काठमाडौं-नेपाल आयल निगमले मंगलबार रातिबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ ५० पैसा घटाउने निर्णय गरेको छ। त्यसैगरी, मट्टितेल र डिजेलको मूल्य क्रमश दुई/दुई रुपैयाँ घटाउने निर्णय भएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए। निगमका अनुसार अव पेट्रोलको मूल्य प्रतिलिटर एक सय २३ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ ५० कायम भएको छ। यस अघि पेट्रोल एक सय २५ रुपैयाँ ५० पैसा तोकिएको थियो।
नेपाल आयल निगमले १० दिन नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य वृद्धि भएर आयत भएसंगै निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । यसअघि असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिन अघि पेट्रोलको मूल्य लिटरमा ५ र डिजेलमा २ रुपैयाँले बढेको थियाे ।
अब पेट्रोलको मूलय लिटरको १०२ रुपैयाँ पुगेको निगम प्रवक्ता विनितमणि उपाध्यायले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन् । डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ । हवाई इनधन र खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...