काठमाडौं- कृषि विकास मन्त्रालयले चालु आर्थिक वर्षभित्र पाँच जिल्लाका किसानलाई 'किसान परिचयपत्र' उपलब्ध गराउने भएको छ। मन्त्रालयले धनकुटा, बारा, बाग्लुङ, बाँके र डडेलधुराका किसानलाई परिचयपत्र उपलब्ध गराउन लागेको प्रवक्ता उदयचन्द्र ठकुरले जानकारी दिए।
'चालु आर्थिक वर्षभित्र ती पाँच जिल्लाका किसानलाई परिचयपत्र उपलब्ध गराउछौं। यसका लागि कृषि विभागमार्फत काम भइरहेको छ,' उनले नागरिकसँग भने। मन्त्रालयले पूर्वाञ्चलमा धनकुटा, मध्यमाञ्चलमा बारा, पश्चिमाञ्चलमा बाग्लुङ, मध्यपश्चिमाञ्चलमा बाँके र सुदूरपश्चिामाञ्चलमा डडेलधुरा छानेर आवश्यक काम थालेको जनाएको छ। पाँचै जिल्ला कृषि विकास कार्यालयलाई त्यहाँ भएका किसानको तथ्यांक संकलन गर्न निर्देशन दिइसकेको ठाकुरले बतए।
उनका अनुसार किसान परिचयपत्र वितरण तथा प्रयोग निदर्ेेशिका समेत जारी गरी मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ। पाँच भागमा वर्गीकरण गरी किसान परिचयपत्र उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ। 'हामीले शून्य दशमलव तीन हेक्टरभन्दा कम जग्गा भएका किसानलाई साना किसान, त्यसदेखि माथि दुई हेक्टरसम्म मध्यम साना, दुईभन्दा माथि तीनसम्म मध्यम, त्यसदेखि माथि पाँच हेक्टरसम्म ठूला किसान र पाँचदेखि माथिकालाई व्यावसायिक किसानको दर्जा दिएका छौं,' प्रवक्ता ठाकुरले भने, 'यसैअनुरुप जिल्लामा किसानको तथ्यांक संकलन भइरहेको छ।'
सरकारले पहिलो चरणमा नमूनाको रुपमा पाँच जिल्लालाई लिएर काम सुरु गरेको हो। ती पाँच जिल्लामा सफल भए आगामी आर्थिक वर्षदेखि सबै जिल्लामा परिचयपत्र दिने सरकारको योजना छ।
किसान परिचयपत्र बाँडेको जिल्लामा वर्गीकरणअनुसार राज्यको सेवा, सुविधा पाउने प्रवक्ता ठाकुरले जानकारी दिए। 'अहिले सबै किसानलाई एकैखाले सुविधा गएको छ,' उनले भने, 'परिचयपत्र वितरणपछि यो प्रक्रिया रोकिन्छ।'
उनका अनुसार जति चाँडो किसानको तथ्यांक आउँछ, त्यत्ति नै छिटो मन्त्रालयले परिचयपत्र उपलब्ध गराउनेछ। भदौबाटै किसान परिचयपत्र वितरण कार्यक्रम राखिए पनि अर्थ मन्त्रालयले बजेट अभाव देखाएपछि 'किसान सहुलियत कार्ड' वितरण अगाडि बढन सकेको थिएन। अहिले बजेट आएपछि कार्यक्रम अगाडि बढेको हो।
'किसानको उत्पादनलाई प्रतिस्पर्धी बनाउन तथा राज्यले गर्ने सहयोग सोझै किसानमाझ लैजान किसान सहुलियत कार्डको व्यवस्था गर्न लागेको हो,' ठाकुरले भने। उनका अनुसार कार्ड वितरणका लागि मन्त्रालयले कार्यविधि बनाइसकेको छ। कार्यविधिमाथि सरोकारवालाको छलपलपछि स्वीकृत भइसकेको छ। मन्त्रालयले पहिलो चरणमा पाँच विकास क्षेत्रका एक–एकवटा जिल्लाका कृषकलाई सहुलियत कार्ड उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरेको छ।
'ती जिल्लामा कति किसान छन्, अहिलेसम्म पहिचान भइसकेको छैन्,' प्रवक्ता ठाकुरले भने, 'मन्त्रालयको निर्देशनमा जिल्ला कृषि विकास कार्यालयमार्फत किसानको संख्या पत्ता लगाउने कार्य जारी राखेको छ।' तराईमा शून्य दशमलव तीन हेक्टर र पहाड तथा हिमालमा २० रोपनीसम्म जग्गा हुने कृषकको संख्या निकाल्न पनि मन्त्रालयले यस्तो गर्न लागको हो। 'त्यस्ता किसानले कस्तो प्रविधिमार्फत खेती गर्दै आएका छन्, त्यसबारे समेत मन्त्रालयले तथ्यांक संकलन गर्न खोजेको हो,' ठाकुरले भने।
सरकारले साना कृषकलाई उपलब्ध गराउने कार्डमा मल, बीउबिजन, कृषि औजारलगायत सामग्रीमा अनुदानको व्यवस्था हुने मन्त्रालयले बताएको छ। मन्त्रालयले यसअघि १७ वटा जिल्लामा कार्ड वितरण गर्ने बताए पनि तत्काल ती जिल्लाको अनुगमन तथा नियमन गर्न नसकिने भन्दै पाँचवटामा झारेको थियो।
राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष उद्धव अधिकारीले किसानलाई परिचयपत्र उपलब्ध गराउन लागेकोप्रति खुसी व्यक्त गरे। 'राज्यबाट पाउने सुविधा किसानका नाममा टाठाबाठाले दिँदै आएका छन्,' अधिकारीले नागरिकसँग भने, 'त्यसलाई रोक्न पनि किसान कार्ड उपलब्ध गराउनु पर्छ।'
ठाकुरका अनुसार साना किसानले परिचयपत्र प्राप्त गर्नस्थानीय निकायको स्वीकृति, नागरिकता तथा लालपुर्जाको प्रतिलिपि आवश्यक पर्छ। सरकारले उपलब्ध गराएको कार्ड देशभर मान्य हुनेछ। जिल्ला कृषि विकास कार्यलयबाट वितरित कार्डको अनुगमन हुन्छ। दुरुपयोग भएको पाइए सरकारले कार्ड जफत गर्ने गरी कार्यविधि बनाएको छ।