिल्लामा मात्रै पोखरामा आधारित र काठमाडौं केन्द्र भएका बैंकले गरेको लगानी साढे ५ अर्ब रुपैयाँ छ।
पोखरामै केन्द्र भएका फाइनान्स ४ वटा छन् भने विकास बैंकको संख्या ७ छ। सबैले गण्डकी धौलागिरीका जिल्लाहरुमा शाखा विस्तार गरेका छन्। एकाधको भने पूर्वपश्चिममा पनि शाखा छन्। गण्डकी धौलागिरीका ८ जिल्लामा वाणिज्य बैंक र तिनका शाखाहरु गरी १४० कार्यालय छन्। त्यसपछि विकास बैंकका १५७, वित्त कम्पनीका ३३ र लघुवित्तका ५१ कार्यालय छन्। ती सबै गर्दा बैंकिङ सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुको कार्यालय संख्या ३ सय ८१ पुग्छ।


अर्को समाचार
पोखराका बैंकको नाफा आधा अर्ब
३० फागुन २०७१
•
५ मिनेट पाठ
पोखराका बैंकको नाफा आधा अर्ब
पोखरा-गएको साउनदेखि पुससम्म पोखराका बैंक तथा वित्तीय संस्थाले ५० करोड रुपैयाँ खुद नाफा गरेका छन्। यो सहरलाई केन्द्र बनाएर सञ्चालन भएका विकास बैंकको संख्या सात र फाइनान्स कम्पनीको संख्या चार छ। ती सबैले गरेको खुद नाफा आधा अर्बनजिक छ।सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले नाफा गरेको छ। उसले गएको ६ महिनामा १० करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको हो। गाउँघरतिरका साना उद्यमी र व्यवसायीबीच लोकप्रिय बनेको यो बैंकले लघुवित्त कार्यक्रम सञ्चालन गरेर त्यतिका नाफा गर्न सफल भएको छ। ‘लघुवित्त कार्यक्रमबाट पनि नाफा गर्न सकिन्छ भन्ने उदाहरण दिन सकेका छौं,' मुक्तिनाथका सिइओ भरतराज ढकालले नागरिकसँग भने। मुक्तिनाथ बैंकले यो वर्षको पहिलो त्रैमासमा पनि सबैभन्दा बढी नाफा कमाएको थियो। 
पर्यटन व्यवसाय र रेमिटेन्सको आम्दानीलाई आधार बनाएका बैंकसँग खराब कर्जाको प्रतिशत निकै न्यून छ। मुक्तिनाथपछि सबैभन्दा धेरै नाफा गरिमा विकास बैंकले गरेको छ। यो बैंकले गएको पुस मसान्तसम्म कमाएको खुद नाफा ६ करोड ५२ लाख रुपैयाँ छ। त्यसपछि बढी नाफा गर्नेमा क्रमशः सिटी विकास बैंक ५ करोड ५९ लाख र विश्व विकास बैंक ५ करोड ५६ लाख रुपैयाँ छ। 
ओम फाइनान्सले ४ करोड ७५ लाख र फेवा फाइनान्सले ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको छ। गण्डकी विकास बैंकको खुद नाफा ४ करोड १६ लाख रुपैयाँ छ भने कामना विकास बैंकले ३ करोड ५६ लाख रुपैयाँ कमाएको छ। कास्की फाइनान्सले २ करोड २२ लाख र मेट्रो विकास बैंकले २ करोड ३ लाख र पोखरा फाइनान्सले ५५ लाख रुपैयाँ खुद नाफा गरेको छ। 
पोखरालाई केन्द्र बनाएर सञ्चालित बैंक फाइनान्सले पछिल्लो समय बढाएको नाफाको आधार उनीहरुको विस्तातिर व्यवसाय नै हो। बैंक फाइनान्सले शाखाहरुसमेत बढाउँदै व्यवसाय विस्तार गरेका छन्। गएको ६ महिनामा सिटी विकास बैंकले मात्रै ४ शाखा बढाएको थियो। मुक्तिनाथ विकास बैंकले पनि पोखरा उपत्यकाभित्रै ३ र अन्त पनि शाखा विस्तारलाई तीब्र पारेको थियो। 
पछिल्लो समय यहाँको पर्यटन उद्योगमा भएको वृद्धिले पनि बैंकिङ क्षेत्रको नाफामा योगदान गरेको छ। करोडौं करोडका होटल/रेस्टुरेन्ट खुलेपछि त्यो क्षेत्रमा बैंकिङ लगानी विस्तार भएको छ। ‘औद्योगिक विकास खासै नभए पनि कृषि र पर्यटन क्षेत्र फस्टाउँदै गएको छ,' गण्डकी विकास बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत छविन्द्र शर्माले नागरिकसँग भने। 
कृषिमा पनि गाईभैंसीपालन फस्टाउन थालेको शर्मा बताउँछन्। ‘पहिलापहिला कृषि भन्नेवित्तिकै कुखरापालन धेरै हुन्थ्यो,' उनले भने, ‘अचेल गाईभैंसी पाल्नेहरु बढी छन्।' उनका अनुसार गाईभैंसी पाल्ने भनेर ऋण लिनेहरुले अधिकतम पनि डेढ–दुई करोड रुपैयाँ माग्न थालेका छन्। कृषि पनि व्यावसायिक बन्न थालेपछि यसमा बढी लगानीको खाँचो देखिएको हो। घरजग्गा कारोबारमा आएको वृद्धिले पनि बैंकिङ संस्थाको व्यवसाय बढेको उनले बताए।
कास्की फाइनान्सका सिइओ तोयराज अधिकारी कृषि र पर्यटनमा भएको विस्तार नै आफूहरुको संस्थाको नाफाको सबैभन्दा ठूलो आधार भएको बताउँछन्। उनले पछिल्लो समय लघुवित्त क्षेत्रमा पनि लगानी बढाउँदै लगेको जानकारी दिए। ‘लघुवित्तको छुट्टै विभागै खोलेर सेवा बढाएका छौं,' उनले नागरिकसँग भने।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस