काठमाडौं–३२ करोड ४९ लाख अपचलन गरेको अभियोगमा तत्कालिन बुटवल फाइनान्स लिमिटेडका कार्यकारी अध्यक्ष देवेन्द्रप्रसाद ध्वजु पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई सोमबार पक्राउ गरेर अनुसन्धानका लागी पुनरावेदन अदालतबाट १० दिनको म्याद लिएको छ।
बुटवल फाइनान्स, एल्पिक एभरेष्ट फाइनान्स र सिएमबी फाइनान्स गाभिएर हाल सिनर्जी फाइनान्स सञ्चालनमा छ।
ब्युरोका प्रवक्ता पिताम्बर अधिकारीका अनुसार बिभिन्न ब्यक्ति तथा कम्पनिको नाममा कर्जा प्रवाह गर्दा धितो राखिएको सम्पतिको अधिक मुल्यांकन गेको, , ऋणीहरुको मिलोमतोमा कम्पनीको कोष र कर्जाको दुरुपयोग गरेको, एकै समुहका व्यक्तिलाई अधिक ऋण प्रवाह गरी संस्थाको साधन र स्रोतको दुरुपयोग गरी निक्षेपकर्ताको हित बिपरितको कार्य गरेको अभियोगमा अनुसन्धानका लागी पक्राउ गरिएको हो।
उनका अनुसार उनीमाथी कार्यकारी अध्यक्षको पदको प्रभाव र आफ्ना नजिकका नातेदारहरुको प्रभावका आधारमा अधिकारको दुरुपयोग गरी खास प्रयोजन बिना कर्जा प्रदान गरी बित्तिय संस्थाको हित प्रतिकूल हुनेगरी ३२ करोड ४९ लाख ४९ हजार हानी नोक्सानी पूर्या्एको अभियोगमा अनुसन्धान शुरु गरिएको छ।