भुकताङ्ले (पर्वत)- मुलुकको अग्रणी औद्योगिक घराना चौधरी ग्रुपले पहिलोपटक जलविद्युतमा लगानी गरेको छ। ग्रुपको लगानीमा कास्की र पर्वत सिमानाको मोदीखोलामा निर्माण हुने मध्यमोदी जलविद्युत परियोजनाको निर्माण सुरु भएको छ। ग्रुपका अध्यक्ष विनोद चौधरीले पर्वतको भुकताङ्ले गाविसको वीरेठाँटीमा परियोजनाको आइतबार शिलान्यास गरे। नदी प्रवाहमा आधारित (रन अफ दी रिभर) परियोजना १५.१ मेगावाटको हो। दुई अर्ब ८० करोड रुपैयाँ लगानीमा बन्ने परियोजनाका लागि चौधरी ग्रुपले नेपाल जलविद्युत पूर्वाधार तथा विकास लिमिटेड स्थापना गरेको छ। उक्त संस्थाले भारतीय कम्पनी कोस्टल इन्डियासँग साझेदारी गरेको छ। त्यसबाहेक नेपाल सरकारको पनि केही लगानी रहने छ। परियोजना तीन वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ। प्राइम बैंकको अगुवाइमा सेन्चुरी, ग्लोबल आइएमई, एनसिसी बैंक र क्लिन इनर्जी तथा कैलाश विकास बैंकले लगानी गर्ने जानकारी परियोजना प्रमुख कुमार बज्राचार्यले दिए। जलविद्युतमा लगानी गर्ने २५ वर्षदेखिको सपना पूरा भएको अध्यक्ष चौधरीले बताएका छन्। ‘हामीले धेरै पहिला नै जलविद्युतमा लगानी गर्न चाहेका थियौं,' उनले पत्रकारहरुसँग भने, ‘तर सानो परियोजना भए पनि सुरु गर्न पाएकोमा खुसी लागेको छ।' परियोजना निर्माण गर्न ग्रुपले हिमाल हाइड्रोलाई ठेक्का लगाएको छ। चौधरीले एक वर्षभित्रै कास्कीको मादीमा ४४ मेगावाटको सुपर मादी हाइड्रो पावर निर्माण सुरु गर्न लागेको जानकारी पनि दिए।
चौधरीले नेपाललाई ऊर्जा निर्यात गर्ने मुलुक बनाउने गरी जलविद्युतमा लगानी गर्नुपर्ने खाँचो पनि त्यस अवसरमा औंल्याए। ‘प्रकृतिले हामीलाई धेरै दिएको छ, धेरै बनाएको छ,' उनले भने, ‘अब हामीले बनाउनुपर्छ।'
चार सय मेगावाट क्षमताको परियोजनामा लगानी गर्ने वर्षौंअघिको प्रयास विफल भएको सम्झँदै चौधरीले अब भने जलविद्युतमा निजी क्षेत्रलाई अनुकूलता बढ्दै गएको सुनाए। ‘जलविद्युतको विकास गर्न दिनुहुन्न भन्ने मानसिकता बोकेकाहरु अल्पमतमा पर्दै छन्,' उनले भने, ‘राजनीतिक दल र कर्मचारीतन्त्रमा पनि अब जलविद्युतमा लगानी सहज बनाउनुपर्छ भन्ने भइसकेको छ।' लोडसेडिङ लगायत कारण पनि जलविद्युतमा लगानी अब कसैको दबाबमा रोक्न नसकिने भइसकेको उनले बताए।
केही वर्ष पहिला आफूले मोदीखोलामै उपरमोदी हाइड्रो बनाउन चाहँदा नपाए पनि फेरि उही खोलामा आउनुलाई चौधरीले सुखद संयोगको संज्ञा दिए। सन् २००८ मा अमेरिकी लगानीकर्ताको साझेदारीमा १५ सय मेगावाट क्षमताका परियोजना सुरु गर्ने निर्णय लिँदा प्रतिकूल वातावरणका कारण पछि हट्नुपरेको घटना पनि उनले सम्भि्कए। ‘त्यतिखेर अगाडि बढाइएका परियोजना सम्पन्न गर्न सकिएको भए सायद नेपालीले अहिले दैनिक १६ घन्टाको लोडसेडिङ भोग्नुपर्ने थिएन,' उनले भने।
आफूजस्तो व्यक्तिले समेत जलविद्युतमा लगानी गर्ने वातावरण नपाएको अवस्थामा अरुले झन् काम नै गर्न नसक्दा अहिले लोडसेडिङ भोग्नुपरेको उनको भनाइ थियो। अब भने त्यस्तो प्रतिकूलता कमजोर हुँदै गएको भविष्य उज्याले रहेको उनले बताए। ‘५/७ वर्षपछि जलविद्युतका उपभोक्ता पनि देवता हुन् भन्ने दिन आउँछ,' चौधरीले भने, ‘अहिले उपभोक्ता हामीलाई बिजुली देऊ भन्दै धाउनुपरेको छ, भोलि विद्युत उत्पादक उपभोक्ताकहा“ धाउनेछन्।'
हिमाल हाइड्रोका विनय रजौरियाले २.८ किलोमिटर टनेल बनाएर मोदीखोलाको पानीलाई पर्वत देउपुर पुर्यािई बिजुली निकालिने जानकारी दिए। अरु परियोजनामा जस्तो पावरहाउस भूमिगत बनाउनु नपर्ने भएकाले मध्यमोदीको काम छिटो र सस्तोमा पूरा हुने पनि रजौरियाले बताए। ‘सुरुङको पानी पेनस्टक (पाइप) बाट सिधै पावर हाउस पुग्छ,' उनले भने। बाँध भने भुरुङ्गी र मोदीखोलाको दोभानभन्दा केही तल कास्की र पर्वतको सीमामा बाँधिने जानकारी उनले दिए। परियोजनाबाट कास्की र पर्वतका ६ गाविस प्रभावित हुनेछन्।
वीरेठाँटी आमा समूह कास्कीकी अध्यक्ष विष्णुमाया गुरुङले गाउँमा जलविद्युत परियोजना आएकोमा खुसी व्यक्त गरिन्। ‘गाउँगाउँमा टोलटोलमा र यहाँका पोलपोलमा रुखरुखमा बत्ती बल्यो भने विदेशमा जस्तै हुन्थ्यो,' उनले भनिन्।