चितवन- माटोको उर्बर शक्ति नष्ट हुँदै गएको कारणका बारेमा माटो र कृषि वीज्ञहरुबीच मै मतान्तर देखियो। विश्व माटो दिवसका दिन शुक्रबार रामपुर क्याम्पसमा आयोजित कार्यक्रममा माटो बिग्रनुका कारणहरुका बारेमा चर्चा हुँदा केहीले रासायनिक मल विषादीको प्रयोगलाई मुख्य कारण बताए भने केही वक्ताहरु रासायनिक मल विषादीको पक्षमा पनि प्रस्तुत भए।कृषि विश्व विद्यलाय तथा त्रिवि अन्तर्गतको कृषि क्याम्पसको संयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो। वक्ताहरु सुरुमा रासायनिक मल विषादीका विरुद्ध थिए। तर कार्यक्रमको समापन गदैै सभापति तथा कृषि विश्व विद्यालयका डिन दिनानाथ बरालले रासायनिक मल विषादीले माटो बिगार्छ भन्नु अफवा मात्रै हो भनेपछि मतान्तर सुरु भएको थियो।
'खै हामी त अलमल पो भइयो' कार्यक्रममा सहभागि फूलबारीका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले भने। लामो समयदेखि प्राङ्गारिक मल विषादी मात्रै प्रयाग गर्दै आएका अधिकारीे भने 'उत्पादनको कुरा गर्ने हो भने हाम्रो उत्पादन कम छैन तर ठुलाले सधै दोधारे कुरा गर्छन्।'
सोही कार्यक्रममा बोल्दै कृषि क्याम्पसका प्रध्यापक केशबराज पाण्डेले रासायनिक मल विषादीले माटोको शक्ति खिइएको बताएका थिए। 'न गोठ छ न भेडि गोठ। रसायनिक मल विषादी हालेपछि माटोको शक्ति बिलायो' पाण्डेको भनाइ थियो।
भु उपयोग नीति बनाउँदा माटो विज्ञको सहभागिता साह्रै न्युन भएको उनले बताए। 'अनि नीति बने पनि कार्यान्वयन हुँदैन। माटोमा कंक्रिटका जंगल तयार भए। माटो असुद्ध भयो। माटो रोगी भयो। माटो अस्वस्थ हुनु भनेको मानव स्वास्थ्यमा नै गम्भिर खतरा आउनु हो' पाण्डेले भने।
माटो र शान्ति एक अर्काका परिपुरक भएको माटो विज्ञान संकायका प्रध्यापक केशव अधिकारीको भनाइ थियो। 'माटोको उर्बरा शक्ति बढेन भने भोकमरी सुरु हुन्छ। भोकमरी, अनिकाल र अभावले विश्वमा लुटपाट, काटमार र अशान्ति ल्याउँछ' अधिकारीले भने।
माटोमा अनेकौं जिवाणु हुनेर ति जिवाणु जिवित रहने वातावरण बने मात्रै माटोको उर्बरा शक्ति जोगिने उनले बताए। दिगो विकासको कुरा गर्दा स्वस्थ माटोको विषय जोडिएर आउने गरेको उनले जानकारी दिए। माटो विकासको र उन्नतिको अत्यावश्यक आधारभुत तत्व बनेको उनको भनाइ छ।
माटो विज्ञहरुको संस्था अन्तराष्ट्रिय माटो संरक्षण युनियनले सन् २००२ देखि डिसेम्बर पाँच तारिखलाई विश्व माटो दिवसका रपमा मनाउँदै आएको छ। संयुक्त राष्ट्र संघले गत वर्षदेखि यो दिवसलाई औपचारिकता दिएको छ।
माटोको महत्व बुझेको र यसमा सरहेका जैविक गुणहरुलाई जोगाउन सक्ने देशहरु विकासमा पनि अगाडी रहेको कार्यक्रमका सहभागिले बताएका थिए। दिगो विकासका लागि माटो संरक्षण अपरिहार्य भएकाले संयुक्त राष्ट्र संघले सन् २०१५ लाई माटो संरक्षण वर्षका रुपमा मनाउन लागेको कार्यक्रममा जानकारी गराइयो।
नेपालमा अझ माटो विज्ञहरुको राष्ट्रिय सञ्जाल बनेको छैन। त्यस्तै किसानलाई सेवा दिन सजिलो प्रणाली विकास भएको पनि छैन। किसान चन्द्रप्रसाद अधिकारी भन्छन् 'माटोको गुण के कस्तो छ भनेर कसरी थाहा पाउने कहाँ गएर परीक्षण गर्ने धेरैलाई थाहा छैन।' बिग्रेको माटो सपार्न एक पुस्ता नै लाग्ने भएकाले माटोको गुण बिग्रनु दुखद भएको उपप्रध्यापक चन्द्रेश्वरप्रसाद श्रीवास्तवले बताए।