काठमाडौं— कामको लागि बिदेसिने जनशक्तिलाई अभिमुखीकरण तालिम दिने नयाँ संस्थालाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले एक वर्षदेखि स्वीकृति दिएको छैन । पुरानो संस्थाको दबाबको कारण नयाँ संस्थालाई स्वीकृति नदिइएको व्यवसायीले बताएका छन् ।एक वर्षअघि वैदेशिक रोजगार विभागले बोर्डलाई पत्र काटे पनि उसले निर्णय नगर्दा १५ वटा अभिमुखीकरण संस्थाले गरेको करिब चार करोड रुपैयाँ लगानी अन्योलमा परेको छ । एउटा संस्थाले २० लाखदेखि ३० लाख रुपैयाँ लागतमा पूर्वाधार निर्माण गरेर घरभाडा तिर्दै आएका छन् । तर सिन्डिकेट गर्ने व्यवसायीको दबाबले नयाँ संस्था दर्ता हुन नसकेको लगानीकर्ताको आरोप छ ।
दर्ता गर्ने तयारीमा रहेको पाथीभरा ओरिएन्टेसन एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक सुरेश भट्टराईले आफूहरुले सबै प्रक्रिया पूरा गरे पनि बोर्डले निर्णय नगरेको बताए । 'हामीले सम्पूर्ण पूर्वाधार तयार गरिसकेका छौं । विभाग र बोर्डले भनेअनुसार सबै नियम र प्रक्रिया पूरा गर्दा पनि हामीलाई स्वीकृति दिइएको छैन,' उनले भने ।
बोर्डले स्वीकृति नदिएपछि लगानी डुब्ने चिन्ताले व्यवसायीले वैदेशिक रोजगार अभिमुखीकरण संघर्ष समिति बनाएर दुई महिनादेखि संघर्ष गरिरहेका छन् ।
संघर्ष समितिका संयोजक शालिकराम भण्डारी अभिमुखीकरण तालिम सञ्चालन गर्ने संस्था दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि २०७१ अनुसार मापदण्ड पूरा गरे स्वीकृति दिइन्छ भन्दै सचिवालयका कार्यकारी निर्देशकले आश्वासन दिएकाले लगानी गरेर सबै काम सकेको बताउँछन् । 'तर अहिलेसम्म स्वीकृति दिइएको छैन । एउटा व्यवसायीले २० देखि ३० लाख रुपैयाँसम्म लगानी गरेका छन् । महिनाको १५ हजारदेखि ३० हजारसम्म घरभाडा तिरिरहेका छौं,' उनले भने ।
बोर्डले गत साउनमा संस्थाको स्तरोन्नति गर्न निर्देशन दिएको थियो । व्यवसायीले सोही बमोजिम पूर्वाधार थपेर मापदण्ड पूरा गरी सचिवालयलाई निरीक्षण गराए । अनुगमनमा खटिएका निरीक्षकले स्वीकृति दिन मिल्ने प्रतिवेदन बोर्डमा बुझाए पनि बोर्डमा रहेका अभिमुखीकरण संस्थाका प्रतिनिधिको प्रभावमा रोकिएको भण्डारी बताउँछन् । भण्डारीको भनाइमा पुराना व्यवसायीले मन्त्रालयलाई समेत प्रभाव पारी नयाँको स्वीकृतिमा भाँजो हालेका छन् ।
बोर्डका निर्देशक टीका भण्डारीले वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति आएर बोर्डमा पत्राचार भएपछि संस्थाहरुको अनुगमन भएको र त्यसअनुसारको प्रतिवेदन बोर्डमा बुझाइएको बताए । 'तर बोर्ड बैठकले अहिले भएका संस्था व्यवस्थित नगरेसम्म नयाँलाई स्वीकृति नदिने निर्णय गरेको छ,' उनले भने, 'पूर्वाधार कस्तो छ भनेर अनुगमन भइसकेपछि रिपोर्ट पेस भएको थियो तर व्यवस्थित बनाउनका लागि नयाँलाई स्वीकृति नदिइएको हो ।'
संयोजक भण्डारीले नेपालको अन्तरिम संविधान २०६३, कम्पनी ऐन २०६३ तथा वैदेशिक रोजगार ऐन २०६४ अनुसार संस्था दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि २०६९ को मापदण्ड तथा परिमार्जित कार्यविधि २०७१ समेतको मापदण्डअनुसार संस्था खडा गरेको बताए । 'पूर्वाधारमा लगानी गरिसकेका छौं र बोर्डले प्रत्येक संस्थाको स्थलगत निरीक्षण गरी सूचीकृत गर्न उपयुक्त रहेको प्रतिवेदन बोर्ड बैठकमा बुझाएको छ,' उनले भने, 'तैपनि स्वीकृति नदिइँदा नयाँ लगानीकर्तामाथि अन्याय भएको छ ।'
सीमित व्यवसायीले एकाधिकार जमाउन नयाँलाई स्वीकृति दिन नचाहेको र यसमा श्रम तथा रोजगार मन्त्रालयले समेत साथ दिएको उनको आरोप छ । 'बोर्डको बैठक चलिरहँदा केही पुराना व्यवसायीले सिन्डिकेट लागू गर्ने उद्देश्यले चर्को विरोध गरेको कुरा बाहिर आइसकेको छ,' उनले भने, 'नदिने नै हो भने पहिला पूर्वस्वीकृति नै दिन हुँदैनथ्यो । हाम्रो लगानी त फस्ने थिएन नि !'