काठमाडौं- नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मलेसियामा उडान भर्न वायुसेवा कम्पनीबीच प्रतिस्पर्धा देखिएको छ। काठमाडौं-मलेसिया उडान भर्न चार वायुसेवा कम्पनी प्रतिस्पर्धामा उत्रिएका छन्। पछिल्लोपटक मलेसियाको मालिन्दो एयर नेपाल आउन लागेको हो।दैनिक ६ सयभन्दा बढी नेपाली कामदार मलेसिया जान्छन्। ती कामदार ओसार्न वायुसेवा कम्पनीबीच प्रतिस्पर्धा देखिएको हो। मालिन्दो एयरले पनि बिदेसिने कामदारलाई लक्ष्य गरी उडान भर्न लागेको हो। मालिन्दोले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अस्थायी सञ्चालन अनुमतिसमेत प्राप्त गरिसकेको छ। यसले डिसेम्बर १२ देखि मलेसिया–काठमाडौं–मलेसिया उडान गर्दैछ। यसअघि नै मलेसियाबाट मलेसिया एयरलाइन्स र एयर एसिया एक्सले नेपाल उडान गरिरहेका छन्।
राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले पनि लामो समयदेखि यो रुटमा उडान गरिरहेको छ। एकछत्र राज गरिरहेको नेपाल एयरलाइन्ससँग तीन वर्षअघि प्रतिस्पर्धा गर्न मलेसिया र एयर एसिया एक्स आएका थिए। मालिन्दो आएपछि एउटै रुटमा सेवा दिने कम्पनी चार पुग्ने छन्।
प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले मालिन्दोले अस्थायी सञ्चालन अनुमति पाइसकेको जानकारी दिए। 'यसले हप्तामा सात उडान गर्ने गरी अस्थायी अनुमति पाएको छ,' उनले भने।
नेपाल र मलेसिया सरकारबीच हप्तामा २१ उडान गर्ने सम्झौता भएको छ। अहिले मलेसिया र एयर एसियाले २१ उडान गरिरहेका छन्। अस्थायी रुपमा सात उडान दिन मिल्ने भन्दै प्राधिकरणले मालिन्दोलाई उडान भर्न अनुमति दिएको हो।
यसअघि अन्य कम्पनीलाई अनुमति नदिएको प्राधिकरणले मालिन्दोलाई भने अनुमति दिएको छ। यसअघि युएईको रोटाना एयरलाइन्सले अस्थायी सञ्चालन अनुमति माग्दा उसले इन्कार गरेको थियो। प्राधिकरणको यो कदमलाई अन्य विदेशी वायुसेवाका एजेन्टले 'एक कदम अघि बढेर दिइएको अनुमति' भनेका छन्।
'अस्थायी सञ्चालन अनुमति पहिलादेखि नै काम गरिरहेका कम्पनीका लागि हो नयाँका लागि होइन,' एक अन्तर्राष्ट्रिय वायुसेवाका नेपाल प्रतिनिधिले भने। 'यसपालि कसरी सञ्चालन अनुमति दिइएको हो, हामी अचम्ममा परेका छौं,' उनले भने।
मालिन्दोपछि नेपाली कम्पनी विश्व एयरलाइन्स पनि यो रुटमा आउने तयारीमा छ। विश्व एयरलाइन्सले उडान अनुमतिको प्रक्रियामा रहेको कम्पनीका एक अधिकारीले बताए। यसअघि नेपालबाट बिबी एयरलाइन्सले मलेसिया उडान गर्न खोजे पनि तीन महिनापछि कम्पनी बन्द भएको थियो।
नेपालमा यती एयरलाइन्स सञ्चालन गरिरहेको आङ छिरिङ समूहले मालिन्दोको जनरल सेल्स एजेन्ट (जिएसए) लिएको छ। बंगलादेशको एक कम्पनीसँगको साझेदारीमा जिएसए लिइएको हो। उडान भर्ने मिति सार्वजनिक भए पनि मालिन्दोले भाडा सार्वजनिक गरेको छैन। यसले बजेट एयरलाइन्सकै हाराहारीमा उडान गर्ने स्रोतले बतायो। एयर एसियाले सस्तो भाडामा उडान भरिरहेको छ। बजेट एयरलाइन्सको रुपमा चिनिने एयर एसियाले करबाहेक १५ हजार नौ सय ७५ रुपैयाँदेखिको एकतर्फी भाडामा उडाइरहेको छ।
करिब सात लाख नेपाली कामदार रहेको मलेसियामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ९० हजार ६ सय ४४ कामदार पुगेका छन्। कात्तिकमा मात्र २३ हजार चार सय १५ जना त्यहाँ पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ।
मलेसिया एयरलाइन्सको जनरल सेल्स एजेन्ट मार्काेपोलो ट्राभल्सका निर्देशक सिद्धार्थ थापाले एउटै गन्तव्यका लागि प्रतिस्पर्धा हुनु राम्रो भएको बताए। 'प्रतिस्पर्धा राम्रो हो तर त्यो स्वच्छ हुनुपर्छ,' उनले भने, 'प्रतिस्पर्धा भयो भने सेवाग्राहीले सस्तो र गुणस्तरीय सेवा पाउँछन्। सेवाग्राहीका लागि यो राम्रो हो।'
मलेसिया एयरलाइन्स र नेपाल एयरलाइन्सले करसहितको एकतर्फी भाडा २१ हजार रुपैयाँबाट सुरु गरेका छन्। सिटको स्तर र विमानभित्र पाइने सुविधाअनुसार बढी भाडा तिर्नुपर्छ। मलेसियामा उडान भर्ने एयरलाइन्सका ८० प्रतिशतभन्दा बढी यात्रु कामदार हुन्छन्। पछिल्लोपटक होलिडे प्याकेजमा घुम्ने र व्यापारिक काममा ओहोरदोहोर गर्ने व्यवसायीका कारण पनि यात्रु बढेका छन्।