काठमाडौं-नेपाल र भारतबीच भएको द्विपक्षीय पर्यटन प्रवर्द्धन तथा विकाससम्बन्धी समझदारीपछि पर्यटन उद्योगले ‘उल्लेख्य छलाङ' मार्ने विज्ञहरूले अनुमान गरेका छन्। यसको नेतृत्व भने नेपाली पक्षबाट हुनुपर्ने उनीहरूको भनाइ छ।भारत छिमेकीमात्र नभई नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा बृहत भूमिका खेल्न सक्ने राष्ट्र हो। नेपाल भ्रमणमा आउने कुल पर्यटकको ४० प्रतिशतभन्दा बढी हिस्सा भारतीयले ओगट्ने गरेका छन्। उताबाट कम खर्च गर्नेदेखि बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक आइरहेका छन्।
बुद्ध जन्मस्थल लुम्बिनी भारतीय पर्यटकको पहिलो रोजाइ हुने गरेको छ। भारतीय टुर अपरेटरहरूले ‘लुम्बिनीमा एक रात पनि बास नबस्ने र केही खर्च नगर्ने' गरी टुर वा ट्राभल प्याकेज बनाउने गरेका कारण भारतीय पर्यटकबाट नेपालको पर्यटन उद्योगले उल्लेख्य आम्दानी भने गर्न नसकिरहेको व्यवसायीको गुनासो छ।
नेपाली टुर अपरेटरहरूले कम्तीमा तीन रात र चार दिन लुम्बिनी क्षेत्र घुम्न मिल्ने गरी भ्रमण प्याकेज बनाएका छन्। यसबाट भारतीयमात्र नभई तेस्रो देशका पर्यटकले लुम्बिनी र कपिलवस्तु क्षेत्रमा पर्याप्त भ्रमण र मनोरञ्जन लिनसक्ने व्यवसायीको भनाइ छ।
‘नेपाल र भारतबीच भएको पर्यटन प्रवर्द्धन र विकाससम्बन्धी समझदारीबाट हामी सकारात्मक छौं,' वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाँडेले बुधबार नागरिकसँग भने, ‘यो समझदारीबाट लुम्बिनीसहित समग्र नेपालको प्रवर्द्धन हुनेछ तर यसको नेतृत्व नेपाली पक्षले लिनुपर्छ। हामीसँग ज्ञान, उपाय र मान्छेलाई प्रभावित पार्नसक्ने क्षमता छ।' अब चाँडै लुम्बिनी गएर त्यहाँका होटल तथा टुर अपरेटरलाई यसबारे जानकारी गराइने उनले बताए।
भारतीय टुर अपरेटरले मायादेवी मन्दिर देखाउने गरी प्याकेज बनाउने गरेकाले समस्या परिरहेको उनको भनाइ छ। विभिन्न देशबाट भारतका बोधगया वा बनारससम्म जहाजमा आउने र त्यहाँबाट गाडीमा लुम्बिनी ल्याइने प्याकेजबाट नेपाली पक्षलाई कुनै आम्दानी नहुने उनले उल्लेख गरे।
‘तेस्रो देशका पर्यटकलाई काठमाडौंस्थित भारतीय दूतावासले बुद्धिस्ट सर्किट वर्ग बनाई भिसा दिने व्यवस्था गर्नुपर्छ,' लुम्बिनी हुँदै बुद्ध सम्बद्ध भारतीय स्थल भ्रमण रुट तयार पारेको बुद्धिस्ट सर्किट डटकमका संस्थापकसमेत रहेका पाँडेले भने, ‘यस्तो व्यवस्था भए दुवै देशको पर्यटन प्रवर्द्धन र विकासमा ठूलो योगदान पुग्ने छ।'
बुद्धिस्ट सर्किट डटकमले नेपाल र भारत समेटेर यसअघि नै ‘बुद्धिस्ट सर्किट' का दुईवटा रुट तयार पारिसकेको छ। पाँडेका अनुसार पहिलो रुटअन्तर्गत लुम्बिनीबाट सुरु भई भारतका वैशाली, बोधगया, सारनाथ र कुशीनगर हुँदै पुन : लुम्बिनी आएर टुंगिन्छ। दोस्रो रुट लुम्बिनीबाट कुशीनगर, बोधगया, सारनाथ हुँदै वाराणसी जाने र त्यहाँबाट निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरको जहाबाट काठमाडौं फर्कने गरी बनाइएको छ।
बुद्धिस्ट सर्किट नेपाल र भारतसहित विश्वभरका ५५ करोडभन्दा बढी बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण मार्ग हो। यसले बुद्ध जन्मस्थल लुम्बिनीलगायत बुद्धत्व प्राप्त गरेको स्थल बोधगया, पहिलो प्रवचन दिएको सारनाथ र महापरिनिर्वाणस्थल कुशीनगरलाई समेटेको छ।
भारतबाट आउने गाडीले पर्यटक ल्याउँदा लुम्बिनीलाई सबैभन्दा अन्तिम गन्तव्य बनाउने गरेको पाँडेले बताए। तर, आफूले बनाएको प्याकेजमा बुद्ध जन्मस्थल लुम्बिनीबाट सुरु भई बुद्धले ज्ञान प्राप्त गरेका भारतीय स्थलजाने नक्सा रहेको उनले जानकारी दिए।
निकट भविष्यमै सञ्चालनमा आउने गरी भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम पनि तीव्र गतिमा अगाडि बढिरहेको छ। त्यसपछि क्षेत्रीय उडानमार्फत सिधै लुम्बिनी जान सकिने र त्यसबाट पर्यटकले थप सस्तोमा भ्रमण गर्न पाउने उनले बताए।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनका अवसरमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ र नेपालका लागि भारतका राजदूत रणजीत रायले द्विपक्षीय पर्यटन प्रवर्द्धन तथा विकाससम्बन्धी समझादारीपत्रमा हस्ताक्षर गरेका थिए।
पर्यटन तथा आतिथ्य सत्कारका क्षेत्रमा द्विपक्षीय सहकार्य अभिवृद्धि गर्न समझदारी गरिएको हो। त्यसबाहेक पर्यटन व्यवसायका सरोकारवालासँग प्रत्यक्ष संवाद तथा सहकार्य अभिवृद्धि, सूचना तथा तथ्यांक विनिमय, पर्यटन व्यवसायीबीच सहकार्य, बजार प्रवर्द्धनका क्षेत्रमा अनुभव वितरण र संयुक्त कार्यदल निर्माण गर्ने समझदारीमा उल्लेख छ।
‘नेपाल र भारत छिमेकी हुनाले पर्यटन क्षेत्रमा राम्रो सहकार्य गरी धेरै फाइदा लिन सक्छन्। दुवै देशमा पर्यटक आवागमन बढिरहनुका साथै पर्यटन आकर्षणका विविध पक्ष परिपूरक रहेका छन्,' समझदारीपत्रमा छ, ‘यस क्षेत्रमा रहेका धेरै सम्भावना उजागर गर्न संयुक्त प्रयास जरुरी पर्छ। बुद्धिस्ट सर्किटजस्ता अवधारणा मार्फत धार्मिक पर्यटनको विकास गर्न सकिन्छ। संयुक्त कार्यदल निर्माण हुँदा थप उपलब्धी हासिल गर्न सकिन्छ।'
तथ्यांकअनुासर नेपाल आउने पर्यटकमध्ये भारतीयको संख्या सबैभन्दा बढी हुने गरेको छ। सन् २०१२ को पर्यटक आगमन तथ्यांकअनुसार १ लाख ६५ हजार ८ सय १५ भारतीय नेपाल भ्रमण गर्न आएका थिए। यो संख्या नेपाल घुम्न आउने कुल पर्यटकको ४० प्रतिशतभन्दा बढी हो।
‘दुई छिमेकीबीच यस्तो समझदारी हुनु असाध्यै सकारात्मक विषय हो,' नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष तथा गण्डकी टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामकाजी कोनेले भने, ‘यो समझदारीलाई पूर्णरूपमा कार्यान्वयन गर्दै लाने हो भने नेपालको पर्यटन उद्योग भारतीय पर्यटकबाट धान्न सकिन्छ।'
भारतीय पर्यटक नेपाल घुम्न आउँदा साना बजारदेखि ठूला सपिङ कम्प्लेक्स वा डिपार्टमेन्टल स्टोर पुगेर सबैभन्दा बढी किनमेल (सपिङ) गर्न रुचाउने उनले बताए। यसबाट पर्यटन उद्योगलाई मात्र नभई समग्र अर्थतन्त्रमा योगदान पुग्ने उनको भनाइ छ।
‘हामी परम्परागत हिसाबमा युरोप, अमेरिका, अस्ट्रेलियामात्र भनिरहन्छौं, तर अब भारतीय बजातिर पनि हेर्ने बेला आइसकेको छ,' कानेले भने, ‘अब बढीभन्दा बढी भारतीय पर्यटक ल्याउनेतर्फ सबैले सोच्नुपर्छ। त्यसमाथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय र हजार दरका भारु प्रयोग नेपालमा पुनः खुला गर्न पहल गर्ने बताएपछि उताबाट आउने पर्यटक पनि बढ्ने विश्वास छ।'
काठमाडौंबाट नयाँदिल्ली सिधा बस सेवाको औपचारिक सुरुआत भएर पनि पर्यटन उद्योगमा अर्को योगदान पुगेको उनले बताए। हाल भारतबाट काठमाडौंका लागि त्यहाँका विभिन्न वायुसेवा कम्पनीले उडान गरिरहेका छन्। एयर इन्डिया, जेट एयरवेज, स्पाइसजेट, इन्डिगो एयरलाइन्स लगायतले उडान गरिरहेका छन्। नेपाल वायुसेवा निगमले भने दुई वर्षअघि नै नयाँदिल्ली उडान बन्द गरिसकेको छ। निजी कम्पनी बुद्ध एयर भने बनारससम्म गइरहेको छ।
‘त्यति धेरै वायुसेवाले उडान गर्दा पनि अझै टिकट पाउन कठिन छ,' कोनेले भने, ‘त्यसकारण अहिले भएको द्विपक्षीय समझदारीपछि अब उडान संख्या बढाउनेतर्फ पनि काम हुनुपर्छ र तबमात्र पर्यटन विकास र प्रवर्द्धन हुनेछ। यो सम्झौतापछि नेपालको पर्यटन भविष्य उज्ज्वल हुने हामी व्यवसायीले आशा गरेका छौं।'