जोगवनी किमाथांका सडकको दूरी र समयलाई छोट्याउने उद्देश्यले सुनसरीको धरान र धनकुटाको लेउती खोलासम्मको सुरुङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन भइरहेको छ।
प्रदेश सरकारको महत्वकांक्षी योजनाको अध्ययन गरिरहेको परामर्शदाता कम्पनी टिएमएस इआइमेभिन रेज जेभिले प्रारम्भिक चरणको सम्भाव्यता अध्ययन सकेको जनाएको छ। प्रारम्भिक अध्ययन सकेको उक्त कम्पनीले बिहीबार धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र प्राविधिकसँग छलफल गरेको छ। प्राविधिकहरुका अनुसार यो सुरुङ मार्ग निर्माण भएमा नेपालकै ठूलो तथा लामो हुनेछ। अहिलेसम्म नागढुंगा सुरुङ मार्ग करिब अढाई किलोमिटर मात्र लामो छ। धरान लेउती सुरुङ मार्ग भने ४ किलोमिटर लामो हुने प्रारम्भिक अध्ययनबाट देखिएको छ।
गत वैशाखदेखि सम्भाव्यता अध्ययन भइरहेको परामर्शदाता कम्पनीका प्राविधिक प्रविणसिंह भण्डारीले जानकारी दिए। उनका अनुसार धरानतर्फ ५ वटा र धनकुटाको लेउती खोलातर्फ ३ वटा स्थानमा सुरुङ बनाउनेबारे प्रारम्भिक अध्ययन भइसकेको छ। अध्ययन भएको यी सुरुङ ४ देखि ५ किलोमिटर दूरीको हुने पनि उनले बताए। ‘भविष्यमा थप कहाँ कहाँ अध्ययन गर्ने भन्ने कुरा भयो, धरान उपमहानगरले समस्याहरुबारे पनि भन्नुभएको छ,’ भण्डरीले भने,‘लम्बाई ४ देखि ५ किलोमिटरको हुनेछ, भित्रको डाइमेन्सन चै ट्राफिकको एनालाइसिस हुन्छ र कति गाडी गुड्छ, भविष्यमा कति गुड्न सक्छन्, ती कुराको विश्लेषणबाट हुन्छ।’
सुरुङ मार्गलाई पूर्वमुख्यमन्त्री शेरधन राईको पालामा नै अध्ययन गर्ने योजना अघि सारेको थियो। यो सुरुङ मार्ग निर्माण भएमा सवा १ घण्टाभन्दा बढी समय लाग्ने बाटो छोट्टिएर ५ देखि १० मिनेटमा सीमित हुने अनुमान गरिएको धरान उपमहानगरपालिकाका ईञ्जिनियर सुरज श्रेष्ठले बताए। उनका अनुसार सुरुङ मार्गसँगै खानेपानी धरानसम्म ल्याउने सम्भाव्यताको पनि अध्ययन परामर्शदाता कम्पनीले गरिरहेको छ। ‘प्रदेश सरकारले प्राथमिकतामा राखेको योजना हो, उत्तर दक्षिण व्यापारिक मार्गको दूरी कम गर्ने मुख्य उद्देश्य हो,’ईञ्जिनियर श्रेष्ठले भने,‘उहाँहरुको टिओआर भित्र धरानमा खानेपानी ल्याउन सकिने गरि अध्ययन गर्ने भन्ने पनि छ।’
श्रेष्ठका अनुसार धरान क्षेत्रमा सर्दु खोला आपसापमा २ वटा लोकेसन र सेउती खोला आसपासमा ३ वटा लेकेशनमा सुरुङ मार्गको प्रस्थान विन्दु बनाउनेबारे प्रारम्भिक अध्ययन भएको छ। ती मध्ये धरानतर्फ आपगाछीबाट जाने सुरुङ मार्ग उपयुक्त हुने परामर्शदाताको भएको पनि उनले जानकारी दिए। दोस्रोमा प्रस्तावमा धरानको बेसक्याम्पभन्दा केही मास्तिरबाट सुरुङ बनाउन उपयुक्त हुने देखिएको उनले खुलाए। तर, यी दुवैमा समस्या पनि रहेको ईञ्जिनियर श्रेष्ठले बताए। ‘आपगाछीबाट हुने सुरुङ मार्गमा धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्र पर्छ। बेसक्याम्पबाट बन्ने सुरुङमार्गमा भूकम्पको एक्टिभ फल्ट छ, त्यसैले यी दुवै चुनौतीपुर्ण छ,’उनले भने,‘यो अध्ययन प्रारिम्भक हो। जमिन मुनिको डिटेल अध्ययन हुन बाँकी छ। त्यहाँको जिओलोजिक अवस्था, हाइड्रोलोजिकल अवस्था हेरेर विश्लेषण गरेपछि थाह हुन्छ।’
धरानका मेयर तिलक राईले सुरुङ मार्गको प्रारम्भिक अध्ययनप्रति खुशी व्यक्त गर्दै धरानको जलाधार क्षेत्रलाई भने जोगाउनुपर्ने बताए। उनले प्राविधिकरुपमा कम जोखिम हुने विकल्पलाई अघि बढाउन पनि आग्रह गरे। मेयर राईले भने,‘आँपगाछीको लोकेसन उपयुक्त छ भन्ने आयो तर त्यसक्षेत्रमा सर्दु जलाधार रहेकोले हामीले खानेपानीको स्रोत पनि जोगाउनुपर्ने हुन्छ। त्यसैले वेसक्याम्पको लोकेसन ठिक होला कि? त्यहाँ सडक विभागकै जग्गा छ, तथापी प्राविधिक हिसाबले के हुन्छ अध्ययन गरौं।’