काठमाडौं- सरकारले चीनसँग द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) गर्न सम्झौताको मस्यौदा चीन पठाएको छ। उद्योग मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् बिप्पाको परिमार्जित मस्यौदा चीन पठाएको हो। चीनले २०६८ मंसिरमा बिप्पाका लागि मस्यौदा पठाएको थियो। त्यही मस्यौदालाई आवश्यक संशोधन गरेर पठाइएको मन्त्रालयले जनाएको छ।चीनले पठाएको मस्यौदामा लामो छलफलपछि अन्तिम रुप दिइएको मन्त्रालयका उपसचिव विष्णुप्रसाद ढकालले बताए। 'चीनबाट आएको मस्यौदामा केही संशोधन गरेका छौं,' उनले भने। उनका अनुसार चीनले बिप्पा मस्यौदा पठाउँदा 'व्याख्यात्मक टिप्पणी' बढी भएकाले आवश्यक संशोधन गरिएको हो। बिप्पामा उल्लेख गरिएका प्रावधानमा दफा, उपदफा धेरै लामो र विविध अर्थ लाग्नसक्ने भएकाले सरल र स्पष्ट सम्पादन गरी परिमार्जन गरिएको थियो।
यसअघि भारतसँग गरिएको बिप्पाको आधारमा उक्त मस्यौदा तयार गरेको ढकालले जानकारी दिए। चीनले प्रस्ताव गरेको बिप्पा मस्यौदामा सरोकार निकायका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको थियो। 'चीनको प्रस्तावमा के कुरा उल्लेख थियो, किन परिमार्जन गरियो भन्ने प्रष्टीकरणसहित मस्यौदा तयार गरिएको छ,' उनले भने, 'अब चीनले कस्तो प्रतिक्रिया दिन्छ त्यसैका आधारमा नयाँ प्रक्रिया अघि बढ्छ।'
चीनसँग गर्न लागिएको बिप्पा नेपालका लागि फाइदाजनक भएको नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए। चीनबाट ठूलो लगानी भिœयाउन बिप्पा आवश्यक भएको उनको भनाइ छ। चीनसँग पहिलेदेखि नै कारोबार हँुदै आए पनि बिप्पापछि लगानीमा धेरै फरक पर्ने र ठूलो स्तरको लगानी भित्रिनसक्ने उनले उल्लेख गरे।
नेपाली बजारको ठूलो हिस्सा चीनमै निर्भर छ। लत्ताकपडा, फलफूल, इलेक्ट्रोनिक्स लगायत सामान चीनबाट आयात हुन्छ। चीनबाट गत वर्ष ७८ अर्ब रुपैयाँबराबरको सामान आयात भएको थियो भने नेपालबाट २ अर्बको मात्र निकासी भएको थियो। यताबाट कार्पेट, खानेकुरा, छाला लगायत सामान निकासी भइरहेको छ, तर चीनको मागअनुसार नेपालले निकासी गर्न सकेको छैन। चीनले नेपाललाई ८ हजार ३० सामान बिनाभन्सार निकासी गर्न सक्ने सुविधा दिएको छ। उसले दिएको सुविधा प्रभावकारी रुपमा प्रयोग गर्न नसक्दा व्यापार घाटा बढ्दै गएको छ।
त्यसैगरी उद्योगले परराष्ट्रमार्फत चीनसहित अन्य चार मुलुकसँग बिप्पा गर्न प्रक्रिया बढाएको छ। मन्त्रालयका अनुसार टर्की, संयुक्त अरब इमिरेट्स (युएई), पाकिस्तान र कतारसँग बिप्पाको तयारी सुरु गरिएको छ। अन्य मुलुकबाट पनि सम्झौताको मस्यौदा प्राप्त भइसकेको छ। प्राप्त मस्यौदामाथि आवश्यक छलफल र परिमार्जनसहित परराष्ट्रमार्फत सम्बन्धित मुलुकमा पठाउने मन्त्रालयका अधिकारी बताउँछन्।
प्राप्त मस्यौदामाथि सरोकारवालासँग यसै आर्थिक वर्षभित्र छलफल गर्ने योजना मन्त्रालयको छ। छलफलबाट प्राप्त टिप्पणीका आधारमा मस्यौदा परिमार्जन गरी परराष्ट्रमार्फत सम्बन्धित मुलुकमा यसै आर्थिक वर्षभित्र पठाइने मन्त्रालयले जनाएको छ।
हालसम्म नेपालले ६ देशसँग बिप्पा भएको छ। फ्रान्स, जर्मनी, मौरिसस, बेलायत, फिनल्यान्ड र भारतसँग बिप्पा सम्झौता गरिसकेको छ। बाबुराम भट्टराई सरकारको पालामा भएको भारतसँगको बिप्पा अहिलेसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन।