काठमाडौं— वैदेशिक लगानी नीतिमा लगानीको सीमा (थ्रेसहोल्ड) राख्नु पर्नेमा विज्ञहरूले जोड दिएका छन् । सीमा नराख्दा नेपालको अर्थतन्त्रमा नकारात्मक असर गर्ने भन्दै लगानीको सीमालाई नीति र ऐनमा समावेश गरिनु पर्नेमा उनीहरुले जोड दिए।उद्योग मन्त्रालयले लगानीको सीमा (थ्रेसहोल्ड) नराखी वैदेशिक लगानी नीतिको मस्यौदालाई अन्तिम रुप दिएर मन्त्रिपरिषदमा पेस गर्न ठिक्क पारेको छ । उक्त मस्यौदामा विदेशीले नेपालमा लगानी गर्ने सीमा र नेपालीले विदेशमा लगानी गर्ने प्रावधान नराखिएको मन्त्रालयले जनाएको छ ।
नेपाल उद्योग परिसंघ (सिएनआई) का उपाध्यक्ष हरिभक्त शर्माले लगानी सीमा नराख्दा विकृति आउने बताए । नेपाल सरकारको कमजोर रेगुलेसनले गर्दा यसले फाइदाभन्दा बेफाइदा बढी हुने उनको तर्क छ । 'यसले उद्यमशीलता विकास हुँदैन,' शर्माले भने, 'बाहिरको उदाहरण हेरेर नीति–नियम बनाउने अवस्थामा हामी पुगिसकेका छैनौं ।' स्वदेशमा उद्योग सञ्चालन गर्न नेपाली नै सक्षम भएको भन्दै उनले लगानी सीमाबिनाको नीति बनाउने हतार गर्नु नहुने सुझाए ।
यसअघि वैदेशिक लगानी नीतिमा व्यवस्था गरिएको थ्रेसहोल्ड र नेपालीले विदेशमा लगानी गर्न पाउने विषयमा विवाद भएको थियो । विवादका कारण नीतिको मस्यौदा मन्त्रिपरिषदमा पेस गर्न सकिएको थिएन । यसअघिको मस्यौदामा विदेशीले नेपालमा ५० लाख रुपैयाँभन्दा कम लगानी गर्न नपाउने उल्लेख थियो ।
केही व्यवसायी विदेशी र एनजिओको दबाबमा सरकारले सीमा नराखी नीतिको मस्यौदा बनाएको बताउँछन् । विदेशीले स–सानो लगानी गरेर नेपालमा रजाइँ गर्न चाहेको उनीहरूको तर्क छ ।
सिएनआईका शर्मा नेपालको अनुगमन प्रणाली कमजोर रहकोले स–सानो लगानी भिœयाउन नहुने तर्क गर्छन् । 'प्रभावकारी अनुगमन र कारबाही गर्न सक्ने क्षमता सरकारमा छैन,' शर्माले भने, 'यस्तो अवस्थामा ५–१० हजार डलर ल्याएर लगानी गर्न थाले भने यहाँका उद्यमीलाई नकारात्मक असर गर्छ ।' यसले उत्पादन पनि नबढाउने र रोजागारी पनि सिर्जना गर्न नसक्ने बताए ।
अर्थविद विश्वम्भर प्याकुरेल विदेशी लगानीको सीमा हटाउने होइन अझै बढाउनुपर्नेमा जोड दिन्छन् । 'अहिले हाम्रोमा विदेशी लगानीको सीमा कम छ,' प्याकुरेलले भने, 'यसलाई अझ बढाउनु पर्छ ।' सरकारले उपयुक्त वातावरण बनाउँदै ठूला लगानी भिœयाउन पिटिए र पिडिए गरिरहेको बेला सीमा हटाउनु राम्रो नभएको उनले बताए । लगानी सीमा नराखी नीति बनाउन खोज्नु नेपाल सरकारको नीतिविपरीत हुने उनको धारणा छ ।
अर्का अर्थविद डिल्लीराज खनाल विदेशबाट स–सानो लगानी ल्याउँदा देश कुनै पनि बेला आर्थिक संकटमा फस्न सक्ने आशंका गर्छन् । साइप्रस लगायत देशको उदाहरण दिँदै उनले भने, 'देशको आर्थिक अवस्था 'डाउन' (खस्कँदै) हुँदै गयो भने विदेशीले आफ्नो लगानी फर्काउन सक्छन् । यसले देशलाई थप आर्थिक संकटमा पु¥याउँछ ।'
आर्थिक अवस्था कमजोर रहेको र नियमन राम्रो नभएको देशमा विदेशी लगानीको सीमा कडाइका साथ तोकिनुपर्नेमा खनालको जोड छ । विभिन्न देशको आर्थिक संकटलाई अध्ययन गर्दा लगानीको सीमामा विशेष ध्यान दिनुपर्ने देखिने उनले बताए । 'घुम्ती पँुजी'ले देशको आर्थिक अवस्था राम्रो हुँदासम्म साथ दिने र आर्थिक गतिविधि ओरालो लाग्दा धोका दिन सक्ने उनको विश्लेषण छ । 'नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा, परम्परागत उद्यमीको क्षमता, प्रतिस्पर्धा, यहाँको सीप विकासलाई हेर्दा लगानीको सीमा राखिनु पर्छ,' खनालले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पुशपति मुरारका भने सीमा नतोक्दा नै राम्रो हुने बताउँछन् । विदेशीहरु आफ्नो लगानीप्रति आफैं गम्भीर हुने र उनीहरूको खर्च हुने भएकाले फरक नपर्ने बताउँछन् । 'लगानी गर्ने वातावरण खुला राख्नु पर्छ,' मुरारकाले भने, 'सानो लगानी आए पनि यहाँका उद्यमी प्रतिस्पर्धा गर्न सक्ने भइसकेका छन् ।'
नयाँ मस्यौदा नेपालीले विदेशमा लगानी गर्न पाउने प्रावधानमा मौन छ । प्याकुरेलले विदेशमा नेपालीले लगानी गर्न पाउने वातावरण बनाउनुपर्ने बताए । शर्माले पनि विदेशमा लगानी गर्ने विषयलाई खुला राख्नुपर्ने बताए ।
यसअघि मस्यौदाको छलफलमा नेपाली व्यवसायीलाई विदेशमा लगानी गर्न दिनु हुन्न भन्दै केही राजनीतिक दलले विरोध जनाएका थिए । विरोधले गर्दा ऐन बन्ने प्रक्रियामै नजाने भएकाले कम्तीमा ऐन बन्ने प्रक्रियामा जाओस भनेर यो प्रावधानबिनै मस्यौदालाई अन्तिम रुप दिइएको मन्त्रालयले जनाएको छ ।
अहिले नेपालीलाई विदेशमा लगानी गर्न वैधानिक रुपमा रोकिएको छ । तर कतिपयले भित्रभित्रै लगानी गरिरहेका छन् । यस्ता गतिविधि रोक्न पनि विदेशी लगानी नीति आवश्यक भएको विज्ञहरू बताउँछन् ।
मस्यौदामा कानुन मन्त्रालय र सरोकारवालाको राय लिइसकेको छ । उक्त मस्यौदा मन्त्रिपरिषदले सिधै पास गर्न वा विधेयक समितिमा छलफलका लागि पठाउन सक्छ । नीति बनेपछि ऐन बनाउने बाटो खुल्ने र ऐन बनाउँदा नीतिभन्दा केही फरक पनि पर्न सक्ने विज्ञ बताउँछन् ।