गहुँलाई मल छैन धानको लागि किन्न पौने १२ अर्ब
१४ पौष २०७८
•
३ मिनेट पाठ
गहुँलाई मल छैन धानको लागि किन्न पौने १२ अर्ब
समयमै मल खरिद नहुँदा यो सिजनमा किसानले गहुँ बालीमा रासायनिक मलको अभाव झेले। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिले रासायनिक मल आपूर्तिमा कठिनाइ भएपछि किसानले पाएनन्।




गहुँ बालीका लागि मल नपाएका किसानले आगामी सिजनको धानका लागि पाउने संकेत देखिएको छ। सरकारले आगामी सिजनको धानका लागि रासायनिक मल किन्न थप बजेट व्यवस्था गरेको छ। 

अर्थबाट रासायनिक मल खरिद गर्न थप पौने १२ अर्ब रूपैयाँ बजेटको स्रोत सुनिश्चित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘मल खरिदका लागि थप बजेट माग गरेका थियौं,’ मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले भने, ‘अर्थ मन्त्रालयले मल किन्न थप ११ अर्ब ७५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेको छ।’

अर्थले मंगलबार कृषि मन्त्रालयमा स्रोत सुनिश्चित गरेको पत्र पठाएको छ। यो बजेटबाट करिब एक लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने मन्त्रालयको योजना छ। मल खरिद गर्न करिब ६ महिना लाग्ने भएकाले आगामी असार/साउनमा धानमा प्रयोग हुने मल खरिद गर्न अहिले बजेट सुनिश्चित गरिएको हो। चालु आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि सरकारले १५ अर्ब रूपैयाँ बजेट विनियोजन गरे पनि मूल्य वृद्धिले बजेट नपुग भएपछि थप बजेटको व्यवस्था गरेको हो।

मन्त्रालयले थप १२ अर्ब रूपैयाँ बजेट माग गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य करिब तीन गुणा बढीले वृद्धि हुँदा बजेट अपुग भएको हो।

थप बजेटबाट करिब एक लाख मेट्रिक टन रासायनिक मल खरिद प्रक्रिया तुरुन्त अघि बढाउने प्रवक्ता सञ्जेलले बताए। एक लाखमध्ये ७० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी खरिद गर्ने योजना छ।

सरकारले अनुदानमा खरिद गर्ने मल साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३० प्रतिशत र कृषि कम्पनीलाई ७० प्रतिशत आयात गर्ने अनुमति दिँदै आएको छ। यी कम्पनीले ग्लोबल टेन्डरबाट मल खरिद गरेर बिक्री गर्दै आएका छन्।

एक वर्षमै करिब तीन गुणा मलको मूल्य बढेपछि आपूर्तिमा कठिनाइ भएको छ। उच्च मूल्य वृद्धिले आयात हुन नसक्दा किसानले तरकारी र हिउँदे बालीका लागि रासायनिक मल पाउन सकेनन्।

मन्त्रालयले कृषि सामग्री कम्पनीलाई दुई लाख नौ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनलाई एक लाख मेट्रिक टन मल ल्याउने जिम्मा दिएको थियो। बजेट अपुग भएपछि तोकिएको परिमाणमा मल ल्याउन नसकेका हुन्। थप बजेटबाट मल ल्याउन कृषि सामग्री र साल्ट ट्रेडिङलाई तुरुन्त निर्देशन दिने मन्त्रालयले जनाएको छ। समयमा खरिद नभएकाले अहिले करिब नौ हजार मेट्रिक टन मात्र मल स्टक छ।

प्रधानमन्त्रीको भारत भ्रमणमा मलको एजेन्डा

बर्सेनि रासायनिक मलको अभाव भएपछि सरकारले भारतबाट जिटूजी प्रक्रियाबाट खरिद गर्ने पहल गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा जिटुजीबाट रासायनिक मल खरिदको एजेन्डालाई प्राथमिकता दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लबिङ गरिरहेको छ। प्रधानमन्त्री देउवा पुस २५ गते तीनदिने भ्रमणका लागि भारत जाने कार्यक्रम छ।

यसअघि सरकारले भारतसमक्ष मल खरिदका लागि प्रस्ताव पठाए पनि ठोस निर्णय हुन सकेको छैन। ‘प्रधानमन्त्रीको भारत भ्रमणमा जिटुजीमार्फत मल खरिदको एजेन्डाले प्राथमिकता पाउने अपेक्षा गरेका छौं,’ मन्त्रालयका प्रवक्ता सञ्जेलले भने, ‘पहिलो चरणमा डेढ लाख टन मल खरिद गर्ने प्रस्ताव छ ।’ मलको मूल्यमा उतारचढाव हुने भएकाले भारतसँग जिटुजी प्रक्रियाबाट खरिद गर्न पहल भएको हो।

भारतसँग जिटुजी गर्न मन्त्रिपरिषद् बैठकले यसअघिनै सैद्धान्तिक सहमति दिए पनि मूर्त रूप लिन सकेको छैन। हरेक वर्ष बजारमा रासायनिक मलको अभाव भएपछि मन्त्रालयले जिटुजी गर्न आग्रह गर्दै आएको छ। लामो समयदेखि जिटुजी मोडलबारे छलफल हुँदै आए पनि स्वार्थ समूहले जिटुजी प्रक्रिया रोक्दै आएको आरोप लाग्दै आएको छ। दुई सरकारबीच सम्झौता भएपछि भारतको सरकारी कम्पनीमार्फत मल आयात गर्ने योजना हो। दुई देशका सरकारी अधिकारीबीच यसअघि पनि छलफल हुँदै आएको छ।

भारतसँग सम्झौता भएपछि यहाँ मल आयात गर्दै आएका कृषि सामग्री र साल्ट ट्रेडिङले सिधै भारतको सरकारी कम्पनीबाट मल ल्याउने बाटो खुल्नेछ। ग्लोबल टेन्डर गरेर खरिद गर्दा चलखेल हुने गरेको आरोप लाग्दै आएको छ। दुई देशका सरकारबीच सम्झौता भएर सरकारी खातामा पैसा जाने भएकाले शंका गर्ने ठाउँ नहुने सरकारी अधिकारी बताउँछन्। 
अर्को समाचार
भारतबाट साढे ८८ हजार मेट्रिक टन मल आयात गरिँदै
०३ वैशाख २०८१
•
२ मिनेट पाठ
भारतबाट साढे ८८ हजार मेट्रिक टन मल आयात गरिँदै
ग्लोबल टेन्डरमार्फत ८८ हजार पाँच मेट्रिक टन रासायनिक मल नेपाल आयात हुने चरणमा छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ५१ हजार मेट्रिक टन डीएपी, ७५०० मेट्रिक टन पोटास र ३० हजार मेट्रिक टन युरिया मल आयातको अन्तिम चरणमा पुगेको छ।




मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनीका अनुसार उक्त परिमाणको डिएपी र पोटास मल विशाखापटनमबाट नेपाल भित्रिने चरणमा छ। त्यस्तै ३० हजार मेट्रिक टन युरिया भने भारतको कोलकात्तामा आइसकेको र केही हप्ताभित्र मल नेपाल भित्रिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले बताए।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव शर्माले आगामी बर्खे धान सिजनका लागि मल आइसक्ने उनले बताए। त्यस्तै उनले यसवर्ष रासायनिक मल अभाव नहुने समेत बताए। भारत र नेपालको दुई सरकारबीचको (जिटुजी) विधिमार्फत २५ हजार मेट्रिक टन मल छिट्टै आयात गरिने समेत उनले बताए।

मन्त्रालयका अनुसार, हाल  ७० हजार ५६० मेट्रिक टन मल मौज्दात छ। जसमध्ये, ५९ हजार ७७० मेट्रिक टन युरिया, सात हजार ९९० मेट्रिक टन डिएपी र दुई हजार ७९९ मेट्रिक टन पोटास मौज्दात छ। त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनमा २८ हजार ४७५ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयले जनाएको छ।

चालु आवमा कृषि सामग्री कम्पनीले एक लाख ९८ हजार २०७ मेट्रिक टन मल आयात गरिसकेको छ। जसमध्ये चैत मसान्तसम्म एक लाख ६१ हजार मेट्रिक टन मल बिक्री भइसकेको कम्पनीका प्रवन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले बताए।

कम्पनीले गरेका केही टेन्डरको मल आयात हुने क्रममा रहेको र ७० हजार मेट्रिक टन मल मौज्दातसमेत रहेकाले आगामी वर्ष मलको अभाव नै नहुने उनको भनाइ छ। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रासायनिक मल खरिद गर्न करिब  १५ अर्ब रूपैयाँको स्रोत सुनिश्चित गरेको छ।

आगामी वर्षका लागि आवश्यक मल खरिद गर्न चालु वर्ष देखिनै प्रक्रिया सुरु गनुपर्ने भएकाले दुई लाख ६० हजार मेट्रिक टन खरिदका लागि स्रोत सुनिश्चित गरेको हो। आगामी वर्षको बजेटबाट खर्च गर्ने गरी रासायनिक मल खरिदका लागि करिब १५ अर्ब रूपैयाँको स्रोत सुनिश्चित गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मल खरिद प्रक्रिया अघि बढेपछि मल ल्याउनका लागि करिब ६ महिना लाग्ने भएकाले आगामी आवका लागि चालु आर्थिक वर्षबाट नै प्रक्रिया अघि बढाउनुपर्छ। सरकारले चालु आवका लागि रासायनिक मल खरिद गर्न ३० अर्ब रूपैयाँ बजेट विनियोजन गरेको थियो।

उक्त बजेटबाट खरिद गरिने मलका लागि खरिद प्रक्रियाअघि बढेको छ। ३० अर्ब रूपैयाँको मलमध्ये ७० प्रतिशत कृषि सामग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गरेर बिक्री गर्दै आएका छन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस