काठमाडौं— निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी तारा एयरले एउटा जहाज विदेशी कम्पनीलाई बिक्री गरेको छ। तारासँग हाल आठवटा जहाज सञ्चालनमा छन्। ताराले दक्षिणी प्रशान्त महासागरस्थित मार्सल आइसल्यान्ड्स गणतन्त्रको राष्ट्रिय ध्वजावाहक 'एयर मार्सल आइसल्यान्ड्स' लाई उक्त जहाज बेचेको हो। गत साता दुवै कम्पनीबीच जहाज खरिद–बिक्री सम्झौता भएको थियो।'हामीसँग रहेका आठ जहाजमध्ये एउटा एयर मार्सल आइसल्यान्ड्सलाई २१ लाख अमेरिकी डलर (करिब २१ करोड रुपैयाँ) मा बेचेका छौं,' तारा एयरका एक अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सोमबार नागरिकसँग भने, 'बिक्री भएको जहाजलाई सम्बद्ध कम्पनीले मंसिर २४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लिएर जान्छ।'
ताराले बिक्री गरेको जहाज १७ वर्ष पुरानो हो। जर्मनीको डोर्नियर कम्पनीमा निर्मित 'डोर्नियर २२८–२१२' सिरिजको यो जहाज १८ सिट क्षमतायुक्त छ । ६ वर्षअघि स्थापना भएको तारा एयर प्रमुख आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सको भगिनी वायुसेवा हो । यतीले करिब आठ वर्षअघि यो जहाज अर्को आन्तरिक वायुसेवा कम्पनी गोरखा एयरलाइन्ससँग खरिद गरेको थियो । यतीले तारा सञ्चालनमा ल्याएपछि यो जहाज तारामा लगिएको थियो ।
ताराका ती अधिकारीका अनुसार अहिले बिक्री गरिएको जहाजको कलसाइन '९एन–एएचएस' हो । यो जहाज खरिद गर्ने उद्देश्यले एयर मार्सल आइसल्यान्ड्सको एक टोली गएको दसैंमा काठमाडौं आएर जहाज हेरेको थियो ।
त्यसपछि गत साता मार्सल आइसल्यान्ड्सका यातायात तथा सञ्चार मन्त्री थोमस हेइन, जहाज खरिदकर्ता कम्पनी एयर मार्सल आइसल्यान्ड्सका महाप्रबन्धक जेफर्सन बार्टनलगायत उच्च अधिकारी संलग्न टोली काठमाडौं आएको थियो ।
'एयर मार्सलले यहाँबाट जहाजलाई फिलिपिन्सको मनिला लाने र त्यहाँ जहाजको आवरण (लिभरी) परिवर्तन गर्न रंगरोगन गर्ने जनाएको छ,' ताराका ती अधिकारीले भने, 'यसका लागि चार साता लाग्ने र काम सकिएपछि आगामी पुस अन्तिम साता जहाज मार्सल आइसल्यान्ड्स पुग्ने छ ।'
तारा र एयर मार्सलबीच जहाज खरिद–बिक्रीको मध्यस्थता बेलायती कम्पनी एयरफ्लाइटका जोन रोबर्टस्ले गरेका थिए । त्यही मध्यस्थताबाट जहाजको मूल्य २१ लाख डलर तय गरिएको थियो । आफ्नो देशको उड्डयन कानुनअनुसार सबै प्रक्रिया पूरा गरेपछि जहाजलाई मनिलाबाट लगिने कम्पनीका अधिकारीको भनाइ उद्धृत गर्दै ताराका ती अधिकारीले जानकारी दिए ।
तारासँग हाल क्यानडामा निर्मित १९ सिट क्षमतायुक्त पाँच थान ट्विनअटर र जर्मनीमा निर्मित १८ सिटयुक्त तीनवटा डोर्नियर जहाज सञ्चालनमा छन् । एउटा डोर्नियर बेचेपछि कम्पनीसँग अब पाँच ट्विनअटर र दुईवटा डोर्नियर बाँकी छन् ।
ताराले पर्यटकीय मौसमका बेला दैनिक ३५ उडान गर्ने गर्छ भने अन्य दिन २५ सम्म उडान गर्छ । कम्पनीले काठमाडौंबाट लुक्ला, फाप्लु, रामेछाप, लामिडाँडा र रुम्जाटार तथा पोखराबाट जोमसोम उडान गरिरहेको छ ।
त्यसैगरी नेपालगन्जबाट मुगुको ताल्चा, डोल्पा, जुम्ला, सिमिकोट र बाजुरा पनि उडान गरिरहेको छ । ताराले पोखरा र नेपालगन्ज विमानस्थलमा बाह्रै महिना एक–एक थान जहाज तैनाथ गरिरहेको हुन्छ । यसमा अधिकांश समय ट्विनअटर जहाज हुने गर्छ ।
ताराको जहाज खरिद गरेको एयर मार्सल आइसल्यान्ड्स सन् १९८० मा स्थापना भएको थियो । यसले इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) बाट 'सिडब्लु' र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) बाट 'एमआरएस' कोड पाएको छ । योसँग हाल एउटा डोर्नियर २२८–२१२ र एउटा बम्बार्डियर ड्यास–८ क्यु १०० सिरिजका जहाज छन् ।
केही वर्षदेखि दुइटै जहाज बेलाबेला 'ग्राउन्डेड' हुने गरेका कारण यसका नियमित उडान प्रभावित हुँदै आएका छन् । जहाजका जगेडा सामान खरिद गर्न वित्तीय अभावका कारण ल्यान्डिङ गियर खरिद गर्न नसक्दा यो वर्ष सुरुमा डोर्नियर जहाज चार महिना ग्राउन्डेड भएको थियो ।
अहिले तारासँग खरिद गरिएको जहाज एयर मार्सलसँग भएको डोर्नियरभन्दा पाँच वर्ष कम उमेरको छ । यसले हाल ६ गन्तव्यमा उडान गरिरहेको छ । १ सय ८१ वर्ग किलोमिटर क्षेत्रफल रहेको मार्सल आइसल्यान्ड्स गणतन्त्रको जनसंख्या ६८ हजार छ । प्रतिव्यक्ति आम्दानी वार्षिक २ हजार ९ सय अमेरिकी डलरबराबर छ।