काठमाडौं- नयाँ समूहले किनेको मुलुककै पुरानो ग्यास कम्पनी नेपाल ग्यासमा २८ करोड लगानी थपिएको छ। अविनाश ह्याचरीसहित अन्य व्यापारिक घरानाले ८० करोडमा किनेको कम्पनीलाई अत्याधुनिक प्लान्टमा रुपान्तरण गर्न यो लगानी गरिएको हो।
'सबैभन्दा भरपर्दो र सुरक्षित भनेर चिनिएको यो कम्पनीलाई अत्याधुनिक बनाउन लगानी गरिएको हो,' कम्पनीका अध्यक्ष गुणचन्द्र विष्टले नागरिकसँग भने, 'अब हाम्रो प्लान्ट देशकै अत्याधुनिक बन्ने छ। स्वचालित प्लान्टबाट थप सुरक्षित ग्यास उपभोक्ताले पाउनेछन्।' उनले अहिले पनि धेरै ग्यास उद्योगले उपभोक्ता ठगिरहेको बताउँदै उपभोक्ताको मन जित्न नयाँ प्रविधिसहित सुरक्षित कारोबारलाई बढावा दिनुपर्ने बताए।
'बजारमा सबैभन्दा सुरक्षित र तोकिएको तौल पाउने ग्यासको रुपमा परिचित भए पनि व्यवसाय विस्तार सुस्त थियो,' समूह अध्यक्ष बिष्टले, 'हामी परम्परागत रुपमा अघि बढेको व्यवसायलाई आधुनिकीकरण गर्दै बिस्तारमा लागेका छौं।'
नया" समूहले पनि विगतको छवि कायम राखेर व्यावसायिक बिस्तार सुरु गरेको बिष्टको दाबी छ। नया" समूहले लिएपछि ५० हजार नया" सिलिन्डर थपिसकेको छ। मागअनुसार ग्यास पुर्याटउने उद्देश्यले नया" सिलिन्डर थपिएको उनको भनाइ छ। उद्योग स्वचालित प्रणालीमा सञ्चालन गर्न प्लान्टमा मेसिनरी थप्ने प्रक्रियासमेत सुरु भएको बिष्टले जानकारी दिए।
'उपभोक्तालाई कम तौलको ग्यास दिएर ठग्ने काम भइरहेको छ। प्रत्येक घरको भान्छामा पुग्ने वस्तुलाई सुरÔित बनाउनेतर्फ ध्यान गएको छैन,' उनले भने, 'यसले ग्यास उद्योगीलाई राम्रो दृष्टिकोणले हेरिँदैन। यसले ग्यास कारोबारलाई नै समस्यामा पारेको छ।' उनले उपभोक्ता सन्तुष्ट बनाएर मुनाफा लिने मुख्य उद्देश्य रहेको बताउ"दै सुरÔा र तौलमा उद्योगले कुनै सम्झौता नगर्ने प्रस्ट्याए।
'ग्यास कारोबारमा हामी पहिल्यै आउन चाहेका थियौं। तर यसको कारोबारमा देखिएका विकृतिले नआएका हौं,' बिष्टले भने, 'त्यसैले हामीले नेपाल ग्यास किनेर आएका हौं। हामी ग्राहकलाई सन्तुष्ट पारेर बढी कारोबार गर्ने दीर्घकालीन लक्ष्य लिएर अघि बढेका छौं।' उनका अनुसार उद्योगमा प्रयोग भएको प्रविधि उच्च गुणस्तरका छन्। उपभोक्तालाई कुनै जोखिम छैन।
उद्योगले विश्वमा भएका नयाँ–नयाँ प्रविधि भित्रयाउने तयारीसमेत गरेको छ। नेपाल ग्यासले काठमाडौं उपत्यकाका लागि बालाजु औद्योगिक क्षेत्रभित्र प्लान्ट राखेको छ। तराईको बजारलाई बाराको सिमरामा प्लान्ट छ। सिमरामा कम्पनीको चार बिघा जग्गा छ। काठमाडौंमा यसले नेपाल ग्यासकै ब्रान्डमा कारोबार गर्दै आएको छ। तराईमा नारायणी ग्यासको नाममा बिक्री हुन्छ। काठमाडौं प्लान्टको क्षमता ८७ र सिमराको सय टन छ। कम्पनीले अहिले भएको क्षमता सात गुणा बढाउने तयारीसमेत गरेको बिष्टले जनाकारी दिए।
हाल कम्पनीले व्यावसायिक बिस्तार अगाडि बढाएको छ। बजारमा राम्रो छवि कायम गरेकोले काठमाडौं उपत्यकामा सबैभन्दा बढी माग नेपाल ग्यासकै छ। कम्पनीले मागअनुरुप ग्यास दिन सकेको छैन।