काठमाडौं- संसदको सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत आयोजनाको 'भेरिएसन' (थप रकम) स्वीकृत गर्दा भ्रष्टाचार भएको पुष्टि गर्दै त्यसमा संलग्न ऊर्जामन्त्री, सचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसहित सबै अधिकारीलाई कारबाही गर्न निर्देशन दिएको छ।समितिको बुधबारको बैठकले भ्रष्टाचारमा संलग्न व्यक्तिलाई १० दिनभित्र कारबाही प्रक्रिया अघि बढाउन सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो।
आयोजना निर्माण सुरु भएदेखि हालसम्म भौतिक निर्माणतर्फ ६ पटक भेरिएसन स्वीकृत गरी पूर्वनिधारित रकममा थपेर कुल निर्माण लागत उच्च पारिएको छ।
समितिले सभासद राजन केसीको संयोजकत्वमा ऊर्जा उपसमिति गठन गरी भेरिएसनमा भएको अनियमितताबारे अध्ययन गरेको थियो। अध्ययनले चमेलिया आयोजनामा हालसम्म कुल ६ अर्ब ५७ करोड रुपैयाँ भेरिएसन स्वीकृत गरिएको निष्कर्ष निकालेको छ। त्यसमध्ये ६ पटक गरी २ अर्ब ५५ करोड रुपैयाँ स्वीकृत गरिएको देखिन्छ। यो रकम पूरै भ्रष्टाचार भएको समितिको आशंका छ। सिभिलतर्फ मात्र ४ अर्ब ६३ करोड स्वीकृत गरिएको छ। सम्झौता गर्दा सिभिलतर्फको सुरु लागत २ अर्ब ८५ करोड रुपैयाँ मात्र थियो।
'व्यक्ति मन्त्री होस् वा सचिव, त्यसमा हामी जाँदैनौं, तर जसले अनियमितता गर्न भूमिका खेलेको छ, ऊ कारबाहीको भागीदार हुनुपर्छ,' समितिका सभासद जनार्दन शर्माले बुधबार बैठकमा भने। आयोजना महँगो बनाउने गरी अनियमिततामा संलग्न दोषीलाई नै बिगो भराउने गरी कारबाही गर्नुपर्ने उनले बताए।
प्राधिकरणले २०६५ पुस १३ देखि २०७१ असार ६ सम्म गरिएको भेरिएसन स्वीकृति निर्णयमा ऊर्जामन्त्री, सचिव र प्राधिकरणका कार्यकारी निर्देशक संलग्न रहेको पाइएको छ। प्राधिकरण उत्पादन विभागका तत्कालीन महाप्रबन्धकले २०६५ मा ३२ करोड ३३ लाख रुपैयाँ स्वीकृत गरेका थिए।
त्यस्तै, प्राधिकरण सञ्चालक समितिको ६०६ औं बैठकले २६ करोड, ६३३ औं बैठकले ५० करोड ७३ लाख, ६५२ औं बैठकले २६ करोड ३३ लाख, ६६९ औं बैठकले ९ करोड ८१ लाख र ६७५ औं बैठकबाट १ अर्ब ९ करोड रुपैयाँ भेरिएसन स्वीकृत भएको पाइएको छ।
भेरिएसनको निर्णय हुँदा प्राधिकरण अध्यक्षमा पूर्वऊर्जामन्त्री उमाकान्त झा, वर्तमान मन्त्री राधाकुमारी ज्ञवाली, पूर्वऊर्जा सचिवद्वय हरिराम कोइराला र विश्वप्रकाश पण्डित थिए। पूर्वसचिवद्वय कोइराला र पण्डितले सेवाबाट अवकाश पाइसकेका छन्।
तत्कालीन अवस्थामा प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्ने उच्च अधिकारीलाई समेत कारबाही सिफारिस गर्न सभासदको जोड छ। अख्तियारले समितिको निर्देशनअनुसार कारबाही प्रक्रिया अघि बढाए ती सबै व्यक्ति कारबाहीमा तानिनेछन्।
उपसमितिले गरेको अध्ययनका आधारमा लेखा समितिले सुरुङ खुम्चिएको (३ नम्बर भेरिएसन) को विश्लेषण गर्दा ५० करोड रुपैयाँ भ्रष्टाचार भएको पुष्टि गरेको छ। 'निर्माण सामग्रीको बजार मूल्य र भुक्तानी गरेको रकमको अन्तर ५० करोड देखिएकाले त्यो खुद अनियमितता हो,' समितिका सचिव सोमबहादुर थापाले बैठकपछि नागरिकसँग भने।
प्राधिकरण इन्जिनियरिङ निर्देशनालय अन्तर्गतको आयोजना विकास विभागले आयोजनामा सहायक परामर्शदाताको काम गरेकोमा सञ्चालक समितिले त्यसलाई हटाएर साह एन्ड सिल्ट कन्सल्टलाई नियुक्त गरेको थियो। यहीँबाट भ्रष्टाचार सुरु भएको समितिको ठहर छ।
ठेकेदारले भेरिएसन माग गर्दा त्यसको पूर्ण अध्ययन तथा पुनरावलोकन नगरी परामर्शदाताले सिफारिस गर्ने गरेको अध्ययनमा देखिएको छ। परामर्शदाताले हचुवामा सिफारिस गरेको रकम नै सञ्चालक समितिले स्वीकृत गर्ने गरेकाले यसमा खुलमखुला भ्रष्टाचार भएको सभासद धनराज गुरुङले बताए।
मनलाग्दी भेरिएसन माग्ने ठेकेदार, परामर्शदाता र भेरिएसन पुनरावलोकन समितिले समेत पुनरावलोकन नगरी भुक्तानी स्वीकृत गर्नुमा प्राधिकरण सञ्चालकसमेत दोषी रहेकाले उनीहरूलाई पनि कारबाही गर्नुपर्ने समितिको ठहर छ। सार्वजनिक खरिद ऐन, २०६३ उल्लंघन गरी कार्यकारी निर्देशकको अधिकार सञ्चालक समितिले खिचेकाले पनि भ्रष्टाचार पुष्टि भएको सभसद दीपक खड्काले बताए।
आयोजनाका लागि आवश्यक निर्माण सामग्री खरिद गर्दा तथा निर्माण प्रक्रियामा ठेकेदारसँगको सम्झौता रकमको अधिकतम २५ प्रतिशतसम्म भेरिएसन जायज मानिन्छ। तर, चमेलियामा सम्झौता रकमको ४० प्रतिशतसम्म बढी भेरिएसन स्वीकृत गरिएको छ। कर्मचारीको ज्याला, तलब, निर्माण सामग्रीमा बढी रकम स्वीकृत गरेर अनियमितता गरेको पनि पाइएको छ।
उपसमितिले विस्तृत इन्जिनियरिङ अध्ययन नगरी नीतिगत भ्रष्टाचारबाट लागत बढाइएको निष्कर्ष निकालेको छ। आयोजनाको लागत अनियन्त्रित रूपले बढ्नुमा तत्कालीन मन्त्री र सचिव मुख्य जिम्मेवार रहेको समितिको ठहर छ। २०५६ देखि २०६५ सम्म प्राधिकरण अध्यक्ष रहेका जलस्रोत मन्त्री, पर्यटनमन्त्री र राज्यमन्त्रीले समयमा उचित निर्णय नगर्दा आयोजनाको लागत बढ्दै गएको पनि समितिले निचोड निकालेको छ।
उक्त अवधिसम्म गोविन्दराज जोशी, खुमबहादुर खड्का, बलदेव शर्मा मजगैया, विजयकुमार गच्छदार, दीपक ज्ञवाली, ठाकुरप्रसाद शर्मा जलस्रोत मन्त्री थिए। रामबहादुर गुरुङ, बेनुपराज प्रसाईं, ज्ञानेन्द्रबहादुर कार्की राज्यमन्त्री थिए। २०६० मा पर्यटनमन्त्री रहेका सर्वेन्द्रनाथ शुक्लले समेत प्राधिकरण अध्यक्षको जिम्मेवारी सम्हालेकाले उनीहरूलाई समेत दोषी ठहर्यायइएको छ।
सन् २००६ डिसेम्बर २१ मा आयोजना निर्माण सुरु हुँदा ८ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ तोकिएको लागत हालसम्म करिब १५ अर्ब रुपैयाँ नाघिसकेको छ। सिभिलतर्फ निर्माण सुरु भएपछि डिजाइन परिवर्तन गर्नु, विद्युतगृहको स्थानान्तरण, अनपेक्षित प्रतिकूल भौगोलिक अवस्था, सुरुङ खुम्चिनु लगायत कारणले भेरिएसन बढेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ।
दार्चुलामा निर्माणाधीन यो आयोजना करिब ९५ प्रतिशत पूरा भएको छ। आयोजना सन् २०११ मै निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो। अहिलेसम्म चार वर्षभन्दा बढी समय लम्बिइसकेको छ। समय लम्बिँदा अमेरिकी डलरमा आएको उतारचढावलाई पनि प्रतिवेदनले लागत बढ्नुको कारण मानेको छ। हालसम्म करिब १३ अर्ब रुपैयाँ खर्च भइसकेको र संशोधित लागत १५ अर्ब ६ करोड ४ लाख रुपैयाँ पुर्याकइएको छ।
इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल ठेकेदार तथा परामर्शदाताको नियुक्ति सिभिल निर्माण सुरु भएको दुई वर्षपछि मात्र भएकाले सिभिल विद्युतगृह, ड्याम लगायत संरचना डिजाइन पूरा गर्न विलम्ब भएको प्रतिवेदनमा छ। जलविद्युत विकासमा क्षेत्रीय सन्तुलन कायम गर्ने नाममा आयोजनामा आर्थिक र नीतिगत भ्रष्टाचार भएको समितिका अधिकांश सभासदको तर्क छ।
प्रसारण लाइनको लागतसमेत जोड्दा प्रतिमेगावाट करिब २८ करोड रुपैयाँ अनुमान गरिएको आयोजना लागत उपसमितिले अध्ययन गर्दासम्म प्रतिमेगावाट ५० करोड २० लाख रुपैयाँ पुगेको छ। इन्जिनियरिङ अध्ययनले जलविद्युत आयोजनाको औसत लागत प्रतिमेगावाट १५ देखि १८ करोड रुपैयाँ मान्छ। आयोजना बनाउन आवश्यक सम्पूर्ण बजेट वा वित्तीय स्रोत नजुटाई निर्माण ठेक्का दिइएको र यसमा प्राधिकरणले लापरबाही गरेको प्रस्ट हुन्छ।
आयोजनाको इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल उपकरणको सुरुको लागत १ अर्ब ९७ करोड रुपैयाँ अनुमान गरिएकोमा हालसम्म ५० करोड ९१ लाख रुपैयाँ थपिएको छ। थप रकममध्ये २१ करोड ८८ लाख भुक्तानी भइसकेको छ।
जलविद्युत आयोजनामा भौगोलिक आधारमा भएका भेरिएसनलाई सामान्य मानिए पनि यो आयोजनाको हकमा सुरु लागत तुलनामा १ सय ६० प्रतिशतसम्म बढी भेरिएसन भएको अध्ययनले देखाएको छ। अध्ययनअनुसार सन् २००१ को विस्तृत डिजाइन ड्रइङ र सन् २००७ को कन्स्ट्रक्सन ड्रइङमा मुख्य सुरुङ खुम्चिने अनुमान गरिएको थिएन।
निर्माण क्रममा अत्यन्तै कमजोर भौगोलिक बनावट भएकाले चार किलोमिटरमध्ये ८ सय ४३ मिटर खुम्चिएको छ। खुम्चिएको सुरुङका लागि मात्र १ अर्ब ९ करोड रुपैयाँ थप लागत अनुमान गरिएको छ।